
१पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
२पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
३निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
४अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
५प्रदेशले किन्यो आमा…!
६अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
७हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
८सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
९पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१०रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
११पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
१२देशभर अतिक्रमित क्षेत्रका संरचनामा डोजर चल्दैछ
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
११अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
१२नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
पोखरा, कास्कीरामबहादुर बानियाँश्री शान्ति माध्यमिक विद्यालय भन्दा तल हाम्रो बानियाँ परिवारको पैतृक खेत छ। जसलाई हामी खहरे भन्छौं भने जुम्लेटीबासीले बौर । माथि जुम्लेटीबाट आउने खहरे खोला र छहरे पानीको फेदीबाट संगालिएर आउने मज्जुवा खोला मिली डुब्नी खोला बन्छ। एक सांझ काका गुमानध्वज बानियाँसँग खेतमा पानी लगाएर फर्कने क्रममा तिर्खा लागेर मैले डुब्नी खोलाको पानी पिउन खोजें, काकाले रोक्नु भयो। किन काका?मैले सहज जिज्ञासा पोखें, अनि काकाले बेलिबिस्तार लाउनु भयो ।
“बि.सं.१५२५ पछि ७ सय कास्कीलाई ठूलो बनाउन कुलमण्डन शाह लागिरहेका थिए। त्यतिखेर अर्मला,कालीलेक र झुप्राङकोटमा घलेहरुको रजाईं चलिरहेको थियो। ठूली बेंसी फाँट भने आर्थिक तथा रणनैतिक महत्वको स्थान थियो । यो फांटको स्वामित्वको लागि दुबै राज्य बिच संघर्ष चलिरहेको थियो। काली खोला आजको जस्तो गडेको थिएन,माथि माथि उत्रिएको थियो।काली खोलाको आसपासको धेरै जमिन बलौटे थियो। यो संघर्षलाई सहमतिमै हल गर्न कास्की र घले राज्य बिच मितेरी लगाई टुङ्याउने उद्देश्यले मजुवा(भलावट)क्षेत्रमा भोजको आयोजना गरियो। भोज खान माथिकाले खसि ,भेडा ल्याउने र तल तिरकाले घिउ , दाल,चामल ल्याउने सल्लाह भयो। भोलि के हुनै हो ,कसो हुने हो आफ्नो जोहो त गर्नु पर्छ भनेर दुबै पक्षले अघिल्लो दिनमै बलौटे माटोमा हतियार पुरेर राखेछन्। मित लगाए, खुशि भएर भोज खाए ।
भोजमा मादक पदार्थको उपयोग पनि गरियो। मादक पदार्थको सेवन पछि मनमुटाब बढ्न गयो फलत: बालुवामा आ -आफूले लुकाएर राखेका हतियार निकालेर परस्पर प्रहार गर्न थाले, फलत: मज्जुवा क्षेत्रबाट बग्ने खोलामा रगत बगेर रक्ताम्य भयो। ठाउँ ठाउँमा तरवारले छिनेका औंला ,हत्केला र डुडुल्ना तैरिन थाले। दुबै पक्ष भागाभाग गर्दै आ-आफ्ना क्षेत्र तीर लागे। त्यो रगत र डुडुल्नी(डुडुल्नो) बगेको खोलाको नाम नै पछि डुब्नी खोला रहन गयो । मितहरुको एकआपसमा भरोसा टुट्न गै रगत बगेकोले यो खोलाको पानी पिउनु हुँदैन रअद्दाबधि कसैले पिउँदैनन ।” काकाले प्रस्ट्याउनु भयो ।मजुवा (भलावट)क्षेत्र पछि खेत बन्यो ।
स्थानीय किसानले केहि बर्ष अगाडी गरा मिसाउन खन्दा त्यतिखेर पुरिएर राखिएका भाला,तरबार र घाँटीमा अँचेटने हतियार फेला पर्यो । भाला र तरबार खिया परेर नष्ट भयो भने , घाँटी अँचेटने हतियार अद्यावधिक रहेको छ ।

प्रतिक्रिया