SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१०/१५ गते
    ११४९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सर्वोच्च अदालतमा संसद विघटन ठीक कि बेठिक भन्ने बहस जारी छ । माघ ४ गतेदेखि जारी यो गम्भीर बहसमा बेला–बेला गीत र गजलका प्रसंग पनि उठ्छन् ।केही दिन अगाडि वरिष्ठ अधिवक्ता शम्भु थापाले उर्दू गजलका शेर वाचन गरेका थिए । आज भने वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले अञ्जु पन्तको गीत स्मरण गरे ।

    अञ्जु पन्तले गाएको ‘न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई’ बोलको गीतको प्रसंगसँग जोड्दै घिमिरेले भने, ‘दुई–दुई वटा संविधान सभाले बनाएको संविधान न बिर्सन सकिन्छ, न संविधान पाएको जस्तो भयो यो विघटनले ।’

    आफ्नो बहसको निष्कर्षमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै खारेजीको माग गरे । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसमा भाग लिनेहरुका लागि आजबाट १५ मिनेटको समय तोकिदिएका छन् । वरिष्ठ अधिवक्ता घिमिरेले १५ मिनेटभित्रै आफ्नो बहस सके ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं