
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
बिगत केही दशक यता बिस्वमा भौतिक बिकास र प्रबिधिले ठुलै फड्को मार्यो।चाहे त्यो ठुला ठुला पुर्बाधार निर्माणमा होस,चाहे त्यो सामाजिक संजालको बिकास गरेर यति विशाल भुगोल र जनसंख्यालाई एउटा यन्त्र(मोबाइल)मा सिमित गर्ने कुरामा होस।यी बिकसित सबै प्रबिधिहरुले आजको बिस्वलाइ छिटो र छरितो बनाइदिएर,एककिसिमको छलाङ्ग नै मार्न सफल भएको कुरालाइ नकार्न सकिदैन।
यि जेजती बिकास र प्रबिधिमा मारिएको फड्कोले आमरुपमा मान्छे लाई सहज बनाइदियो,त्यो भन्दा खतरनाक रुपमा यसले आगामी दिनहरु र संसारको भबिस्य माथिनै प्रश्न चिन्ह खडा गरेको छ।
आजको पुजिबादले जतिसुकै प्रबिधी र पुर्बाधारमा फड्को मारेतापनि मानवजातिको हित गर्ने रहेनछ भन्ने तितो यथार्थ हालको कोरोना महामारी सङ्गै फेरि पुनः पुष्टि भएको छ।बिशुद्द नाफा कमाउ अनि श्रमिकको शोषण गर भन्ने अघोषित नारामा कटिबद्द पुजीवादी ब्यबस्थामा ठुला ठुला कर्पोरेट हाउसहरु हुने र तिनले प्रायः ठुला भनिएका देशका सरकार हरुलाइ नै आफ्नो मुट्ठीमा राख्ने र आफू अनुकुल तिनलाइ सिद्द गराउदै लैजाने गर्दछ,जसलाइ क्रोनिक्यापिटालिज्म पनि भन्ने गरिन्छ।
भनिन्छ बिस्वका दस प्रतिशत मान्छे (व्यापारी) हरु सङ्ग बाकी अरु सबै जनसंख्या को बराबर सम्पत्ति रहेको छ।नाफाको समान बितरण नहुनु र श्रमजिवी जनता,मजदुरको श्रमको अतिरिक्त मूल्य होइन कि सबै भएभरको मूल्य नाफाको रुपमा ठुला ठुला पुजिपती हरु सङ्ग जानू यी सबै हालको विश्व ब्यबस्थाका चरित्र वा बिशेसता हुन भन्दा फरक नपर्ला।भुमण्डलिकरणले गर्दा संसारका दलाल पुजिपतिहरु विभिन्न देसका शहरहरुमा गएए व्यापार गर्ने र नाफा सबै आफुमा मात्रै केन्द्रीत गर्ने यसको चरित्र आम श्रमजिबि जनताका लागि घातक सिद्द हुँदै आएको छ।कोरोना महामारी लेब्यी बिषयमा सोच्न फेरि बाध्य बनाइदिएको छ सबैलाइ।
पुजिबादको मानबताबादी नारानै सबैभन्दा बढि मानबताबिरोधी रहेछ भन्ने कुरापनी यो महामारी सङ्गै पुनर्पुस्टि भयो।बिकासको कुरा गर्दाखेरी हालको बिस्वको बिकासको मोडलले ठुला ठुला कन्कृटका महलहरु खडा गर्यो तर प्राकृतिक जङ्गलको मतलब गरेन,हतियार कारखाना खोल्यो र उत्पादन गर्यो तर स्वास्थ्य सामग्री उत्पादन र बिकास गरेन,रेल त ल्यायो तर रेलको पटरिमा भिख माग्ने हरुलाइ हेरेन,रेलको कुरा गर्दा भारतको कोलकत्तामा आज भन्दा छ दशक अगाडि रेल चलेको थियो तर,रेलको भन्दा द्रुत गतिमा भिखारी हरुको संख्या पनि बढ्दै गयो।त्यसैले पुजिबादले मानव जातिको हितका पक्षमा काम नगर्ने थप स्पस्ट हुदैछ।
कोरोना महामारी सङ्गै यो भन्दा डर लाग्दो रुपमा विश्व भोकमारी आउने र लाखौ मान्छे खान नपाएर मर्ने स्थिती अब हाम्रै अगाडि आउने निस्चित प्रायः छ।बिशेष गरि सम्पन्न भनिएका पस्चिमा रास्ट्र र अमेरिकामा यो महामारी ले सबैभन्दा बढी सताएको कुरा अब किन?भनेर तेर्स्याउन पर्ने बिषय रहेन,जगजाहेर नै भैसक्यो,अर्को कुरा चिन लगाएतका अरु दोस्रो बिस्वका देशहरुले यसलाइ कसरी नियन्त्रण गर्दै आउने दिनहरुको सम्भाबित मूल्याकंन गरेर अगाडि बढेका छन्त?किनकी त्यहा समुदायमा आधारित उत्पादन प्रणालि र समाजबादको अभ्यास हुँदै छ।
त्यसकारण प्रकृतिमाथिको निर्मम प्रहार ,दोहन र बिनाश गर्दै नाफा बाहेक अरु सबै भ्रम हो भन्ने सिद्दान्तबाट निर्देशित हुँदै अपनाइएको बिकासको मोडल,आर्थिक प्रणाली र समग्र ब्यबस्था ले अबको विश्व अगाडि बढ्नै सक्तैन यो ठोकुवाका साथ भन्न सकिन्छ।
समुदायमा आधारित उत्पादन प्रणाली ,त्यसको समान बितरण र स्माजबादको अभ्यास गर्दै यदि अगाडि नजाने हो भने अबका दिनहरु संसारकै लागि र नेपालको लागि पनि सुखद देखिदैनन।
बिशेषत:नेपालको सन्दर्भमा पनि हेर्ने हो भने हाम्रो अर्थतन्त्रको अधिकान्स हिस्सा बिप्रेषण ले नै ओगटेको छ।कृषि क्षेत्र ध्वस्त प्रायः छ,उत्पादन शून्य छ ,बेरोजगारी चरम भइनै हाल्यो।यदि खाडी र अन्य मुलुकबाट हाम्रा श्रमजिवी नागरिक हरु फिर्ता आउन पर्ने स्थिती आयो भने स्थिति कति भयाभह होला?त्यो कल्पना गर्न सकिँदैन।
यी र यस्ता कारण लाई मध्यनजर गरेर समुदायमा आधारित उत्पादन प्रणाली ,कृषि क्षेत्रमा व्यापक अनुदान सहितको बृहत् प्याकेज लगाएतका कामहरु गरेर कृषि क्षेत्रमा ठुलै पहल लिनु जरुरी छ। जनताको लोकप्रिय मतबाट सत्तामा पुगेका हामी कम्युनिस्ट हरु त झनबढी यसतर्फ सचेत भइ गम्भीर हुनु जरुरी छ,श्रमजिवी जनता र तल्लो बर्ग को प्रतिनिधित्व गर्ने हामी हरु आज कता कता हराए जस्तो,बर्ग धरातल छोडेको मात्र होइन उफ्रेर टाडै गए जस्तो,कतै अलमलिएको जस्तो ,जनतासङ्गको सम्बन्ध नभएको जस्तो देखिने गरेको छ।कम्युनिस्ट पार्टिको सरकारका मान्छेहरुको भड्किलो रबाफ,अत्यन्तै सत्ताकेन्दृत मनोबिज्ञान ले गर्दा हामी कतै चिप्लिसक्यौ त?भन्ने भान पर्दै गएको छ।
त्यसैले अझै सबै नबिगृसकेकाले सच्चिएर,जनतासङ्गको सम्बन्धलाइ प्रगाढ बनाउदै,कम्युनिस्ट आचरण र व्यवहार प्रदर्शन गरेर श्रमजीवी को हितमा काम गर्दै यश महामारी का बिरुद्दमा लड्न जरुरी छ,अर्को कुरा आन्तरिक पार्टी मा र सरकार मा मैतक्य बनाएर सबै लाई साथमा लिएर अघि बढे,कोरोनाको महामारी लाई जितेर त्यसपछी आउने सम्भाबित बिकराल समस्याहरु सङ्ग पनि सजिलै जुध्न सकिन्छ।
अन्यथा हात्ति हात्ती आयो फुस्सा हुनेछ! धौ ! लेखक अनेरास्ववियू नेता बिष्णु प्रसाद ज्ञवाली


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया