
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
-सचिन्द्र श्रेष्ठ
नेपाली फुटबलको एकलौटी तानाशाही प्रवृति ,म्याच फिक्सिङ काण्ड,अध्यक्षको भ्रष्टाचार काण्ड पर्दाफास सँगै फेरि एक पटक नाईट क्लबमा मोज मस्ती गरेको समाचार बाहिर आएको छ।जसले आम फुटबल प्रेमीलाई चासो र चिन्तनको बिषय बन्न पुगेको छ। मिडियामा आउने नकारात्मक टिप्पणीहरु र उनले भोलिको दिनमा गर्न सक्ने उपलब्धिहरुको बारेमा पनि चासो दिनु हाम्रो कर्तब्य हो।
हाम्रा नेपाली खिलाडी चाहे फुटबल ,भलीबल,क्रिकेट ,कराते जस्ता आदि खेलमा देश बिदेस बाट ट्रफी,मेडल र देशलाई बिश्व सामू चिनाउन सफल हुनु कम ठुलो कुरा होइन।तर हाम्रो सस्था, निकायले सानो सानो घटनालाई लिएर उनले गरेको काम प्रति तिरस्कार ,असंतुष्ट पैदा गराउनु उनिहरुको आत्मबल कम गराउनु हो। खेल खेल्नु कुनै नेताले भाषण गरेर उपस्थित सबैलाई आकर्षित पारे जस्तो सहज होइन।न गर्मी न जाड़ो समझेर मैदानमा उत्रनु कुनै आपसी देश देश बीचको द्वन्द्व भन्दा कम हुदैन।मैदानमा गए पछि कस्तो खालको जोश देश प्रतिको माया र बिपक्ष प्रतिको कस्तो खालको आक्रोश हुन्छ भन्ने त्यों खिलाडीलाई देखेर र महसूस गर्दा थाहा हुन्छ।
एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट, अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई कार्यबाहि गरेको छ जस मध्यका एक खेलाडी बिमल घर्ती मगर जसले सन् २०१६ मा बंगलादेशको ढाकामा भएको बंगलबंधु कप भित्राउने पनि त्यही खिलाडी हुन। २३ बर्ष पछि अंतरास्ट्रीय पदक दिलाउन सफल खिलाडीलाई यसरी लज्जास्पद तरिकाले कार्यबाहि गर्नु न्याय सँगत नहोला।
जो गरीब राष्ट्रका गरीब खिलाडी जसले आधा पेट खाएर, दक्ष ज्ञान प्रबिधीको कमीलाई अन्यत्र नदेखाइ राष्ट्रका निम्ति खेल बिश्व सामू चिनाउन सधै लागी पर्ने खिलाडीको यो दुर्गति हुनुले आगामी नया आउने खिलाडीलाई समेत नराम्रो असर पर्ने देखिन्छ।राष्ट्रले खिलाडी प्रति कस्तो खालको खानपान सेवा सुबिधा प्रदान गरेको छ त्यसलाई बेवास्ता गरी हाम्रा खिलाडीले आफ्नो देशको लागी बिजयको खेल खेल्नु कुनै युद्ध जित्नु भन्दा कम पक्कै होइन।
देशले खिलाडी लाई हौसला ,सुबिधा दिन नसके पनि उनिहरुको आत्मबल गिरने खालको प्रबृति नगरोस भन्ने हो।न त कुनै खिलाडी सँग कुनै घमण्ड छ न त कुनै खिलाडी सँग मनघ्य आर्थिक पार्जन नै तर आफ्नो देशको लागी जति लगी रहे पनि यो देशले गतिलो सम्मान र कुनै रोजगार ,औषधि उपचार जिबनयापनको ग्यारेन्टी दिन सकेको छैन।यसको जिम्मेवार को हो ? सरकार की अहिलेको राजनितिक माहोल ?तर देशका खिलाडीले जितेर आएमा त्यसको जस लिन नेता र कार्यकताको लाइन र भाषण जो आफैले जितेर आएको भन्दा बढी हुन्छ यसलाई के ठान्ने जो खेल मैदानमा खिलाडीले युद्ध जीते भन्दा बढी आफ्नो देशको नाम संसार भर चिनाउन सफल छ।
खिलाडीलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले तानासाही रुपले कार्यबाहि गर्नु उचित होइन।जो खिलाडीले बगलबंधु कप, साफ़ गेम, एएफसी सोलिडारिटी कप जस्ताको हकदर हाम्रा नेपाली खिलाडी हुन भनेर बिर्सन कदापि हुदैन।पूर्ब अध्यक्ष गणेश थापाले २३ बर्ष देखि हिटलर शैलीमा आफ्नो एक क्षत्र राज गर्दा उनलाई भ्रस्टाचार काण्ड मा समेत पर्यो तर पनि ऊनि मा कमी आएन जब उनका छोरा गौरब थापा समेत करोडौ भ्रष्टाचार गरेको आरोप खेपे यस्ता घटनाका साक्षी ति खिलाडी नन मस्तक भएर टुलुटुलू हेर्नु सिवाय केहि भएन तर पनि राष्ट्रका निम्ति गोल्ड मेडल ल्याउन कहिले पछि परेनन।हुन त यो पनि बिर्सन मिलदेन की केहि खिलाडी २०७४ सालमा मैच फिक्सिंङ काण्डमा राष्ट्रीय फुटबल टिमका कप्तान सागर थापा सहित प्रशिक्षक अञ्जन के सी,बिकास सिंह क्षत्री,रितेश थापा र सन्दीप राईलाई हिरासतमा लिएको थियो।यस्ता खालका हरकत नभएको पनि होइन।
हामी यो बुझ्न छोडन हुन्न की हाम्रा खिलाडी देशका गौरब हुनुका साथ साथै गहना र आसाका किरण पनि हुन उनिहरुको आफ्नो स्वतन्त्रता हुन्छ किन की सेलिब्रिटी भए पछि हरेकको पीछा लाग्नु स्वभाबिक नै हुन्छ तर खिलाडी, कलाकार हुदैमा कही जान हुन्न, खान हुन्न भन्ने पक्कै नहोला उनिहरुको पनि आफ्नो स्वतन्त्रता लाई लगाम लगाएर जबरर्दस्त लाझन खोज्नु मुर्खता हो तर आम कलाकार खिलाडी जस्तो आम मानिसको चासो र चर्चाको पात्र भए पछि आफु कुन हद सम्म जानु आवस्यक होला त्यों ठाननु जरुरी छ।
देश, समाज, राजनीती र सरकार प्रति बफादार रहेर देशको हितमा लागी पर्ने खिलाडी सजग र सहज तबरले बाहिरी रंगीन दुनियामा घुलमिल जायज छ तर आफ्नो नियम कानुन सीमामा बाधिनु पनि हाम्रा खिलाडीको आफ्नो धर्म हो।उनिहरुलाई केहि दिन नसके पनि आत्मसम्मान ,सहानुभूति र हौसला दिन कञ्जूसाई नगरौ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया