
१ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
२लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट
३पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
४पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
५निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
६अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
७प्रदेशले किन्यो आमा…!
८अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
९हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
१०सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
११पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१२रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
११नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
१२अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
बिगत केही दशक यता बिस्वमा भौतिक बिकास र प्रबिधिले ठुलै फड्को मार्यो।चाहे त्यो ठुला ठुला पुर्बाधार निर्माणमा होस,चाहे त्यो सामाजिक संजालको बिकास गरेर यति विशाल भुगोल र जनसंख्यालाई एउटा यन्त्र(मोबाइल)मा सिमित गर्ने कुरामा होस।यी बिकसित सबै प्रबिधिहरुले आजको बिस्वलाइ छिटो र छरितो बनाइदिएर,एककिसिमको छलाङ्ग नै मार्न सफल भएको कुरालाइ नकार्न सकिदैन।
यि जेजती बिकास र प्रबिधिमा मारिएको फड्कोले आमरुपमा मान्छे लाई सहज बनाइदियो,त्यो भन्दा खतरनाक रुपमा यसले आगामी दिनहरु र संसारको भबिस्य माथिनै प्रश्न चिन्ह खडा गरेको छ।
आजको पुजिबादले जतिसुकै प्रबिधी र पुर्बाधारमा फड्को मारेतापनि मानवजातिको हित गर्ने रहेनछ भन्ने तितो यथार्थ हालको कोरोना महामारी सङ्गै फेरि पुनः पुष्टि भएको छ।बिशुद्द नाफा कमाउ अनि श्रमिकको शोषण गर भन्ने अघोषित नारामा कटिबद्द पुजीवादी ब्यबस्थामा ठुला ठुला कर्पोरेट हाउसहरु हुने र तिनले प्रायः ठुला भनिएका देशका सरकार हरुलाइ नै आफ्नो मुट्ठीमा राख्ने र आफू अनुकुल तिनलाइ सिद्द गराउदै लैजाने गर्दछ,जसलाइ क्रोनिक्यापिटालिज्म पनि भन्ने गरिन्छ।
भनिन्छ बिस्वका दस प्रतिशत मान्छे (व्यापारी) हरु सङ्ग बाकी अरु सबै जनसंख्या को बराबर सम्पत्ति रहेको छ।नाफाको समान बितरण नहुनु र श्रमजिवी जनता,मजदुरको श्रमको अतिरिक्त मूल्य होइन कि सबै भएभरको मूल्य नाफाको रुपमा ठुला ठुला पुजिपती हरु सङ्ग जानू यी सबै हालको विश्व ब्यबस्थाका चरित्र वा बिशेसता हुन भन्दा फरक नपर्ला।भुमण्डलिकरणले गर्दा संसारका दलाल पुजिपतिहरु विभिन्न देसका शहरहरुमा गएए व्यापार गर्ने र नाफा सबै आफुमा मात्रै केन्द्रीत गर्ने यसको चरित्र आम श्रमजिबि जनताका लागि घातक सिद्द हुँदै आएको छ।कोरोना महामारी लेब्यी बिषयमा सोच्न फेरि बाध्य बनाइदिएको छ सबैलाइ।
पुजिबादको मानबताबादी नारानै सबैभन्दा बढि मानबताबिरोधी रहेछ भन्ने कुरापनी यो महामारी सङ्गै पुनर्पुस्टि भयो।बिकासको कुरा गर्दाखेरी हालको बिस्वको बिकासको मोडलले ठुला ठुला कन्कृटका महलहरु खडा गर्यो तर प्राकृतिक जङ्गलको मतलब गरेन,हतियार कारखाना खोल्यो र उत्पादन गर्यो तर स्वास्थ्य सामग्री उत्पादन र बिकास गरेन,रेल त ल्यायो तर रेलको पटरिमा भिख माग्ने हरुलाइ हेरेन,रेलको कुरा गर्दा भारतको कोलकत्तामा आज भन्दा छ दशक अगाडि रेल चलेको थियो तर,रेलको भन्दा द्रुत गतिमा भिखारी हरुको संख्या पनि बढ्दै गयो।त्यसैले पुजिबादले मानव जातिको हितका पक्षमा काम नगर्ने थप स्पस्ट हुदैछ।
कोरोना महामारी सङ्गै यो भन्दा डर लाग्दो रुपमा विश्व भोकमारी आउने र लाखौ मान्छे खान नपाएर मर्ने स्थिती अब हाम्रै अगाडि आउने निस्चित प्रायः छ।बिशेष गरि सम्पन्न भनिएका पस्चिमा रास्ट्र र अमेरिकामा यो महामारी ले सबैभन्दा बढी सताएको कुरा अब किन?भनेर तेर्स्याउन पर्ने बिषय रहेन,जगजाहेर नै भैसक्यो,अर्को कुरा चिन लगाएतका अरु दोस्रो बिस्वका देशहरुले यसलाइ कसरी नियन्त्रण गर्दै आउने दिनहरुको सम्भाबित मूल्याकंन गरेर अगाडि बढेका छन्त?किनकी त्यहा समुदायमा आधारित उत्पादन प्रणालि र समाजबादको अभ्यास हुँदै छ।
त्यसकारण प्रकृतिमाथिको निर्मम प्रहार ,दोहन र बिनाश गर्दै नाफा बाहेक अरु सबै भ्रम हो भन्ने सिद्दान्तबाट निर्देशित हुँदै अपनाइएको बिकासको मोडल,आर्थिक प्रणाली र समग्र ब्यबस्था ले अबको विश्व अगाडि बढ्नै सक्तैन यो ठोकुवाका साथ भन्न सकिन्छ।
समुदायमा आधारित उत्पादन प्रणाली ,त्यसको समान बितरण र स्माजबादको अभ्यास गर्दै यदि अगाडि नजाने हो भने अबका दिनहरु संसारकै लागि र नेपालको लागि पनि सुखद देखिदैनन।
बिशेषत:नेपालको सन्दर्भमा पनि हेर्ने हो भने हाम्रो अर्थतन्त्रको अधिकान्स हिस्सा बिप्रेषण ले नै ओगटेको छ।कृषि क्षेत्र ध्वस्त प्रायः छ,उत्पादन शून्य छ ,बेरोजगारी चरम भइनै हाल्यो।यदि खाडी र अन्य मुलुकबाट हाम्रा श्रमजिवी नागरिक हरु फिर्ता आउन पर्ने स्थिती आयो भने स्थिति कति भयाभह होला?त्यो कल्पना गर्न सकिँदैन।
यी र यस्ता कारण लाई मध्यनजर गरेर समुदायमा आधारित उत्पादन प्रणाली ,कृषि क्षेत्रमा व्यापक अनुदान सहितको बृहत् प्याकेज लगाएतका कामहरु गरेर कृषि क्षेत्रमा ठुलै पहल लिनु जरुरी छ। जनताको लोकप्रिय मतबाट सत्तामा पुगेका हामी कम्युनिस्ट हरु त झनबढी यसतर्फ सचेत भइ गम्भीर हुनु जरुरी छ,श्रमजिवी जनता र तल्लो बर्ग को प्रतिनिधित्व गर्ने हामी हरु आज कता कता हराए जस्तो,बर्ग धरातल छोडेको मात्र होइन उफ्रेर टाडै गए जस्तो,कतै अलमलिएको जस्तो ,जनतासङ्गको सम्बन्ध नभएको जस्तो देखिने गरेको छ।कम्युनिस्ट पार्टिको सरकारका मान्छेहरुको भड्किलो रबाफ,अत्यन्तै सत्ताकेन्दृत मनोबिज्ञान ले गर्दा हामी कतै चिप्लिसक्यौ त?भन्ने भान पर्दै गएको छ।
त्यसैले अझै सबै नबिगृसकेकाले सच्चिएर,जनतासङ्गको सम्बन्धलाइ प्रगाढ बनाउदै,कम्युनिस्ट आचरण र व्यवहार प्रदर्शन गरेर श्रमजीवी को हितमा काम गर्दै यश महामारी का बिरुद्दमा लड्न जरुरी छ,अर्को कुरा आन्तरिक पार्टी मा र सरकार मा मैतक्य बनाएर सबै लाई साथमा लिएर अघि बढे,कोरोनाको महामारी लाई जितेर त्यसपछी आउने सम्भाबित बिकराल समस्याहरु सङ्ग पनि सजिलै जुध्न सकिन्छ।
अन्यथा हात्ति हात्ती आयो फुस्सा हुनेछ! धौ ! लेखक अनेरास्ववियू नेता बिष्णु प्रसाद ज्ञवाली

प्रतिक्रिया