
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । साथै १०बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने र कार्यदल भंग गर्ने निर्णय गरेको छ । च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थितिमा स्थायी कमिटी बैठक बसेको थियो । बैठक चलिरहेका बेला माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरु पुगेर बैठक रोक्न र १०बुँदे सहमतिअनुसार अघि बढ्न आग्रह गरेको थियो ।तर अध्यक्ष ओलीले ‘बैठक जारी रहन्छ, कार्यसूची अगाडि बढाउनुस्’ भनेपछि नेपाल पक्षका नेताहरु बाहिरिएका छन् । ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले लोकतान्त्रिक र अस्वस्थ विधिबाट सरकार गठन भएको भन्दै समर्थन नगर्ने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘लोकतान्त्रिक र अस्वस्थ विधिबाट गठन भएको सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने प्रष्ट पार्दै पार्टीका प्रतिनिधिसभा सदस्यहरुलाई यस निर्णयको पालनाका लागि निर्देशन दिने निर्णय गरेको छ ।’
दुवै पक्षका दोस्रो तहका नेताहरु रहेको कार्यदलले २७ असारमा गरेको १०बुँदे सहमतिको छैटौं बुँदामा ‘प्रतिनिधिसभाको विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अघि बढ्ने छौं,’ भनिएको छ ।२८ असारमा सर्वोच्चले संसद पुनस्र्थापना गरेर १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दियो भने संविधानको धारा ७६(५) को सरकार गठन प्रक्रियामा समर्थन गर्दा वा मत दिंदा ह्वीप नलाग्ने र दल त्यागसम्बन्धी कारबाही गर्न नपाउने फैसला सुनाएको छ ।फैसलापछि एमालेको दुवै पक्ष सहमति कार्यान्वयनको साटो आआफ्नो ढंगले अगाडि बढेको छ । अध्यक्ष ओलीले नेता नेपाललाई गद्दार घोषणा गरेका छन् भने नेता नेपालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बचन दिएका छन् ।१०बुँदे सहमतिअनुसार अगाडि बढ्नुपर्ने भन्दै दोस्रो तहका नेताहरुले पहल पनि थालेका थिए । तर अध्यक्ष ओलीले आफ्नो पक्षका नेताहरु मात्र उपस्थित स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गराएका छन् ।नेपाल पक्षका केही सांसदहरुले विश्वासको मत दिन्छौं भनेका छन् नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा प्रवक्ता ज्ञवालीले भने, ‘विश्वासको मतमा मतदान हुने दिन पार्टीले थप भन्ला । अहिले हाम्रो स्थायी कमिटीको निर्देशन सबैलाई यो सरकारको विपक्षमा उभिने, प्रतिपक्षी भूमिकामा रहने हो ।’ उनले अघि भने, ‘पक्षमा उभिन कोही साथीहरु चाहनुहुन्छ भने सर्वोच्चले ढोका खोलिदिएको छ कारबाही गर्न पाइँदैन भनेर । त्यो उहाँहरुले गर्नुहोला । हामी प्रतिपक्ष हौं, प्रतिपक्षमा रहन्छौं ।’
अनन्तकालसम्म पर्खिन सक्दैनौं
माधव नेपाल पक्षले त समय चाहियो, बैठक रोक्नुस् भनेर आग्रह गरेको थियो नि भन्ने प्रश्नमा प्रवक्ता ज्ञवालीले अनन्तकालसम्म पर्खिन नसक्ने बताए ।उपाध्यक्ष भीम रावलले ‘भोलि हामी सबै आउँछौं’ भनेपछि २८ असारमा बोलाइएको बैठक स्थगित गरेको भन्दै उनले भने, ‘अब सधैंभरि बैठक रोखिराख्न सम्भव हुँदैन, पार्टी अगाडि बढ्छ । कार्यदलका सुझावहरु कार्यान्वयन गर्ने निर्णय भएको छ । यसलाई कार्यान्वयन गर्ने क्रममा हाम्रा छलफलहरु जारी रहन्छ । तर पार्टी आफ्नो निर्णय गर्दै अगाडि बढ्दै जान्छ ।’


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया