
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत,कृषि ज्ञान केन्द्र पर्वतले चालु आर्थिक वर्ष २०७७/०७८ मा ८९ दशमलव ७ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा गरेका प्रगतिको मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक सुनुवाई गरेर जानकारी गराएको हो । केन्द्रमा चालुतर्फ ४ करोड ८९ लाख १० हजार र पूँजीगततर्फ २ करोड १६ लाख रुपैयाँ बजेट रहेको थियो । जस अन्तर्गत संघीय सरकारबाट प्राप्त गरेको ससर्त अनुदान २ करोड ५६ लाख ४५ हजार, प्रदेश सरकारबाट प्राप्त ७ करोड ५१ लाख गरि कुल ९ करोड ६१ लाख ५५ हजार रुपैयाँको बजेटबाट कार्यक्रम सम्पन्न भएको कार्यालय प्रमुख मनिता थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार संघीय अनुदान तर्फको बजेट ९३ दशमलव ३१ प्रतिशत र प्रदेश तर्फको बजेट ८५ दशमलव ५१ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । थापाका अनुसार कार्यालयमा चालुतर्फ प्राप्त बजेट मध्ये दरबन्दी अनुसारको तलब प्राप्त भएको तर दरबन्दी भन्दा कम कर्मचारी हुँदा खर्च नभएको बजेटले प्रगति कम भएपनि समग्र प्रगति ९५ प्रतिशत हुन आउने बताउनुभयो । थापाले कोरोना संक्रमण र सिमिति जनशक्तिका बाबजुत पनि कार्यालयले सन्तोषजनक प्रगति गरेको दाबी गर्नुभयो । कार्यालयले कृषिको व्यावसायिककरण, आधुनिकिकरण, प्रविधिकरणमा जोड दिँदै यसवर्ष पनि विविध कार्यक्रम सञ्चालन गरेको थापाले बताउनुभयो ।
किसानलाई मागका आधारमा अनुदान, तालिम, स्थलगत अनुगमन, पकेट, व्लक, साना तथा व्यावसायिक फर्म स्थापना, नर्सरी स्थापना, यान्त्रिक उपकरण वितरण लगायतका कार्यक्रम चालु वर्षमा सञ्चालन गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराईएको छ । चालु वर्ष ज्ञान केन्द्रले क्षेत्रफलमा आधारित उत्पादन, कृषि उपज संकलन केन्द्र स्थापना, कलष्टरमा रैथानेबाली संरक्षण कार्यक्रम पनि सञ्चालन गरेको कार्यालय प्रमुख थापाले बताउनुभयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलले उत्पादन र उपभोगको तथ्यांकगत विवरण राख्नसके प्रगतिको मापन सहज तरिकाले गर्न सकिने सुझाव दिनुभयो । उहाँले कृषि ज्ञान केन्द्रले स्थानीय तहसंग समन्वयात्मक सम्बन्ध बिस्तार गरि कार्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले किसानलाई प्रोत्साहन संगै आधुनिक प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम तय गर्न सुझाव दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, पत्रकार महासंघका अध्यक्ष सन्तोष थापा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा पत्रकार ओमप्रसाद घायल, अगन्धर तिवारी, गणेश पौडेल, रामकृष्ण लामिछाने, सन्जय रेग्मी, रोशन तिवारी र डिलवहादुर विकले सुझाव तथा प्रश्न राख्नुभएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ पर्वतको सहजीकरण र समन्वयमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ पर्वतका उपाध्यक्ष निर्भिकनारायण भुर्तेलले गर्नुभएको थियो ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया