
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
रामबहादुर बानियाँ। वि.सं. २०३६—३७ सालतिर पोखराको बाटुलेचौर क्षेत्रमा ज्यादै कम गाडी चल्थे । गाडीमा गण्डकी बोर्डिङ स्कूलको पछाडि ट्रली भएको “ल्याण्ड रोभर” मोटर चल्थ्यो भने मोटर बाइक, गण्डकी बोर्डिङ्गमा कार्यरत “बक्तर” ले चलाउँथे केहि टुरिस्टहरुले छिट पुट रुपमा यदा कदा मात्रै चलाउँथे । त्यतिबेला ‘मोटरसाइकल’ नभनी ‘भटभटे’ भनिन्थ्यो । यस्ता ‘भटभटे’ स्थानिय मानिसहरुको १÷२ वटा मात्र चल्थे । जसमध्ये १ जना हुनुहुन्थ्यो ‘शिव कुमार थापा’ ।
मेरो बुबासँग उहाँको पुरानो चिनापर्ची रहेछ । बुबाले भन्नुहुन्थ्यो “उहाँ प्रहरीको जुनियर अफिसर हुनुहुन्छ र प्रहरी सेवाकै क्रममा एउटा हिमालको सफल आरोहण गर्नु भएको छ र राजाबाट पुरस्कृत पनि हुनु भएको छ । हिमाल चढ्नु एउटा साहसिक कार्य हो , यो चानचुने र सबैको वहशको विषय पनि थिएन । बुबाको कुरा सुनेपछि उहाँप्रति हाम्रो सम्मानजनक दृष्टिकोण श्रृजना भयो । उहाँकी धर्मपत्नी दुर्गा के.सी.थापा महाराजगन्ज मेडिकल कलेजबाट स्वास्थ्य सहायक उत्तिर्ण गर्नु भएकी स्वास्थ्यसेवी हुनुहुन्थ्यो र बाटुलेचौर हेल्थपोष्टमा इन्चार्जको रुपमा कार्यरत । स्वास्थ्य क्षेत्रमा चेकजाँच गरेर औषधि दिने भएकाले मानिसहरु ‘डाक्टर्नी दुर्गा’ भन्थे भने कतिले ‘छलीकी बुहारी दुर्गा’ भनेर चिन्थे । तर उहाँ बाटुलेचौर सहित त्यस आसपासको ठाउँमा ‘छलीकी बुहारी नै भनेर परिचित हुनुहुन्थ्यो ।
शिव कुमार थापा आकर्षक व्यक्तित्वका धनी, बहुप्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो । उहाँको बुबा स्याङ्जा छाङछाङदीबाट विदेशी सेनामा भर्ती हुनुभएकोले राम्रो पेन्सनवाला व्यक्ति हुनुहुन्थ्यो । उहाँले आफ्नो घरजम बर्मातिरै जोड्नु भएको थियो । बर्माबाट शिक्षा हासिल गरी नेपाल आएका रामबहादुर थापा नेपाल प्रहरीको महानिरीक्षक भएपछि आफ्ना आफन्त पर्ने शिवकुमार थापालाइ बोलाएर नेपाल प्रहरी सेवामा प्रहरी जवानमा भर्ति गराए । तिक्ष्ण बुद्धि भएका सक्रिय शिवकुमार थापा बढुवा हुँदै स.इ. सम्म पुग्नु भयो ।
शिवकुमार थापाको आमा बितेपछि , उहाँको बुबाले नेपालको पोखरा बाटुलेचौरमा आइ स्थानिय छलि बस्नेतसँग दोस्रो बिवाह गरी बाटुलेचौरमै घरजम गरेर बस्नु भएको थियो । उहाँको घर त्यतिबेला बाटुलेचौर क्षेत्रमै सुन्दर भवनको रुपमा कहलिएको थियो भने “छलि” जनकविकेशरी धर्मराज थापाको सानीआमा हुनुहुन्थ्यो ।
शिवकुमार भनेपछि स्थानिय टोलेदादा, गुण्डा , फटाहाहरु थर्कमान हुन्थे । उनको मोटर बाइकको आवाज सुन्नेबित्तिकै “खोर—खोरे” खेलाउनेहरु थर्कटी लिएर चम्पट कस्थे भने ‘ग्याङ फइटरहरु कुलेलम ठोक्थे । उनि बाटोमा हिँड्दा हाँस कुखुराहरु पछि लाग्थे । मानौं उनिहरु शिवकुमारका आफन्त थिए । शिवकुमारले बाटोमा चर्ने हाँस कुखुराको लागि ‘चारा’ लिएर हिँड्ने र बाटोको किनारातिर चर्ने हाँस कुखुरालाई दिने गर्नाले हाँस कुखुराहरुले चिनेर पछि लाग्ने गर्दा रहेछन । त्यतिबेला पोखरामा टोलटोलमा खडा भएका क्लबहरुबिच फुटबल प्रतियोगिता आयोजना गरिन्थ्यो , यस्ता फुटबल प्रतियोगिता पृथ्वी नारायण क्याम्पस भित्र रहेको अन्नपूर्ण रङ्गशालामा हुने गथ्र्यो ।
फुटबल प्रतियोगिता संचालन गर्न चुस्त ,स्फूर्त, सक्रिय र कमाण्ड गर्न सक्ने रेफ्रि चाहिन्थ्यो । अन्यथा हो–हल्ला हुने खेल नै अवरुद्ध हुने गथ्र्यो । यस्तो चुनौतिपूर्ण फुटबल म्याच संचालन गर्ने अभिभारा शिवकुमार थापालाई जान्थ्यो र उहाँले सफलतापूर्वक फुटबल म्याच सम्पन्न गर्नुहुन्थ्यो ।
वि.सं. २०२८ सालमा बम्बइका सुप्रसिद्ध अभिनेता देवानन्दको फिल्म ‘हरे राम हरे कृष्ण’ को छायाङ्कन काठमाण्डौंमा हुदै थियो । फिल्म सेटको सुरक्षाको लागि प्रहरीको माग गरियो । देवानन्दले सुरक्षाको लागि हामीलाई “थापा” थर भएकै प्रहरी चााहिन्छ भनेपछि शिवकुमार थापालाई खटाइयो । शिवकुमारले राम्रो सुरक्षा प्रदान गर्नुभयो जस्लेगर्दा त्यस फिल्ममा उहाँलाई सानो भूमिका पनि दिइयो । देवानन्द, शिवकुमार संग घनिष्ट हुनुभयो । पारिवारिक सम्बन्ध स्थापित भयो पछि देवानन्दको आमाले शिवकुमारको धर्मपत्नी दुर्गालाई बम्बइबाट सल उपहार पठाइदिनुभयो ।
वि.सं २०३८ सालतिरको हिउँदयाममा मेरो घरकै छेउमा एउटा घटना घट्यो । बारीमा पसेर गोरुले बाली खाइदिएको झोकमा एकजना अधबैंसेले , आँसी लिएर गोरुको पछाडिको खुट्टाको घुँडा माथिको तन्किएको लिगामेन्ट छ्याप छ्यापगरी काटि दिएछन् । गोरु रन्थनिएर केही पर गएर थला परिहाल्यो । गोरुधनी गोरु खोज्दै जाँदा घाइते भएर थला परेको भेटेछन् , उनले गाँउका गण्य माण्य मान्छेहरुलाई जम्मा गरेर घात गर्ने मान्छेको खोजि गरीदिन अनुरोध गरे । कोहि कोहि मान्छेहरु घात गर्नेलाई गाली गर्दैथिए । यो कुरा शिवकुमारको कानमा पनि परेछ र हेर्न आउनुभयो । उहाँको नजर एकजना मान्छेमाथि अडिइहाल्यो र १÷२ प्रश्न गर्नुभयो । त्यो मान्छे जवाफ दिने क्रममा लर्वराइहाल्यो र शिवकुमारले तत्काल घोषणा गरिदिए “त्यो गोरुको खुट्टा काट्ने मान्छे यहि हो”। अन्त्यमा समाजले उनलाइ जरिवाना तोक्यो ।
