
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पोखरा ,विश्वहिन्दु महासंघ नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा पोखरामा नेपाली समाजमा सनातन धर्म र हिन्दु संस्कृतिको महत्व विषयक क्षेत्रगत रुपमा दोस्रो चरण को मा. बि. स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । धार्मिक, सामाजिक र नैतिक समाजको उत्थान हाम्रो अभियान भन्ने नाराका साथ आयोजित कार्यक्रमको उद्घाटन गर्दै बाह्रमण समाज नेपालका केन्द्रिय अध्यक्ष प्राध्यापक डाक्टर नारायण प्रसाद अधिकारीले विद्यार्थीहरुको प्रतिभाको खुलेर प्रशंसा गर्नुभयो । अधिकारीले हिन्दु धर्म संस्कार र संस्कृति विश्वकै उत्कृष्ट भएको हुँदा यसको संरक्षणका लागि सम्पूर्ण व्यक्ति लाग्नुपर्नेमा जोड दिनुभयो । अव पनि हाम्रो पुर्वीय संस्कृतिको संरक्षणमा नलाग्ने हो भने पश्चिमा संस्कृतिको आक्रमण बढ्दै जाने र हाम्रोे सस्कृति हराउने बताउनुभयो । कार्यक्रममा श्री जनप्रिय माविका प्रध्यानाध्यापक बाबुराम पौडल, विश्व हिन्दुमहासंघ पोखरा महानगरसमितिका उपाध्यक्ष गोपाल थापा, महेश्वरी माविका शिक्षिका राधिका बराल लगायतले महासंघको मावि स्तरीय प्रतियोगिताको खुलेर प्रंशसा गर्नुभयो ।
विश्वहिन्दु महासंघ नेपाल कास्कीका अध्यक्ष पार्वता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक तथा विश्व हिन्दुमहासंघका जिल्ला सचिव गिता आचार्य, सञ्चालन विश्वहिन्दु महासंघ कास्कीका महासचिव श्याम बहादुर श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयका १६ जना विद्यार्थीले सहभागिता जनाएको प्रतियोगिताको निर्णायकमा पृथ्वीनारायण क्याम्पसका उपप्रध्यापक सुरज पौडेल र रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी रहनुभएको थियो ।
वक्तृत्वकला प्रतियोगितामा छोरेपाटन माविका स्वरुप पौडेल, रत्न ज्योति माविकी एलिसा पराजुली, न्यू मोडल डायनामिक एकेडेमीकी गायत्री गौतम क्रमश प्रथम द्धितिय र तृतीय भएका छन् । त्यस्तै सान्त्वनामा छोरेपाटन माविकी कृतिमा क्षेत्री, फिस्टेल एकेडेमीकी प्राप्ती लम्साल, र रत्नज्योति माविकी अमृता अधिकारी । प्रथम, द्धितिय, तृतीय र सान्त्वनाले क्रमश नगद रु. १ हजार, ७ सय, ५ सय र ३÷३ सय सम्मान पत्र प्राप्त गर्नुका साथै श्रीपञ्चमीको दिनमा हुने फाइनल प्रतियोगिताका लागि छनौट भएका छन् । प्रतिस्पर्धाबाट छानिएकाहरुको अन्तिम प्रतिस्पर्धा माघ १६ गते श्रीपञ्चमीको दिन केदारेश्वर महादेवमणी सेवा आश्रममा गरिनेछ । विगतका वर्षमा पनि यस्तै किसिमको प्रतियोगिता गर्दै आएको संस्थाले कार्यक्रममा उपस्थित सम्पूर्णलाई एक÷एकप्रति श्रीमद् भगवत् गीताको पुस्तक निशुल्क प्रदान गरेको थियो ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया