
१बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
२महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
३गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
४पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
५पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१२जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
सचिन्द्र श्रेष्ठ।हिजो आज काठमाण्डौ त के अन्य सहर पनि जात्रामय भएको छ।नाग पञ्चमी लागे देखि देशका बिभिन्न ठाउँमा जात्रा देखाउने चलन चलेको भए पनि गाउँ तिर भने युबाहरुको बिदेश पलायन सँग यी नाच लोप हुने अवस्थामा गुज्रीन थालेको छ।
बिशेषत नेवार समुदायमा यी जात्रा,झांकीहरु पहिचान मात्र नभएर सस्कृति र भाईचारा बन्धुत्वको संगम समेत हो।करीब २६० बर्ष पहिले भक्तपूर बाट ब्यापारका सिलसिलामा बसाई सरेर नेवार समुदाय धौलागिरी छिरे सँगै जात्रा सस्कृति र संस्कार समेत छिराएको पाइन्छ।कहिले देखि सुरुवात भयो भन्ने एकीन तथ्यांक नभए पनि हाम्रै कुस्मा बजार, फलेवास,कार्कीनेटा एबं बागलुङ बजार, गल्कोट ,बलेवा र बेनी बजार जस्ता नेवारको बाक्लो बस्तिमा यो लाखे नाच देखाउने परम्परानै रहेको थियो केहि बर्ष पहिले सम्म।
नेवार समुदायमा नाचिने नाचहरूमा प्राय ईश्वरीय देवीदेवता,तान्त्रिक बिधि ,भगवान वा प्रकृति प्रेम सँग जोडिएको भए पनि यो लाखे नाच दानबरराक्षसको रुपमा प्रचार गरिएको पाइन्छ।नेवार समुदाय जहाँ जहाँ पुगेको छ, त्यहाँ उसले आफ्नो संस्कृति पनि लिएर गएको छ र त्यसको प्रवर्धन आज सम्म पनि बिद्यमान कायम छ ।
हामी सानो सानोमा लाखे नाच भन्ने बितिकै साझको समय मिलाएर टोल टोलमा हेर्न जाने गर्थ्यो ।बजारको गल्ली गल्लीमा पछि पछि ुचे लाखे ,चे लाखे भन्दै लाखेलाई गिजाउदै भाग्दै हिड्डदा त्यों जत्तिको मज्जा कुनै हुन सक्ने थिएन।साथीहरु जम्मा भएर अघि र पछि गर्दै रातभर लाखे सँगै हिड्नुको रमाइलो बेग्लै थियो।अझै लाखे नाच हुँदा गर्मी हुँदा लाखेलाई नाङ्लोले हम्किने र पानीले छम्किने गरिन्थ्यो ।
ठूल–ठूला आँखा, दाह्रा निस्केको डरलाग्दो रूप भएको, कम्मरसम्म लट्किएको लामो लट्टा सहितको हेर्दै डर लाग्ने मुखौटा ,लामो लामो खुट्टा सम्म ढाकिने रङ्गीचङ्गी कपडा जामा लगाएर बाजाको तालमा नाच्ने,लाखेले लगाउने चोलो र घंगला निकै आकर्षक देखिने लाखे नाचले सबै केटा केटी, के बुढा बूढी सबको मन आकर्षित गर्ने गर्थ्यो।कुश्मा आसपास सरेका नेवार समुदायले पुरानो संस्कारहरूलाई निरन्तरता दिँदै लाखे नाच भूते औँसी देखि हरितालिका तीजसम्म प्रदर्शन गर्दै आएका छन्।
अझ कुस्मामा दशकौ अघि पनि जात्रा भन्ने बित्तिकै माथिल्लो र तल्लो समूहबीच फरक फरक खालको लाखे देखाउने होड़बाजीले बेला बेलामा झगडा समेत हुन्थ्यो।लाखे नाच सँग सँगै अन्य भदौरे नाच ,रोपाइँ जात्रा, गाईजात्रा, बाघ जात्रा,नागा नाच,बकुल्ला नाच र हनुमान नाच लगायतका विविध कार्यक्रमहरु आयोजना गरेर अग्रजहरु नयाँ पुस्तालाई संस्कार सिकाइरहेका छन् । आजकल भने लाखे नाचमात्र केहि हद सम्म देख्न पाइन्छ। युवा पलायन भए पनि केहि जातीय संघ सस्था,युबाले भने आफ्नो सस्कृति जोगाउन बेला बेलामा यस्ता नाच पर्बलाई निरन्तरता दिने प्रयास गरेका छन।
मौलिक कला, संस्कृति र पहिचान झल्काउने परम्परागत नृत्य रहेको लाखे नाचका आफ्ना आफ्नै किम्बदन्ति सुन्न पाइन्छ।इतिहासका अनुसार पहिलो पटक लाखेको नृत्य भने सकल सिङ्गो उपत्यकाका राजा जयस्थिती मल्लका छोरा श्रीधर्म मल्लदेवको विवाह समारोहमा मञ्चन भएको भैरवानन्द नृत्यको समय लाखेको नृत्य पनि प्रदर्शन भएको भन्ने बुझिन्छ ।
यी हाम्रा नेवार बस्तीमा मात्र सिमित नरही देश तथा विदेशी भूमिमा नेपाललाई सांस्कृतिक परिचय दिनुपर्दा लाखे नाच,कुमारी देखाउने गरिन्छ। यो नाच अहिले अन्य जातिले पनि अनुसरण गर्दै आएको र बेला बखत हुने महोत्सब मेलामा समेत प्रस्तुत हुनुले यी जात्राको महत्व घट्दै गएको जस्तो पनि देखिन्छ।किन की यी जात्रा पर्ब भनेकानै आफ्नै समय र पर्बमा देखाउदा बढ़ी महत्व हुने गर्दछ।
खासगरी लाखे मजिपात लाखे काठमाडौं उपत्यकामा विशेष पर्वमा नचाउने गरिन्छ । विषेशगरी इन्द्रजात्राको बेला नचाउने लाखेलाई मजिपात भन्ने चलन छ र यो तांत्रिक बिधि बाट धार्मिक अनुष्ठान गरी नचाइने चलन छ।अर्को गुणीला लाखे काठमाडौं उपत्यकाका बाहिरी जिल्लाहरूमा नेवार समुदायको बाहुल्यता तथा बसोबास रहेको शहरहरूमा नचाइने लाखेलाई गुणिला लाखे भनिन्छ । यो जुनसुकै समयमा नचाउन सकिन्छ । यसलाई नचाउन कुनै निश्चित तान्त्रिक विधि विधान आवश्यकता पर्दैन र अन्य जाती समेत सहभागी हुन सक्छन्।
पहिले पहिले खेती किसान गर्ने भएकाले धान रोपी सकेर फुर्सदको समयमा लाखे नाच देखाएर मानिसलाई मनोरञ्जन प्रदान गर्नु यसको मुख्य उद्देश्य रहेकोले कुनै किम्बदन्ति वा इतिहासलाई फरक नपर्ने गरी यी हाम्रा भाषा,कला,सस्कृति ,भेषभुषा रहे हाम्रा जात्रारपर्ब जिबित रहने त हो १लाखे नाचले पर्यटन प्रवद्र्धनमा समेत ठूलो सहयोग पु¥याउने भएकाले नेवारको जात ,स्थान धर्म रीतिरिवाज अनुसार लाखे नाच फरक–फरक तरिकाले नचाइने गरे पनि यी हाम्रा कला सस्कृतिको संरक्षण गर्न आवश्यक छ।
अन्त्यमा अहिलेको पुस्तालाई लाखे नाचको महत्व र यसको सांस्कृतिक परम्परा थाहा नभएकाले लाखे नाचको महत्वबारे जानकारी दिन लाखे नाचका बारेमा प्रचार प्रसार ,भीडियो प्रदर्शन,सामाजिक सञ्जालको ब्यापक उपयोग गरेर यो ऐतिहासिक जात्रालाई स्थानीय तह ,गुठी सरोकारवाला लगायतको सहयोगको खाँचो छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया