
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
अल्ट्रासाउन्ड भन्नासाथ महिलाले गर्भावस्थामा धेरै गराएको सुन्नुभएकै होला । कति महिलाले गर्भवती भएको बेलामा आफैंले पनि अल्ट्रासाउन्ड गराउनुभएको होला । धेरैलाई अल्ट्रासाउन्ड गर्भावस्थामा गर्भमा रहेको बच्चाको विकासबारे जानकार रहन मात्र गर्नुपर्छ भन्ने पनि लाग्न सक्छ ।
तर त्यस्तो पक्कै होइन, अल्ट्रासाउन्ड यस्तो अत्याधुनिक प्रविधि हो, जसले गर्भावस्थामा मात्र नभई शरीरको समग्र अवस्थाको परीक्षण गरी समस्या पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्छ ।
के हो अल्ट्रासाउन्ड ?
अल्ट्रासाउन्ड एक पीडारहित विद्युतीय तरंगबाट चल्ने परीक्षण विधि हो । अल्ट्रासाउन्डलाई ‘सोनोग्राफी’ र ‘अल्ट्रा सोनोग्राफी’ पनि भनिन्छ । अल्ट्रासाउन्डले शरीरको अंगको वास्तविक तस्वीर र भिडियो लिन उच्च फ्रिक्वेन्सी भएको विद्युतीय ध्वनि तरंग प्रयोग गर्छ ।
विना कुनै चिरफार सो उपकरणको मद्दतले तस्वीर र भिडियो मार्फत शरीरभित्रका भित्री अंग, नरम तन्तु, कोष र रक्त धमिनी स्पष्ट रूपमा देख्न पाइन्छ । यसमा शरीरलाई असर गर्ने कुनै रेडिएसन प्रयोग हुँदैन ।
अल्ट्रासाउन्डले कसरी काम गर्छ ?
अल्ट्रासाउन्ड गर्ने क्रममा रेडियोलोजिस्टले एक उपकरण (ट्रान्सडयुसर) प्रयोग गरी शरीरभित्रको भाग अवलोकन गर्न सक्छन् । सर्वप्रथम छालामा थोरै जेल लगाइन्छ । ताकि, अल्ट्रासाउन्डको तरंग एकबाट अर्को तन्तुमा सर्न सहज होस् । सो उपकरणमार्फत विद्युतीय ध्वनि तरंग शरीरको तन्तुमा पुग्छ तर त्यो आवाज सुन्न सकिंदैन ।
ध्वनि तरंग पानीमा छाल आए जसरी शरीरको भित्री बनावटहरुमा पुग्छन् । जसलाई अल्ट्रासाउन्ड मेसिनमा जडित कम्प्युटरले पछ्याएर आफ्नो स्क्रिनमा सो तरंगको संकेतलाई तस्वीर वा भिडियोमा देखाउँछ ।
अल्ट्रासाउन्ड कति बेला गरिन्छ ?
– गर्भवती भएको नभएको पत्ता लगाउन
– गर्भावस्थाको समयमा भ्रूणको अवस्थालाई अवलोकन गर्न
– भ्रूण एउटा छ वा सोभन्दा बढी छ कि भनेर हेर्न
– गर्भावस्था भएको कति समय भयो पत्ता लगाउन र कति अवधिपछि प्रसूति गराउने निश्चित गर्न
– भ्रूण बसेको आसन पत्ता लगाउन
– भ्रूणको चाल र मुटुको दरको अवस्था हेर्न
– वंशाणुगत समस्या र अन्य भ्रूणमा हुन सक्ने दिमाग, स्पाइनल कर्ड र मुटुको समस्या पत्ता लगाउन