शिवकुमार, धर्मपत्नी दुर्गा र दिनेश गरी ३ जनाको सानो , सुखी आन खुशि परिवार चलिरहेको थियो । प्रतिष्ठापूर्ण जीवन यापन गरिरहनु भएको थियो । उहाँहरु आफ्नै पिताजीले बनाउनु भएको घरमा बसीरहनुभएको थियो । श्रीमती दुर्गाले औषधि पसल चलाउनु भएको थियो । बारीमा सागसब्जि उमार्ने भएको थियो । यस्तैमा सानी आमा छलीले कसैको उक्साहटमा लागेर छोरा विरुद्ध अदालतमा अंश मुद्दा हाल्नुभयो । आफु एकल महिला भएको र छोरा बुहारीले घरबाट निकाला गरी घर कब्जा गरेको भनी त्यतिबेलाको पंञ्चायतकालिन भातृ संगठन नेपाल महिला संगठनलाइ उठाएर ल्याइ हुर्मत लिनुभयो । यता अदालतमा चलीरहेको अंश मुद्दा सानीआमा छलीको पक्षमा गयो फलतः शिवकुमार निरंशी , अनि बेघरबार हुनुभयो । प्रतिष्ठापूर्ण जीवन शैलीबाट एकै पटकमा सडकमा पुग्नुभयो ।
घर खाली गर्न प्रहरीहरु आए, शिवकुमारले आफ्नो कर्तव्य पुरा गर भन्दै आफु बाटो पारीको बुबा ओमकुमार श्रेष्ठ (साहुबुढा) को घरमा गएर बस्नुभयो । प्रहरीहरुले उहाँहरुको सामान छिमेकी जीवनारायण श्रेष्ठको घरमा राखिदिएर घर खाली गरी छलिलाई घरको चाबी बुझाएर शिवकुमारसंग फर्कन बिदा माग्न गए । प्रहरीहरुले बिदा माग्दा शिवकुमारले “म होटलमा खाजा भनिदिन्छु खाएर जाउ” भन्नुभयो । मैदान क्षेत्रमा यो तमाशा हेर्नेको भीड थियो । आफ्नै घरमा बसेको परिवार सडकमा पुग्यो । दुवै श्रीमान÷श्रीमतीले आफुलाई सम्हालेर आफ्नो संचयकाषको । रकम, तलब अनि ऋण गरेर बाबुको घरकै छेउमा जग्गा किनेर एकतले घर बनाउनुभयो । बेघरबार हुनुको पिडा शिवकुमारमा गहिरो संग परेको थियो । उहाँ अलि बढि निराश बन्नुभयो । यहि पिडाको कारणले २०४१ साल माघ महिनामा उहाँ बित्नुभयो । वल्लो घरमा उहाँको लाश थियो भने पल्लो घरमा त्यसदिन विवाह परेको थियो । प्रहरीको सम्मान सहित उहाँको अन्त्येष्टि भयो ।
यता छलीले घरजग्गा एकजना बजारिया साहुलाई रु ६०,०००(साठी हजार) मा बेचिन । दुर्गा केसीले थैली झुण्ड्याएर बाजेको पैतृक सम्पत्ति आफ्नो नाममा ल्याउनुभयो । छली भने पैसा बोकेर कहिले डेरामा, कहिले खाली घरमा र कहिले ठाँटीमा बस्न थाल्नुभयो । एकदिन उहाँले आफ्नो पैसा चोरले चोरी दियो भनेर घोषणा गर्नुभयो । पुरानो जिर्ण वडा भवनमै उहाँको मृत्यु भयो । शिवकुमार मनकारी मान्छे हुनुहुन्थ्यो । कसैको दुःखलाई हेरेर नबस्ने सहयोग गरिहाल्ने प्रवृत्ति थियो उहाँमा । गाउँका मानिसहरुलाई प्रशासनको चर्को फन्दाबाट बचाउन सक्दो सहयोग गनुहुन्थ्यो उहाँले ।
समयक्रमसँगै उहाँ बित्नुभएको पनि ४१ वर्ष भैसकेछ । तैपनि उहाँको स्मृति जिवन्त छ मानसपटलमा । भावपूर्ण श्रद्धाञ्जली शिवकुमार प्रति ।
पोखरा–१६, बाटुलेचौर
अस्तु


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया