
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
सन् २०१४ मा स्थापित भइ “हामी जाहाँ रहे पनि नेपाल, नेपालि र नेपाली समुदायको हितमा आफुले सक्ने सहयोग योगदान दिनुपर्छ” भन्ने मान्यताका साथ बिगत पाँच बर्षदेखि समुदायमा सकृय समाजिक एबं परोपकारी संस्था नेपाली युथ फोरम अस्ट्रेलियाको (नाइफा) को दोश्रो साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ ।उक्त अधिवेशनले दामोदर रावललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । दामोदर रावलको अध्यक्षतामा २५ सदस्यीय नयां कार्यसमितिमा उपाध्यक्षमा झलक गुरुङ, महासचिवमा मुगेन्द्र गौतम, सचिवमा राम रेग्मी, कोषाध्यक्षमा नम्रता शर्मा रहेका छन भने संस्थाको प्रबक्ता र पब्लिक अफिसरमा क्रमशः शिव पौडेल र अजय गिरी रहेका छन् ।यसैगरी संस्थाका कार्यसमिति सदस्यमा समिर आचार्य, पदम अधिकारी, रोशनी श्रेष्ठ, दिपक न्यौपाने, भुपेन शर्मा, विकल्प घिमिरे, कलम खड्का, शसांक बस्याल, किशोर बिष्ट, प्रवेश अधिकारी, रमेश सोडारी, सुमन बुढाथोकी, सुवास लामिछाने, सूर्य न्यौपाने, नवकिरण गौतम, भरतराज ढुंगाना, रञ्जित घिमिरे र चन्द्र खत्री सर्बसम्मत चयन भएका छन् ।
संस्थाले संरक्षकमा भरत देवकोटा, सागर अधिकारी र मुक्तिराम पोखरेल चयन गरेको छ भने सल्लाहाकारहरुमा दीपक जोशी, मनऋषि धिताल, स्वतन्त्रप्रताप शाह, युवराज भट्टराई र हेमराज भट्टलाई मनोनयन गरेको छ ।नयाँ कार्यसमितिको घोषणा पश्चात् कार्यक्रममा उपस्थित समुदायका अगुवाहरु, विभिन्न संघसंस्थाबाट आमन्त्रित नेपाली समुदायका प्रतिनिधिले नयाँ कार्यसमितिका पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका थिए ।

नव निर्वाचित अध्यक्षले रावलले आफू भाषणभन्दा काम गर्न मन पराउने उद्घोषसँगै सबैको सहयोगको अपेक्षा राखेको बताए । साथै दोश्रो साधारणसभा ले आफुलाई संस्थाको अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसम्मत चयन गरेकोमा अध्यक्ष रावलले संस्थाका अग्रजहरु र बर्तमान सबै सदस्य एबं शुभचिन्तकहरु मा हार्दिक आभर एबं धन्यवाद व्यक्त गरेका थिए। त्यस्तै उपाध्यक्ष झलक गुरुङलेपनि आउँदा दिनहरुमा अझै शशक्त रुपमा सामाजिक गतिबिधिहरु लाई प्रभावकारी ढँगले अगाढी बढाउने प्रतिबद्दता सहित बिगतमा जस्तै आफु र कार्यसमितिलाई सबैको साथ र सहयोगको लागि पनि सबै संग अनुरोध गरेका छन्।झन्डै ६ वर्ष अगाडि स्थानीय कलाकारलाई सम्मान गर्ने र उनीहरु भित्र रहेको कलालाई उचित स्थान दिनुका साथै अस्ट्रेलियामा रहेका नवप्रतिभालाई उजागर गर्ने अभिप्राय बोकेर स्थापना भएको नेपाली युथ फोरम अस्ट्रेलियाको यो दोस्रो अधिवेशन हो ।
सिड्नीस्थित थर्ड आईको सभा हलमा भएको सो कार्यक्रमको बन्द सत्रबाट २५ सदस्य कार्य समिति सदस्य सर्वसम्मतमा चयन भएका थिए ।सभामा समुदायका अगुवा, विभिन्न संघ संस्थाबाट आमन्त्रित नेपाली समुदायलाई माया गर्ने व्यक्तिहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष सागर अधिकारीको रहेको थियो भने प्रमुख अतिथिमा एनआरएनएए आईसीसी ओसिनिया संयोजक होम पाण्डे, विशेष अतिथिमा एनआरएनए अस्ट्रेलिया उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देवबहादुर गुरुङ र प्रवासी नेपाली एकता मन्च अष्ट्रेलियाका संयोजक रमेश पाण्डेको रहेको थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया