SuchanaKendra

  • Radio Kushum


  • आज : २०८२ कात्तिक २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/६/१७ गते
    १९० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । अन्तर्राष्ट्रिय स्तरका स्वास्थ्य विज्ञहरूले पुनः एक पटक जोड दिँदै स्वस्थ आहारमा मासुको खपत न्यूनतम राखिनु आवश्यक रहेको बताएका छन् ।

    यसअघि प्रस्तुत गरिएको र खाद्य उद्योगले तीव्र रूपमा अस्वीकार गरेको निष्कर्षलाई थप दृढ पार्दै विज्ञहरूले शुक्रबार प्रकाशित प्रतिवेदनमार्फत आफ्ना सिफारिसहरू दोहोर्‍याएका हुन् ।

    विश्वप्रसिद्ध मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित प्रतिवेदनका लेखकहरूका अनुसार स्वस्थ आहार मुख्यतः बोटबिरुवामा आधारित हुनुपर्छ । यसमा पशुजन्य आहारलाई केवल मध्यम मात्रामा मात्र समावेश गरिनु पर्ने र चिनी, स्याचुरेटेड फ्याट तथा नुनको खपत यथासम्भव कम गर्नुपर्ने उल्लेख गरिएको छ ।

    यो प्रतिवेदनले सन् २०१९ मा प्रकाशित अध्ययनलाई आधार मानेको छ । त्यतिबेला सो अध्ययनले विश्वभर मासुको खपतलाई न्यूनतम बनाउनुपर्ने सुझाव दिएको थियो, तर उक्त अध्ययनले कृषि–खाद्य उद्योगका तर्फबाट निकै प्रतिरोधको सामना गर्नुपरेको थियो ।

    धेरै उद्योगिक सङ्घहरूले उक्त सुझावलाई अतिरञ्जित, खतरनाक र स्थानीय परिकार तथा उपभोग संस्कृतिका लागि अनुपयुक्त भन्दै अस्वीकार गरेका थिए ।

    यद्यपि वैज्ञानिक समुदायले भने उक्त सिफारिसलाई सकारात्मक रूपमा लिएको थियो । यद्यपि आलोचकहरूले अध्ययनले पौष्टिक आहार लिनमा बाधा पुर्‍याउने विश्वभरको खाद्य पहुँचमा देखिने सामाजिक–आर्थिक असमानतालाई पर्याप्त सम्बोधन नगरेको बताएका थिए ।

    यसपटक आयोगले वातावरणमैत्री र स्वास्थ्यलाई सन्तुलनमा राख्ने आहारमा जोड दिएको छ । तथापि, प्रतिवेदनको सबैभन्दा धेरै प्रतीक्षित भाग अद्यावधिक गरिएको ‘ग्रह स्वास्थ्य आहार’ (प्लानेटरी हेल्थ डाइट) सम्बन्धी तथ्याङ्क थियो ।

    विज्ञहरूले नयाँ सिफारिस तयार गर्दा हालसालका सबैभन्दा विश्वसनीय र अद्यावधिक अनुसन्धानलाई आधार मानेको बताएका छन् । अन्ततः ती सिफारिसहरू सन् २०१९ का नतिजासँग धेरै फरक नभएको पनि उनीहरूको निष्कर्ष छ ।

    ताजा प्रतिवेदनअनुसार गाई, भेडा र सुँगुरको मासुको खपत दैनिक १५ ग्राम (०.५ औंस) भन्दा बढी हुनु हुँदैन । सन् २०१९ मा यो सीमा १४ ग्राम तोकिएको थियो । यद्यपि यो सिफारिस झण्डै समान नै छ ।

    यसका अतिरिक्त व्यक्तिले दैनिक रूपमा करिब २०० ग्राम तरकारी, ३०० ग्राम फलफूल र २१० ग्राम अन्न खानुपर्ने सिफारिस गरिएको छ । दुग्धजन्य पदार्थको दैनिक खपत २५० ग्राम हुनु उपयुक्त देखाइएको छ भने माछा वा समुद्री खाना ३०

    ग्राम र कुखुराजस्तो सेतो मासु मध्यम मात्रामा ग्रहण गर्न सिफारिस गरिएको छ । यी तथ्याङ्कहरू पनि धेरै हदसम्म सन् २०१९ मा तय गरिएका मानकहरूसँग मेल खान्छन् ।

    शोधकर्ताहरूले प्रतिवेदनमार्फत यस्तो आहारको पालना स्वास्थ्य सुधारसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको बताएका छन् । यसले दीर्घकालीन रूपमा सबै कारणले हुने मृत्युदरमा उल्लेख्य कमी ल्याउनेछ र आहारसँग सम्बन्धित प्रमुख दीर्घकालीन रोगहरूको जोखिमलाई पनि न्यून पार्नेछ । एएफपी

    प्रतिकृया दिनुहोस्

    Loading...

    आगामी पुष ९ देखि १९ गतेसम्म पर्वतमा आठौँ पर्वत महोत्सव आयोजना हुने

    पर्वत । पर्वत जिल्लामा आगामी पुष ९ गतेदेखि १९ गतेसम्म आठौं पर्वत महोत्सव आयोजना हुने...

    विहादी गाउँपालिका हाइटेक टनेल खेती विस्तार अभियानमा, ८० प्रतिशत अनुदानमा प्रस्ताव आह्वान

    पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायिकरणतर्फ डोर्‍याउने लक्ष्यसहित पर्वतको विहादी गाउँपालिका हाइटेक टनेल खेती...

    प्यान कार्ड र करसम्बन्धी सेवा अब स्थानीय तहबाटै दिइने

    काठमाडौं । स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ...

    साढे २ अर्ब खर्च कटौती गरेर गण्डकीले पुनर्निर्माणमा लगाउने

    पर्वत । गण्डकी प्रदेश सरकारले जेन–जी आन्दोलनको क्रममा क्षति भएका भौतिक संरचना पुनर्निर्माण गर्न चालु आर्थिक...

    अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

    म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाका अवधिमा १२...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं