
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
६पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
७पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
१०कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
११पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पोखरा, कास्कीरामबहादुर बानियाँश्री शान्ति माध्यमिक विद्यालय भन्दा तल हाम्रो बानियाँ परिवारको पैतृक खेत छ। जसलाई हामी खहरे भन्छौं भने जुम्लेटीबासीले बौर । माथि जुम्लेटीबाट आउने खहरे खोला र छहरे पानीको फेदीबाट संगालिएर आउने मज्जुवा खोला मिली डुब्नी खोला बन्छ। एक सांझ काका गुमानध्वज बानियाँसँग खेतमा पानी लगाएर फर्कने क्रममा तिर्खा लागेर मैले डुब्नी खोलाको पानी पिउन खोजें, काकाले रोक्नु भयो। किन काका?मैले सहज जिज्ञासा पोखें, अनि काकाले बेलिबिस्तार लाउनु भयो ।
“बि.सं.१५२५ पछि ७ सय कास्कीलाई ठूलो बनाउन कुलमण्डन शाह लागिरहेका थिए। त्यतिखेर अर्मला,कालीलेक र झुप्राङकोटमा घलेहरुको रजाईं चलिरहेको थियो। ठूली बेंसी फाँट भने आर्थिक तथा रणनैतिक महत्वको स्थान थियो । यो फांटको स्वामित्वको लागि दुबै राज्य बिच संघर्ष चलिरहेको थियो। काली खोला आजको जस्तो गडेको थिएन,माथि माथि उत्रिएको थियो।काली खोलाको आसपासको धेरै जमिन बलौटे थियो। यो संघर्षलाई सहमतिमै हल गर्न कास्की र घले राज्य बिच मितेरी लगाई टुङ्याउने उद्देश्यले मजुवा(भलावट)क्षेत्रमा भोजको आयोजना गरियो। भोज खान माथिकाले खसि ,भेडा ल्याउने र तल तिरकाले घिउ , दाल,चामल ल्याउने सल्लाह भयो। भोलि के हुनै हो ,कसो हुने हो आफ्नो जोहो त गर्नु पर्छ भनेर दुबै पक्षले अघिल्लो दिनमै बलौटे माटोमा हतियार पुरेर राखेछन्। मित लगाए, खुशि भएर भोज खाए ।
भोजमा मादक पदार्थको उपयोग पनि गरियो। मादक पदार्थको सेवन पछि मनमुटाब बढ्न गयो फलत: बालुवामा आ -आफूले लुकाएर राखेका हतियार निकालेर परस्पर प्रहार गर्न थाले, फलत: मज्जुवा क्षेत्रबाट बग्ने खोलामा रगत बगेर रक्ताम्य भयो। ठाउँ ठाउँमा तरवारले छिनेका औंला ,हत्केला र डुडुल्ना तैरिन थाले। दुबै पक्ष भागाभाग गर्दै आ-आफ्ना क्षेत्र तीर लागे। त्यो रगत र डुडुल्नी(डुडुल्नो) बगेको खोलाको नाम नै पछि डुब्नी खोला रहन गयो । मितहरुको एकआपसमा भरोसा टुट्न गै रगत बगेकोले यो खोलाको पानी पिउनु हुँदैन रअद्दाबधि कसैले पिउँदैनन ।” काकाले प्रस्ट्याउनु भयो ।मजुवा (भलावट)क्षेत्र पछि खेत बन्यो ।
स्थानीय किसानले केहि बर्ष अगाडी गरा मिसाउन खन्दा त्यतिखेर पुरिएर राखिएका भाला,तरबार र घाँटीमा अँचेटने हतियार फेला पर्यो । भाला र तरबार खिया परेर नष्ट भयो भने , घाँटी अँचेटने हतियार अद्यावधिक रहेको छ ।


१पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
३कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
४बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
५मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण

प्रतिक्रिया