
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
-सचिन्द्र श्रेष्ठ
नेपाली फुटबलको एकलौटी तानाशाही प्रवृति ,म्याच फिक्सिङ काण्ड,अध्यक्षको भ्रष्टाचार काण्ड पर्दाफास सँगै फेरि एक पटक नाईट क्लबमा मोज मस्ती गरेको समाचार बाहिर आएको छ।जसले आम फुटबल प्रेमीलाई चासो र चिन्तनको बिषय बन्न पुगेको छ। मिडियामा आउने नकारात्मक टिप्पणीहरु र उनले भोलिको दिनमा गर्न सक्ने उपलब्धिहरुको बारेमा पनि चासो दिनु हाम्रो कर्तब्य हो।
हाम्रा नेपाली खिलाडी चाहे फुटबल ,भलीबल,क्रिकेट ,कराते जस्ता आदि खेलमा देश बिदेस बाट ट्रफी,मेडल र देशलाई बिश्व सामू चिनाउन सफल हुनु कम ठुलो कुरा होइन।तर हाम्रो सस्था, निकायले सानो सानो घटनालाई लिएर उनले गरेको काम प्रति तिरस्कार ,असंतुष्ट पैदा गराउनु उनिहरुको आत्मबल कम गराउनु हो। खेल खेल्नु कुनै नेताले भाषण गरेर उपस्थित सबैलाई आकर्षित पारे जस्तो सहज होइन।न गर्मी न जाड़ो समझेर मैदानमा उत्रनु कुनै आपसी देश देश बीचको द्वन्द्व भन्दा कम हुदैन।मैदानमा गए पछि कस्तो खालको जोश देश प्रतिको माया र बिपक्ष प्रतिको कस्तो खालको आक्रोश हुन्छ भन्ने त्यों खिलाडीलाई देखेर र महसूस गर्दा थाहा हुन्छ।
एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट, अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई कार्यबाहि गरेको छ जस मध्यका एक खेलाडी बिमल घर्ती मगर जसले सन् २०१६ मा बंगलादेशको ढाकामा भएको बंगलबंधु कप भित्राउने पनि त्यही खिलाडी हुन। २३ बर्ष पछि अंतरास्ट्रीय पदक दिलाउन सफल खिलाडीलाई यसरी लज्जास्पद तरिकाले कार्यबाहि गर्नु न्याय सँगत नहोला।
जो गरीब राष्ट्रका गरीब खिलाडी जसले आधा पेट खाएर, दक्ष ज्ञान प्रबिधीको कमीलाई अन्यत्र नदेखाइ राष्ट्रका निम्ति खेल बिश्व सामू चिनाउन सधै लागी पर्ने खिलाडीको यो दुर्गति हुनुले आगामी नया आउने खिलाडीलाई समेत नराम्रो असर पर्ने देखिन्छ।राष्ट्रले खिलाडी प्रति कस्तो खालको खानपान सेवा सुबिधा प्रदान गरेको छ त्यसलाई बेवास्ता गरी हाम्रा खिलाडीले आफ्नो देशको लागी बिजयको खेल खेल्नु कुनै युद्ध जित्नु भन्दा कम पक्कै होइन।
देशले खिलाडी लाई हौसला ,सुबिधा दिन नसके पनि उनिहरुको आत्मबल गिरने खालको प्रबृति नगरोस भन्ने हो।न त कुनै खिलाडी सँग कुनै घमण्ड छ न त कुनै खिलाडी सँग मनघ्य आर्थिक पार्जन नै तर आफ्नो देशको लागी जति लगी रहे पनि यो देशले गतिलो सम्मान र कुनै रोजगार ,औषधि उपचार जिबनयापनको ग्यारेन्टी दिन सकेको छैन।यसको जिम्मेवार को हो ? सरकार की अहिलेको राजनितिक माहोल ?तर देशका खिलाडीले जितेर आएमा त्यसको जस लिन नेता र कार्यकताको लाइन र भाषण जो आफैले जितेर आएको भन्दा बढी हुन्छ यसलाई के ठान्ने जो खेल मैदानमा खिलाडीले युद्ध जीते भन्दा बढी आफ्नो देशको नाम संसार भर चिनाउन सफल छ।
खिलाडीलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले तानासाही रुपले कार्यबाहि गर्नु उचित होइन।जो खिलाडीले बगलबंधु कप, साफ़ गेम, एएफसी सोलिडारिटी कप जस्ताको हकदर हाम्रा नेपाली खिलाडी हुन भनेर बिर्सन कदापि हुदैन।पूर्ब अध्यक्ष गणेश थापाले २३ बर्ष देखि हिटलर शैलीमा आफ्नो एक क्षत्र राज गर्दा उनलाई भ्रस्टाचार काण्ड मा समेत पर्यो तर पनि ऊनि मा कमी आएन जब उनका छोरा गौरब थापा समेत करोडौ भ्रष्टाचार गरेको आरोप खेपे यस्ता घटनाका साक्षी ति खिलाडी नन मस्तक भएर टुलुटुलू हेर्नु सिवाय केहि भएन तर पनि राष्ट्रका निम्ति गोल्ड मेडल ल्याउन कहिले पछि परेनन।हुन त यो पनि बिर्सन मिलदेन की केहि खिलाडी २०७४ सालमा मैच फिक्सिंङ काण्डमा राष्ट्रीय फुटबल टिमका कप्तान सागर थापा सहित प्रशिक्षक अञ्जन के सी,बिकास सिंह क्षत्री,रितेश थापा र सन्दीप राईलाई हिरासतमा लिएको थियो।यस्ता खालका हरकत नभएको पनि होइन।
हामी यो बुझ्न छोडन हुन्न की हाम्रा खिलाडी देशका गौरब हुनुका साथ साथै गहना र आसाका किरण पनि हुन उनिहरुको आफ्नो स्वतन्त्रता हुन्छ किन की सेलिब्रिटी भए पछि हरेकको पीछा लाग्नु स्वभाबिक नै हुन्छ तर खिलाडी, कलाकार हुदैमा कही जान हुन्न, खान हुन्न भन्ने पक्कै नहोला उनिहरुको पनि आफ्नो स्वतन्त्रता लाई लगाम लगाएर जबरर्दस्त लाझन खोज्नु मुर्खता हो तर आम कलाकार खिलाडी जस्तो आम मानिसको चासो र चर्चाको पात्र भए पछि आफु कुन हद सम्म जानु आवस्यक होला त्यों ठाननु जरुरी छ।
देश, समाज, राजनीती र सरकार प्रति बफादार रहेर देशको हितमा लागी पर्ने खिलाडी सजग र सहज तबरले बाहिरी रंगीन दुनियामा घुलमिल जायज छ तर आफ्नो नियम कानुन सीमामा बाधिनु पनि हाम्रा खिलाडीको आफ्नो धर्म हो।उनिहरुलाई केहि दिन नसके पनि आत्मसम्मान ,सहानुभूति र हौसला दिन कञ्जूसाई नगरौ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया