News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    कालीगण्डकीलाई क्षेत्रीयतावादी दृष्टिकोणबाट नहेरौं : एमाले सांसद भट्टराई

    काठमाडौं । नेकपा एमालेका नेता खिमलाल भट्टराईले कालीगण्डकी डाइभर्सन आयोजनालाई क्षेत्रीयतावादी दृष्टिकोणबाट हेरिएको बताएका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै उनले नेपालमा यस्ता ठूला आयोजनामा विकासमैत्री दृष्टिकोणबाट छलफल नै हुन नसकेको बताए ।

    उनले कालीगण्डकी आयोजना जस्ता आयोजना क्षेत्रीयतावादी र धार्मिक आस्थासँग जोडेर बहस हुँदा विकास निर्माणको काम नै हुन नसक्ने स्थिति आएको पनि बताए । नेता भट्टराईले नेपालमा माटो टेके देउता टेकिने, ढुंगा फुटाए देउता फुटाइनेजस्तो स्थिति रहेको भन्दै यसरी हेरेमा विकास निर्माणको काम नै अघि बढ्न नसक्ने बताएका छन् । ‘त्यसरी सोच्दा विकास निर्माणको काम गर्न सकिंदैन, ढुंगा फुटाउन भएन, माटो टेक्न पनि भएन, रुख काट्न पनि भएन ।’

    जापानीले समुद्रमा घर बनाएको भनेर नेपालमा चर्चा हुने गरेको तर देशभित्र भने सामान्य नदी पथान्तरण योजनाको पनि विरोध भएको भन्दै नेता देवकोटाले भने, ‘यस्ता विषयमा बहस गरौं, तर विकासमैत्री भएर ।’

    लाेक कल्याणकारी

    प्रतिक्रिया

    ट्रेन्डिङ