
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
काठमाडौं । भारतको बरौनी डिपोबाट २० हजार लिटर पेट्रोल बोकेको ना ४ ख ३०८५ नम्बरको ट्यांकर गत सोमबार नेपाल आयल निगमको थानकोट डीपोमा आइपुग्यो । डिपोका प्राविधिकले पेट्रोलको गुणस्तर परीक्षण गर्दा उक्त ट्यांकरको एक चेम्बरमा ६०० लिटरभन्दा बढी तारपिन मिसावट भएको भेटियो । चालकले ट्यांकरबाट ६०० लिटर पेट्रोल झिकेर ६०० लिटर तारपिन तेल हालेका थिए । चालक सचिन सुवेदीले हालको बजार मूल्यअनुसार ६४ हजार २०० रुपैयाँको पेट्रोल झिकेको डिपोका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार, अलि पहिल्यै पेट्रोल भरिए पनि उक्त ट्यांकर ढिला गरी काठमाडौं आएको थियो । मिसावट फेला परेलगत्तै डिपोप्रमुख प्रदीपकुमार यादवले चालक सुवेदीलाई महानगरीय प्रहरी वृत्त चेक पोष्टको जिम्मा लगाए । ‘मिसावटमा शून्य सहनशीलता भन्ने माथिको आदेश छ, हिजोआज पहिले प्रहरीको जिम्मा लगाएर मात्रै कागजी प्रक्रिया सुरु हुन्छ,’ डिपो प्रमुख यादव भन्छन् । भारतमा ट्यांकर लकिङको नक्कली साँचो बनाएर बरौनीदेखि वीरगञ्ज नआइपुग्दै तेल चोरी र मिसावट हुने गरेको पाइएको छ
कारबाहीपछि शंकास्पद दुर्घटना
यसअघि भदौ अन्तिम साता पेट्रोल बोकेर बरौनीबाट आएका तीनवटा ट्यांकरमा मिसावट फेला गरेको थियो । बैकुण्ठ बलामी ढुवानीकर्ता रहेको ना ७ ख ४०९३ नम्बरको ट्यांकरको पाँच नम्बर चेम्बरमा चार हजार लिटर पेट्रोल मिसावट भेटिएपछि चालक सन्तोष खड्कालाई निगमको दुई नम्बर प्रादेशिक डिपो ९बाराको अमलेखगन्ज०ले प्रहरीमा बुझाएको थियो । त्यस्तै, रामचन्द्र मिश्र ढुवानीकर्ता रहेको ना ७ ख ३९२३ नम्बरको ट्यांकरमा १२ हजार लिटर पेट्रोलमा मट्टितेल जस्तो लाग्ने रसायन मिसाएको पाइएपछि चालक राजेश विश्वकर्मालाई बारा प्रहरीमा बुझाइएको थियो । रसायनको कम्पोजिसन पत्ता लगाउन भारतीय आयल कर्पोरेसनको ल्याबमा पठाइएको छ । यसैगरी सुरेन्द्र श्रीवास्तवको ना ७ ख १७५७ नम्बरको ट्यांकरले बरौनीबाट ल्याएको २० हजार लिटर पेट्रोलमा १२ हजार लिटर मिसावट गरेको पाइयो । सो ट्यांकरका चालक सञ्जीवकुमार लामा भने फरार छन् । असोज ४ गते धादिङमा २० हजार लिटर पेट्रोल बोकेको भनिएको ट्यांकर त्रिशूली नदीमा खसेर आगो लागेको थियो । मिसावटको पूर्वसूचना पाएका निगमको थानकोट डिपोका अधिकारीहरु त्यो ट्यांकर पर्खेर बसेका थिए । उक्त दुर्घटना शंकास्पद भएको भन्दै निगमले अनुसन्धान गर्न ५ असोजमा जिल्ला प्रहरी कार्यालय धादिङलाई पत्राचार गरेको छ । नयाँ प्रविधि भित्र्याएपछि फेला पर्यो मिसावट निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल डिजिटल लकिङ र ल्याब स्तरोन्नतीको काम थाल्न नयाँ प्रविधिमार्फत अध्ययन गर्दा धमाधम मिसावट फेला पर्न थालेको बताउँछन् । भारतमा ट्यांकर लकिङको नक्कली साँचो बनाएर बरौनीदेखि वीरगञ्ज नआइपुग्दै तेल चोरी र मिसावट हुने गरेको पोल खुलेको उनी बताउँछन् ।
पौडेलका अनुसार, मिसावटमा संलग्न चालकहरुलाई कालोबजारी तथा केही सामाजिक सुरक्षा ऐन अन्तर्गत कारबाही गर्न थालिएको छ । हालसम्म दुईजना थानकोट डिपोबाट काठमाडौं प्रहरी र अमलेखगन्जबाट चारजना बारा जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको छ । यो ऐनमा मिसावट र चोरी प्रकरणमा कम्तीमा एक वर्ष जेल र जरिवाना हुने व्यवस्था छ । मिसावट र चोरीमा संलग्न ट्यांकरका चालक र ढुवानीकर्तालाई ६ महिना निलम्बन गर्ने, रुट परमिट परिवर्तन गरिदिने र तेलको मूल्य पनि असुलिने निगमले जनाएको छ । बदमासीमा संलग्न ट्यांकर र ढुवानीकर्तासंगको सम्झौता भंग गर्न सकिनेगरी ढुवानी बिनियमावली संशोधन गर्ने गृहकार्य भईरहेको निगमले जनाएको छ । ‘लकिङ प्रणाली सुधार गर’ पेट्रोलियम पदार्थमा मिसावट र चोरी हुनुमा निगमको लकिङ प्रणाली मुख्य जिम्मेवार रहेको नेपाल पेट्रोलियम डिलर एशोसिएसनको भनाइ छ । निगमले ट्यांकरमा लगाउने ताल्चा चालकले खोल्न सक्ने खालको हुनु नै समस्याको जड भएको एशोसिएसन अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान बताउँछन् । मिसावट र चोरीमा चालक र निगमभित्रकै कर्मचारीको पनि चलखेल हुन सक्ने उनको आशंका छ । ‘त्यसैले, स्वतन्त्र छानबिन गर्न हाम्रो माग छ’, अध्यक्ष प्रधान भन्छन्, ‘निगमको ल्याबको गुणस्तरमा पनि हामीलाई शंका छ ।’


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
४कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया