
१पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
२पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
३निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
४अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
५प्रदेशले किन्यो आमा…!
६अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
७हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
८सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
९पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१०रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
११पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
१२देशभर अतिक्रमित क्षेत्रका संरचनामा डोजर चल्दैछ
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
११अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
१२नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
सचिन्द्र श्रेष्ठ।हिजो आज काठमाण्डौ त के अन्य सहर पनि जात्रामय भएको छ।नाग पञ्चमी लागे देखि देशका बिभिन्न ठाउँमा जात्रा देखाउने चलन चलेको भए पनि गाउँ तिर भने युबाहरुको बिदेश पलायन सँग यी नाच लोप हुने अवस्थामा गुज्रीन थालेको छ।
बिशेषत नेवार समुदायमा यी जात्रा,झांकीहरु पहिचान मात्र नभएर सस्कृति र भाईचारा बन्धुत्वको संगम समेत हो।करीब २६० बर्ष पहिले भक्तपूर बाट ब्यापारका सिलसिलामा बसाई सरेर नेवार समुदाय धौलागिरी छिरे सँगै जात्रा सस्कृति र संस्कार समेत छिराएको पाइन्छ।कहिले देखि सुरुवात भयो भन्ने एकीन तथ्यांक नभए पनि हाम्रै कुस्मा बजार, फलेवास,कार्कीनेटा एबं बागलुङ बजार, गल्कोट ,बलेवा र बेनी बजार जस्ता नेवारको बाक्लो बस्तिमा यो लाखे नाच देखाउने परम्परानै रहेको थियो केहि बर्ष पहिले सम्म।
नेवार समुदायमा नाचिने नाचहरूमा प्राय ईश्वरीय देवीदेवता,तान्त्रिक बिधि ,भगवान वा प्रकृति प्रेम सँग जोडिएको भए पनि यो लाखे नाच दानबरराक्षसको रुपमा प्रचार गरिएको पाइन्छ।नेवार समुदाय जहाँ जहाँ पुगेको छ, त्यहाँ उसले आफ्नो संस्कृति पनि लिएर गएको छ र त्यसको प्रवर्धन आज सम्म पनि बिद्यमान कायम छ ।
हामी सानो सानोमा लाखे नाच भन्ने बितिकै साझको समय मिलाएर टोल टोलमा हेर्न जाने गर्थ्यो ।बजारको गल्ली गल्लीमा पछि पछि ुचे लाखे ,चे लाखे भन्दै लाखेलाई गिजाउदै भाग्दै हिड्डदा त्यों जत्तिको मज्जा कुनै हुन सक्ने थिएन।साथीहरु जम्मा भएर अघि र पछि गर्दै रातभर लाखे सँगै हिड्नुको रमाइलो बेग्लै थियो।अझै लाखे नाच हुँदा गर्मी हुँदा लाखेलाई नाङ्लोले हम्किने र पानीले छम्किने गरिन्थ्यो ।
ठूल–ठूला आँखा, दाह्रा निस्केको डरलाग्दो रूप भएको, कम्मरसम्म लट्किएको लामो लट्टा सहितको हेर्दै डर लाग्ने मुखौटा ,लामो लामो खुट्टा सम्म ढाकिने रङ्गीचङ्गी कपडा जामा लगाएर बाजाको तालमा नाच्ने,लाखेले लगाउने चोलो र घंगला निकै आकर्षक देखिने लाखे नाचले सबै केटा केटी, के बुढा बूढी सबको मन आकर्षित गर्ने गर्थ्यो।कुश्मा आसपास सरेका नेवार समुदायले पुरानो संस्कारहरूलाई निरन्तरता दिँदै लाखे नाच भूते औँसी देखि हरितालिका तीजसम्म प्रदर्शन गर्दै आएका छन्।
अझ कुस्मामा दशकौ अघि पनि जात्रा भन्ने बित्तिकै माथिल्लो र तल्लो समूहबीच फरक फरक खालको लाखे देखाउने होड़बाजीले बेला बेलामा झगडा समेत हुन्थ्यो।लाखे नाच सँग सँगै अन्य भदौरे नाच ,रोपाइँ जात्रा, गाईजात्रा, बाघ जात्रा,नागा नाच,बकुल्ला नाच र हनुमान नाच लगायतका विविध कार्यक्रमहरु आयोजना गरेर अग्रजहरु नयाँ पुस्तालाई संस्कार सिकाइरहेका छन् । आजकल भने लाखे नाचमात्र केहि हद सम्म देख्न पाइन्छ। युवा पलायन भए पनि केहि जातीय संघ सस्था,युबाले भने आफ्नो सस्कृति जोगाउन बेला बेलामा यस्ता नाच पर्बलाई निरन्तरता दिने प्रयास गरेका छन।
मौलिक कला, संस्कृति र पहिचान झल्काउने परम्परागत नृत्य रहेको लाखे नाचका आफ्ना आफ्नै किम्बदन्ति सुन्न पाइन्छ।इतिहासका अनुसार पहिलो पटक लाखेको नृत्य भने सकल सिङ्गो उपत्यकाका राजा जयस्थिती मल्लका छोरा श्रीधर्म मल्लदेवको विवाह समारोहमा मञ्चन भएको भैरवानन्द नृत्यको समय लाखेको नृत्य पनि प्रदर्शन भएको भन्ने बुझिन्छ ।
यी हाम्रा नेवार बस्तीमा मात्र सिमित नरही देश तथा विदेशी भूमिमा नेपाललाई सांस्कृतिक परिचय दिनुपर्दा लाखे नाच,कुमारी देखाउने गरिन्छ। यो नाच अहिले अन्य जातिले पनि अनुसरण गर्दै आएको र बेला बखत हुने महोत्सब मेलामा समेत प्रस्तुत हुनुले यी जात्राको महत्व घट्दै गएको जस्तो पनि देखिन्छ।किन की यी जात्रा पर्ब भनेकानै आफ्नै समय र पर्बमा देखाउदा बढ़ी महत्व हुने गर्दछ।
खासगरी लाखे मजिपात लाखे काठमाडौं उपत्यकामा विशेष पर्वमा नचाउने गरिन्छ । विषेशगरी इन्द्रजात्राको बेला नचाउने लाखेलाई मजिपात भन्ने चलन छ र यो तांत्रिक बिधि बाट धार्मिक अनुष्ठान गरी नचाइने चलन छ।अर्को गुणीला लाखे काठमाडौं उपत्यकाका बाहिरी जिल्लाहरूमा नेवार समुदायको बाहुल्यता तथा बसोबास रहेको शहरहरूमा नचाइने लाखेलाई गुणिला लाखे भनिन्छ । यो जुनसुकै समयमा नचाउन सकिन्छ । यसलाई नचाउन कुनै निश्चित तान्त्रिक विधि विधान आवश्यकता पर्दैन र अन्य जाती समेत सहभागी हुन सक्छन्।
पहिले पहिले खेती किसान गर्ने भएकाले धान रोपी सकेर फुर्सदको समयमा लाखे नाच देखाएर मानिसलाई मनोरञ्जन प्रदान गर्नु यसको मुख्य उद्देश्य रहेकोले कुनै किम्बदन्ति वा इतिहासलाई फरक नपर्ने गरी यी हाम्रा भाषा,कला,सस्कृति ,भेषभुषा रहे हाम्रा जात्रारपर्ब जिबित रहने त हो १लाखे नाचले पर्यटन प्रवद्र्धनमा समेत ठूलो सहयोग पु¥याउने भएकाले नेवारको जात ,स्थान धर्म रीतिरिवाज अनुसार लाखे नाच फरक–फरक तरिकाले नचाइने गरे पनि यी हाम्रा कला सस्कृतिको संरक्षण गर्न आवश्यक छ।
अन्त्यमा अहिलेको पुस्तालाई लाखे नाचको महत्व र यसको सांस्कृतिक परम्परा थाहा नभएकाले लाखे नाचको महत्वबारे जानकारी दिन लाखे नाचका बारेमा प्रचार प्रसार ,भीडियो प्रदर्शन,सामाजिक सञ्जालको ब्यापक उपयोग गरेर यो ऐतिहासिक जात्रालाई स्थानीय तह ,गुठी सरोकारवाला लगायतको सहयोगको खाँचो छ।

प्रतिक्रिया