News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    सुदूरपश्चिम सरकारले भूकम्प पीडितका लागि १ करोड दिने, २० जना स्वास्थ्यकर्मी पठाउने

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ ।शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए ।

    यस्तै सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि गरेको उनले बताए । प्रदेश सरकारले भूकम्पमा परेर ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेको शीघ्र स्वास्थ लाभको कामना गरेको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया