
कबिता
म मरे भने के गर्छौ ?
म मरे भने के गर्छौ प्रिये,
आँसुले नै नुहाउँछौ कि हस्यौ ?
मेरो तस्बिर छेउमा राखी,
मौन मनमा गीत गाउनेछौ कि थम्स्यौ ?
स्मृतिको बगैँचामा कहिल्यै,
मेरो नामको फूल फुलाउनेछौ कि मेट्नेछौ ?
मरेपछि पनि तिम्रो मनमा,
मेरो न्यानो सम्झना रहनेछ कि हराउनेछ ?
म त बन्छु हावा, बादल र सपनी,
छुन्छु तिम्रो अनुहार हरेक बिहान,
तिमीले महसुस गर्छौ भने बुझ्नु,
म मरे पनि म त यहाँ नै छु बिहान–बेलुकी तिम्रो छेउमा।
भुमि सुबेदि (पर्बत )
