– गर्भनालमा पानीको मात्रा अवलोकन गर्न ।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञले गर्भ रहेको २० सातामा अल्ट्रासाउन्ड गराउन सल्लाह दिन्छन् । सो अवधिमा गरिएको परीक्षणले भ्रूणको विकास क्रम हेर्ने र लिङ्ग पहिचान गर्न मद्दत गर्छ । यद्यपि, लिङ्ग पहिचानबारे खुलाउन नमिल्ने प्रावधान छ । भ्रूणको केही शंकास्पद देखिए थप स्क्यान हुनसक्छ ।
रोग पत्ता लगाउन
शरीरभित्रका कुनै पनि अंगमा समस्या वा राम्रोसँग काम नगरेको अवस्थामा समस्या पहिचान गर्न अल्ट्रासाउन्ड गरिन्छ । यसको मद्दतले झट्ट हेर्दा व्याख्या गर्न नसकिने दुखाइ, विना कारण सतह र भित्री भागमा निस्किएका गाँठागुठीबारे पत्ता लगाउन मद्दत गर्छ ।
छातीको समस्या, पेट दुखाइको मुख्य कारण पत्ता लगाउन कतिपय अवस्थामा अल्ट्रासाउन्डको प्रयोग हुन्छ । यो प्रविधिबाट मिर्गौलाको आकार, स्थान, बनावट अवलोकन गरिन्छ । मिर्गौलासँगै जोडिएका मूत्रथैली र गर्भाशयको अवस्था पनि हेर्न सकिन्छ । यसको मद्दतले मिर्गौलामा र त्यस भाग वरपर मासु पलाएको, ट्युमर र संक्रमण भएको पत्ता लगाउन सकिन्छ ।
स्तनमा गाँठागुठी र मासु पलाएको छ कि छैन, भएमा आकार कस्तो छ, कतिको सामान्य असामान्य छ भनेर हेरिन्छ । धमिनी र नसामा रगतको प्रवाह अवलोकन गर्न, मुटुको अवस्थाबारे जान्न पनि यो उपकरणको प्रयोग गरिन्छ । जसलाई डोपलर अल्ट्रासाउन्ड पनि भन्ने गरिन्छ ।
त्यस्तै, तल्लो पेटदेखिका अंगहरुको अवस्था हेर्न पनि परीक्षण गरिन्छ । जसमा मूत्रथैली, अण्डकोष, मलद्वार, गर्भाशय र योनीको अवस्था बुझ्न सकिन्छ ।
थाइराइड कति बढेको छ ? कुनै किसिमको मासुको डल्ला छ कि त्यो पत्ता लगाउन थाइराइड अल्ट्रासाउन्ड गरिन्छ । केही नमुना लिन पनि यसको प्रयोग हुन्छ । जस्तो कि, जोर्नी, मांसपेशी, मासुको डल्ला, नरम तन्तु, कलेजो, मिर्गौला र अण्डकोषबाट नमुनाका लागि थोरै तरल पदार्थ लिनको लागि पनि अल्ट्रासाउन्डको सहायता लिनुपर्छ । यस्तोमा अल्ट्रासाउन्डको मद्दतले अंगमा हेर्दै सम्बन्धित भागबाट सुईले तरल पदार्थ निकालिन्छ ।
अल्ट्रासाउन्ड कसले गर्छ ?
यो परीक्षण दक्ष रेडियोलोजिस्टले गर्छन् । तर हचुवाको भरमा दक्षता नभएकोबाट परीक्षण गराउँदा परीक्षणको गुणस्तरमा प्रभाव पर्न सक्छ । त्यसैले रेडियोलोजीबारे ज्ञान र अनुभव भएका रेडियोलोजिस्टबाट मात्रै परीक्षण गराउन उचित हुन्छ ।
अल्ट्रासाउन्डका लागि के तयारी गर्नुपर्छ ? कसरी गरिन्छ ?
अल्ट्रासाउन्ड गर्दा समस्या कस्तो किसिमको छ, त्यही अनुसारको तयारी गर्नुपर्ने हुन्छ । केही अल्ट्रासाउन्डमा भने कुनै किसिमको तयारी आवश्यक हुँदैन । गर्भावस्थामा कम्मरको परीक्षण गराउँदा मूत्रथैली भर्नुपर्ने भएकाले पानी खाएर जानुपर्छ ।
पेटको परीक्षण गराउनुपूर्व केही घण्टाअघि पानी बाहेक केही पिउनु र खानु हुँदैन ।
अल्ट्रासाउन्ड गराउँदा
अल्ट्रासाउन्ड गराउनुअघि अस्पतालको गाउन लगाउन लगाइन्छ । त्यसपछि एउटा टेबलमा सुत्नुपर्ने हुन्छ । प्राविधिकले परीक्षण गराउने भागमा जेल लगाई बाहिरबाट नै उपकरण बिस्तारै सार्दै परीक्षण गर्छन् । उक्त जेलले छाला र लुगामा कुनै किसिमको हानि गर्दैन ।
प्राविधिकले केही समय सास लामो तान्न र केही सेकेन्ड रोक्न भन्न सक्छन् । यसले स्पष्ट तस्वीर लिन मद्दत गर्छ । टेक्निसियनले तस्वीर लिइसकेपछि जेललाई पुछ्न सकिन्छ । यो प्रक्रिया बढीमा ३० मिनेटसम्म लाग्न सक्छ ।
के कस्तो समस्या अल्ट्रासाउन्डबाट पत्ता लाग्छ ?
अल्ट्रासाउन्डबाट असामान्य ट्युमरको विकास, क्यान्सर, रगत जमेको, गर्भाशय बाहिर बच्चाको विकास भएको, पित्तथैली र मिर्गौलाको पत्थरी र पित्तथैली सुन्निएको छ भने पत्ता लाग्न सक्छ । त्यस्तै, भ्यारीकोसेल (पुरुषको अण्डकोषमा देखिने समस्या), पाठेघरमा मासु पलाएको कुनै पनि भागमा रहेको असामान्य गिर्खा पनि पहिचान गर्ने खुबी अल्ट्रासाउन्डको हुन्छ ।
अल्ट्रासाउन्ड गर्दा दुखाइ हुनसक्छ ?
अल्ट्रासाउन्ड छाला बाहिरबाट लिने हुँदा कुनै दुखाइ हुँदैन । कुनै झर्को लाग्ने खालका उपकरणको आवाज पनि सुन्नुपर्दैन । तर मलद्वार र गुप्तांगमा उपकरण भित्र राखेर परीक्षण गर्नुपर्ने हुँदा दुखाइ नभए पनि असहज हुनसक्छ ।
यो परीक्षण कति सुरक्षित ?
यो परीक्षण गर्दा हानिकारक साइड-इफेक्ट नदेखिने हुँदा सुरक्षित मानिन्छ । यसमा कुनै किसिमको रेडिएसन हुँदैन । तर पनि दक्ष विज्ञबाट मात्रै यो सेवा गराउनु उचित हुन्छ ।
कति लाग्छ शुल्क ?
अल्ट्रासाउन्ड शरीरको कुन भागको गर्ने हो सोही अनुसार शुल्क लाग्छ । सामान्यतया पेट परीक्षणको ५०० देखि डपलर जस्तो जटिल परीक्षणको ५ हजार रुपैयाँसम्म शुल्क लाग्न सक्छ । यद्यपि, सरकारी तथा निजी अस्पतालले आ-आफ्नै ढंगले शुल्क तोकेका हुन्छन् ।
नतिजा कहिले आउँछ ?
अल्ट्रासाउन्ड गरेपछि रिपोर्ट आउन धेरै समय लाग्दैन । परीक्षणको केही समयमै नतिजा आउँछ । तर केही शंकास्पद देखिएमा रेडियोलोजिस्ट र सम्बन्धित चिकित्सकको टिमले विश्लेषण गर्नुपर्ने हुनसक्छ । जसकारण केही समय लाग्न सक्छ ।
अल्ट्रासाउन्ड आविष्कार कहिले भयो ?
२० औं शताब्दीको सुरुवाती चरणबाट अल्ट्रासाउन्ड प्रविधिको उदय भएको मानिन्छ । सन् १९२२ मा जर्मनीले अल्ट्रासाउन्ड थेरापीको पहिलोपटक आविष्कार गरेको थियो ।
सन् १९४० मा युरोप र संयुक्त राज्य अमेरिकामा अल्ट्रा साउन्ड थेरापीको सुरुवात भइसकेको थियो । पहिलोपटक दिमागको टयुमर पत्ता लगाउन यसको प्रयोग गरिएको थियो । त्यसपछि विस्तारै विश्वव्यापी रुपमा यसको उययोग हुन थाल्यो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया