
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । भारतको बरौनी डिपोबाट २० हजार लिटर पेट्रोल बोकेको ना ४ ख ३०८५ नम्बरको ट्यांकर गत सोमबार नेपाल आयल निगमको थानकोट डीपोमा आइपुग्यो । डिपोका प्राविधिकले पेट्रोलको गुणस्तर परीक्षण गर्दा उक्त ट्यांकरको एक चेम्बरमा ६०० लिटरभन्दा बढी तारपिन मिसावट भएको भेटियो । चालकले ट्यांकरबाट ६०० लिटर पेट्रोल झिकेर ६०० लिटर तारपिन तेल हालेका थिए । चालक सचिन सुवेदीले हालको बजार मूल्यअनुसार ६४ हजार २०० रुपैयाँको पेट्रोल झिकेको डिपोका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार, अलि पहिल्यै पेट्रोल भरिए पनि उक्त ट्यांकर ढिला गरी काठमाडौं आएको थियो । मिसावट फेला परेलगत्तै डिपोप्रमुख प्रदीपकुमार यादवले चालक सुवेदीलाई महानगरीय प्रहरी वृत्त चेक पोष्टको जिम्मा लगाए । ‘मिसावटमा शून्य सहनशीलता भन्ने माथिको आदेश छ, हिजोआज पहिले प्रहरीको जिम्मा लगाएर मात्रै कागजी प्रक्रिया सुरु हुन्छ,’ डिपो प्रमुख यादव भन्छन् । भारतमा ट्यांकर लकिङको नक्कली साँचो बनाएर बरौनीदेखि वीरगञ्ज नआइपुग्दै तेल चोरी र मिसावट हुने गरेको पाइएको छ
कारबाहीपछि शंकास्पद दुर्घटना
यसअघि भदौ अन्तिम साता पेट्रोल बोकेर बरौनीबाट आएका तीनवटा ट्यांकरमा मिसावट फेला गरेको थियो । बैकुण्ठ बलामी ढुवानीकर्ता रहेको ना ७ ख ४०९३ नम्बरको ट्यांकरको पाँच नम्बर चेम्बरमा चार हजार लिटर पेट्रोल मिसावट भेटिएपछि चालक सन्तोष खड्कालाई निगमको दुई नम्बर प्रादेशिक डिपो ९बाराको अमलेखगन्ज०ले प्रहरीमा बुझाएको थियो । त्यस्तै, रामचन्द्र मिश्र ढुवानीकर्ता रहेको ना ७ ख ३९२३ नम्बरको ट्यांकरमा १२ हजार लिटर पेट्रोलमा मट्टितेल जस्तो लाग्ने रसायन मिसाएको पाइएपछि चालक राजेश विश्वकर्मालाई बारा प्रहरीमा बुझाइएको थियो । रसायनको कम्पोजिसन पत्ता लगाउन भारतीय आयल कर्पोरेसनको ल्याबमा पठाइएको छ । यसैगरी सुरेन्द्र श्रीवास्तवको ना ७ ख १७५७ नम्बरको ट्यांकरले बरौनीबाट ल्याएको २० हजार लिटर पेट्रोलमा १२ हजार लिटर मिसावट गरेको पाइयो । सो ट्यांकरका चालक सञ्जीवकुमार लामा भने फरार छन् । असोज ४ गते धादिङमा २० हजार लिटर पेट्रोल बोकेको भनिएको ट्यांकर त्रिशूली नदीमा खसेर आगो लागेको थियो । मिसावटको पूर्वसूचना पाएका निगमको थानकोट डिपोका अधिकारीहरु त्यो ट्यांकर पर्खेर बसेका थिए । उक्त दुर्घटना शंकास्पद भएको भन्दै निगमले अनुसन्धान गर्न ५ असोजमा जिल्ला प्रहरी कार्यालय धादिङलाई पत्राचार गरेको छ । नयाँ प्रविधि भित्र्याएपछि फेला पर्यो मिसावट निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल डिजिटल लकिङ र ल्याब स्तरोन्नतीको काम थाल्न नयाँ प्रविधिमार्फत अध्ययन गर्दा धमाधम मिसावट फेला पर्न थालेको बताउँछन् । भारतमा ट्यांकर लकिङको नक्कली साँचो बनाएर बरौनीदेखि वीरगञ्ज नआइपुग्दै तेल चोरी र मिसावट हुने गरेको पोल खुलेको उनी बताउँछन् ।
पौडेलका अनुसार, मिसावटमा संलग्न चालकहरुलाई कालोबजारी तथा केही सामाजिक सुरक्षा ऐन अन्तर्गत कारबाही गर्न थालिएको छ । हालसम्म दुईजना थानकोट डिपोबाट काठमाडौं प्रहरी र अमलेखगन्जबाट चारजना बारा जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको छ । यो ऐनमा मिसावट र चोरी प्रकरणमा कम्तीमा एक वर्ष जेल र जरिवाना हुने व्यवस्था छ । मिसावट र चोरीमा संलग्न ट्यांकरका चालक र ढुवानीकर्तालाई ६ महिना निलम्बन गर्ने, रुट परमिट परिवर्तन गरिदिने र तेलको मूल्य पनि असुलिने निगमले जनाएको छ । बदमासीमा संलग्न ट्यांकर र ढुवानीकर्तासंगको सम्झौता भंग गर्न सकिनेगरी ढुवानी बिनियमावली संशोधन गर्ने गृहकार्य भईरहेको निगमले जनाएको छ । ‘लकिङ प्रणाली सुधार गर’ पेट्रोलियम पदार्थमा मिसावट र चोरी हुनुमा निगमको लकिङ प्रणाली मुख्य जिम्मेवार रहेको नेपाल पेट्रोलियम डिलर एशोसिएसनको भनाइ छ । निगमले ट्यांकरमा लगाउने ताल्चा चालकले खोल्न सक्ने खालको हुनु नै समस्याको जड भएको एशोसिएसन अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान बताउँछन् । मिसावट र चोरीमा चालक र निगमभित्रकै कर्मचारीको पनि चलखेल हुन सक्ने उनको आशंका छ । ‘त्यसैले, स्वतन्त्र छानबिन गर्न हाम्रो माग छ’, अध्यक्ष प्रधान भन्छन्, ‘निगमको ल्याबको गुणस्तरमा पनि हामीलाई शंका छ ।’


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया