
१समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
३लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट
४पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
५पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
६निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
७अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
८प्रदेशले किन्यो आमा…!
९अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
१०हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
११सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
१२पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
११नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
१२अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
भनिन्छ, स्वास्थ्य नै धन हो । त्यसकारण आफूलाई स्वस्थ राख्नु जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो । राम्रो स्वास्थ्यका लागि धेरै त्यस्तो केही गर्नुपर्दैन । सजिलै साना-साना कुराहरुलाई व्यवस्थापन गरेर पनि हामी सजिलै स्वस्थ रहन सक्छौं ।
स्वस्थ रहन केही राम्रा बानी अपनाउनु धेरै महत्वपूर्ण हुन्छ । कतिपय कुरामा हामी लापरवाही भएर आफूलाई बिरामी बनाउँछौं । यसले सानो कुराले ठूलो समस्या निम्त्याउन सक्छ ।
कहिलेकाहीं स–साना रोग ठूला रोगको कारण बन्न सक्छन् भन्ने कुरामा गम्भीर बनौं । तसर्थ आफ्नो स्वास्थ्यसँग खेलबाड गर्नुको सट्टा यी १० राम्रा बानी आफ्नो दैनिक जीवनमा अपनाएर आफूलाई स्वस्थ राख्ने कोसिस गर्न सकिन्छ ।
बाहिरबाट घर आएपछि खाना पकाउनुअघि र खाना खाइसकेपछि साबुन पानीले राम्ररी हात धुने गर्नुपर्छ । अझ विशेष ध्यान दिनुपर्ने घरमा साना नानीबाबुहरु छन् भने यो विषयलाई अझ गम्भीर भएर पालना गर्नुपर्छ । बच्चालाई लिनुअघि हात राम्ररी धोएर वा सेनिटाइजरको प्रयोग गर्नुपर्छ ।
घरको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । विशेषगरी भान्साघर तथा शौचालयमा पानी जम्मा हुन नदिने र भाँडा माझ्ने बेसिन, भान्छाको भुईं फिनेल र क्लिनर प्रयोग गरेर नियमित रूपमा सफा गर्नुपर्छ ।
ताजा तरकारी र फलफूल सेवन गर्नुका साथै मसला, खाद्यान्न तथा अन्य सामग्री राम्ररी भण्डारण गर्नुपर्छ । दैनिक प्रयोग गर्ने सामानको म्याद सकिएको छ कि छैन भन्नेमा विशेष ध्यान दिनुपर्छ । यसबाहेक कुनै पनि खानेकुरा खुला नराख्ने, काँचो र पकाएको खाना अलग–अलग राख्ने, खाना पकाउन र खानका लागि प्रयोग हुने भाँडाकुँडा, फ्रिज, चुल्हो दिनदिनै धुनुपर्छ । भिजेका भाँडाहरू सिधै र्याकमा नराखी नरम कपडाले पुछेर वा घाममा सुकाएर मात्र राख्ने गर्नुपर्छ ।
धेरै तेल, मसला, पकाएको र भारी खानेकुराको सेवन नगर्ने र सही तापक्रममा खाना पकाउने गर्नुपर्छ । किनभने तरकारी धेरै पकाएमा त्यसको पौष्टिक तत्वहरूलाई नष्ट हुने सम्भावना हुन्छ । सकेसम्म सधैं ताजा खानेकुरा खानुपर्छ । साथै, ओभन प्रयोग गर्दा तापक्रममा विशेष ध्यान दिनुपर्छ ।
आफ्नो दैनिक आहारमा सलाद, दही, दूध, हरियो सागसब्जी, दाल आदि अनिवार्य प्रयोग गर्ने, खानामा विविधता समावेश गर्न प्रयास गर्ने, खाना पकाउँदा वा पिउँदा सफा पानी प्रयोग गर्ने र तरकारी तथा फलफूल राम्ररी धोएर खाने गर्नुपर्छ ।
पकाउनका लागि असंतृप्त वनस्पति तेल जस्तै भटमास, सूर्यमुखी, मकै वा जैतुनको तेलको प्रयोगलाई प्राथमिकता दिनुहोस् । खानामा चिनी र नुन दुवैको मात्रा कम गर्नुहोस् । जंकफुड, सफ्ट ड्रिंक्स र कृत्रिम चिनीले बनेको जुस सेवन गर्नुहुँदैन । रातिको खाना आठ बजेसम्म खाने प्रयास गर्नुहोस् । राति हल्का मात्रै खाना खानुहोस् । सुत्नुअघि १५ देखि २० मिनेट हिंड्न नबिर्सनुहोस् ।
आफ्नो आराम गर्ने वा सुत्ने कोठा सफा, हावायुक्त र फराकिलो राख्नुपर्छ । नियमित रुपमा ओछ्यान, तकिया र पर्दा परिवर्तन गर्नुपर्छ । सकेसम्म डस्ना सिरक हप्ता वा महिनाको एकचोटि घाममा सुकाउने वा टक्टकाउने गर्नुपर्छ ।
एकाग्रता बढाउन र तनावबाट टाढा रहन ध्यान, योग वा ध्यानको प्रयोग आवश्यक छ । त्यसैले बिहान आफ्नो लागि समय निकाल्ने, चाँडै उठ्ने, नियमित व्यायाम वा योग गर्ने बानी बसाल्नुपर्छ ।
हरेक दिन कम्तीमा आधा घण्टा व्यायाम गर्ने र दैनिक व्यायाम गर्ने तरिका परिवर्तन गरिरहनुपर्छ । जस्तै- कहिले एरोबिक्स गर्ने र कहिले छिटो हिंड्ने गर्नुपर्छ । समय पाउन सक्नुहुन्न भने तपाईंको कार्यालय वा घरको सिंढी चढ्ने गर्ने र छिटो हिंड्ने र अफिसमा पनि लामो समय एउटै पोजिसनमा नबस्ने समय-समयमा हिंडडुल गर्ने गर्नुपर्छ ।
४५ वर्ष पुगेपछि नियमित रुपमा स्वास्थ्य जाँच गराउनुपर्छ । चिकित्सकले कुनै औषधि दिएको अवस्थामा त्यसलाई नियमित सेवन गर्नुपर्छ । आफ्नो लागि समय निकाल्ने, बच्चाहरूसँग खेल्ने, परिवारसँग मनोरञ्जनका लागि समय निकाल्नुपर्छ । रिसलाई आफूमाथि हाबी हुन नदिने गर्न सकिन्छ ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया