
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
बाटुलेचौर, पोखरा । वि।सं २०४५ साल पौष १गतेबाट राधा मा।बि। जामुने भन्ज्याङ, तनहुँबाट मा।वि।बिज्ञान शिक्षकको रूपमा शिक्षण सेवामा प्रवेश गरे। वि।सं २०४६ साल लाग्दा नलाग्दै बिएस्सी शिक्षक नभै प्रस्तावित शान्ति मा।वि। जुम्लेटीमा आगामी शैक्षिक सत्रबाट कक्षा ९ संचालनको स्विकृती पाइएन , प्रमाण पत्रहरू पठाईदिनुपर्यो भनेर प्र।अ।लक्ष्मण खवास , प्रधानपञ्च खुशिमान गुरूङ र पूर्व अञ्चलाधीस लक्ष्यबहादुर गुरुङज्यूले खबर पठाउनु भयो प्रमाणपत्रहरू पठाई दिएँ, तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालय पोखराले शैक्षिक सत्र २०४६र४७ मा कक्षा ९ संचालनको अनुमति पत्र प्रदान गर्यो। राधा मा।बि को १ बर्षे यात्रालाई बिट मार्दै २०४६ माघ २ गतेबाट शान्ति प्रस्तावित मा।बि। अर्मला (१ ,जुम्लेटीमा हाजिर भै सेवा सुचारु गरे। बि।सं २०४६ चैत्र २६ गते प्रजातन्त्र आयो साथमा प्रस्तावित बिद्यालयहरूमा ठूलो संकट पनि ल्यायो । कस्ले हेर्ने प्रस्तावित विद्यालयलाई रु पुरानाहरू हटे ,नयाँहरू दृष्टिगोचर भएनन। अर्थ संकलन गर्न शिक्षक , विद्यार्थीहरू मिलेर अर्घो र बिबाहमा नाच गान गर्ने, काली लेकका काठ दाउराको कर उठाउने, काली खोलाका ढुङ्गाको कर उठाउने, ७ दिनसम्म द्यौसी रभैलो खेल्ने,श्रीमद् भागवत् महायज्ञ संचालन गर्ने गरियो ।
सरकारी विद्यालयमा कार्यरत १ बर्ष सेबा गर्नेहरू हामी जस्ता स्वतस्स्थायी भए , हामी जनस्तरको बिद्यालयमा सेवा गर्नेहरू बन्चित भयौं। २०५२ मा शिक्षा सेवा आयोगको परीक्षामा सरिक भइयो, २०६० सालमा नतिजा आयो । हाम्रो ८ बर्षको सेवा खाइयो, जिम्मेवारी लिएनन कसैलेरु स्थायी शिक्षकको नियुक्ति शान्ति मा।वि मै लिए र सेवालाई निरन्तरता दिए। वि।सं २०६२ बाट २०६६ सम्म प्र।अ।को भूमिका निर्वाह गरे ।उच्च मा।वि।स्थापना गरेपछि प्र।अ।को भूमिकाबाट बिदा लिएँ। अनेकौं आरोहरअवरोहको सामना गरियो । शान्ति मा।विमा छँदा केही उत्कृष्ट अभिभावक र समाजसेवीले दिलोज्यानले बिद्यालयलाई सहयोग गरीरहनु भयो ,बिर्सनु हुन्न बिद्यालयले उहाँहरुको योगदानलाई।
वि।सं २०७४ फागुनमा आफैंले अध्ययन गरेको बिद्यालय बिन्ध्यवासिनी मा।वि।बाटुलेचौरमा सरुवा भए । वि।ब्य।स।अध्यक्ष चन्द्रा थापा र प्र।अ। कृष्ण प्रसाद आचार्य सरले यहाँ आउन हरदम प्रेरित गर्नुभयो, सहयोग गरिरहनु भयो । यसै विद्यालयमा २०५१ सालमा अभिभावकहरुको बृहत भेलाले मलाई वि।ब्य।स।को सदस्यमा चुनेको थियो। २०५४ सालमा पूर्व प्र।अ। द्वय देबेन्द्रराज रेग्मी र बिष्णुहरी पौडेल गुरुको नागरिक अभिनन्दन समितीको सदस्य,२०५६ सालमा स्वर्णजयन्ती कार्य सम्पादन समितीको सदस्य , २०५७ सालमा श्रीमद्भागवत महापुराण एवं राष्ट्रिय महायज्ञ मुल कार्य सम्पादन समितिको सदस्य एवं प्रचार प्रसार समितिको संयोजक २०५८ सालमा उच्च मा।वि।भवन निर्माण समितिको सदस्य, सोहि साल बिषय छनोट समितिको सदस्य, उच्च मा।वि तैयारी समितिको सचिव, भू।पू।बिद्यार्थी मञ्चको संस्थापक सह सचिव एवं तेश्रो कार्यकालको अध्यक्ष लगायतको भूमिका निर्वाह गर्दै आएकोले विद्यालय मेरा लागि नौलो थिएन।
सरुवा भएर आएपछि मेरो भूमिका फेरियो , पहिले समाजसेवी रूपमा थिए, अब तलबी शिक्षक भए। शिक्षक भए पछि विद्यालयलाई अझै कसरी उत्कृष्ट बनाउन सकिन्छ भन्ने सोचका साथ सामूहिक रूपले हामीहरू लाग्यौ। अत्यन्त जुझारू र सक्रिय साथीहरूको टिम मिलेको कारण बिद्यालयलाई देशकै उत्कृष्ट बिद्यालयको रुपमा स्थापित गर्न हामी सफल भयौं। घातक कोरोना कालमा पनि शिक्षा दिन साथीहरू जुधि रहनु भयो ,कहिले टोल शिक्षा ,कहिले अनलाइन कक्षा। कक्षा ११ र १२ मा बिज्ञान बिषय संचालन भयो । बिद्यालयको आधुनिक पक्की भवन निर्माण भयो। बि ।सं २०७९ श्रावण ३१ गते सम्माननीय राष्ट्रपति बिद्यादेबी भण्डारीज्यूको प्रमुख आतिथ्यतामा बडो उल्लासमय वातावरणमा हीरक जयन्ती सम्पन्न गरियो । एस इ इ र कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल भएकोले वार्ड, महानगर,जिल्ला र प्रदेशबाट सम्मानित हुने अबसर जुट्यो। यो उपलब्धी हामी बिद्यालय परिवारको एकता, सक्रियता र समान उद्देश्य प्रतिको अविच्छिन्न लगाबको कारणले सम्भब भएको हो ।
२०८२ श्रावण २ गतेबाट ६० बर्षे उमेर हदका कारणले अविच्छिन्न ३७ बर्षे शैक्षणिक यात्राबाट बिदा लिइयो । विद्यालय परिवारबाट म र सहकर्मी इन्दु भट्टराई मेडम को श्रावण २७ गते सभ्य एवं भब्य बिदाइ कार्यक्रमको आयोजना गरियो। यो अविस्मरणिय बिदाई९फेरी भेटौंला ०कार्यक्रम आयोजना गर्नु भएकोमा ,बि।ब्य।स,,शि अ।सं।,प्र।अ।ज्यू, सहकर्मी शिक्षक कर्मचारी साथीहरू, प्यारा बिद्यार्थी भाई बैनीहरू सबैलाई हार्दिक धन्यवाद रआभार ब्यक्त गर्दछौं। असमय मै गुमाउन पुगेकी छात्रा पुष्पा के।सी। र भारत भ्रमणमा छुटनु भएका बद्री पौडेल सरलाई हामी संझन चाहन्छौं।
कोरोना कालमा एक छिन अघि सम्म एस इ इमा सामेल हुनपर्यो भनेर रूने र एक छिनपछि सामेल हुन पाइएन भनेर रुने बिद्यार्थीहरूको पनि संझना आइरहेको छ।आँखामा राख्दा पनि नबिझाउने, छोरा छोरी जस्ता अत्यन्त प्यारा बिद्यार्थीहरुको साथ छुटेकोमा भने पिडा अनुभूत भएको छ । जीवन यात्रा हो कहिले जोडिनुपर्ने, कहिले बिछोडिनु पर्ने। यात्राको नियती यही नै हो बिद्यालय एवं बिद्यार्थीहरुको उत्तरोत्तर प्रगतीको लागि हृदयको गहिराई बाटै शुभकामना। अवकाश पछि पनि बाँकी जीवन शिक्षा, साहित्य सिर्जना र समाज विकास मै रहने छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया