SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/७/१७ गते
    ५०२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले रामेछापको मन्थली विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बन गरेको छ । आज (शुक्रबार) विमानस्थलभित्रै तारा एयरका दुई पाइलटबीच भएको विवाद छानविनका लागि विमानस्थल प्रमुख थापालाई निलम्बन गरिएको बताइएको छ । तारा एयरका पाइलट सन्तोष शाह र सञ्जिव श्रेष्ठबीच विमानस्थलभित्रै कुटाकुट भएको थियो ।

    क्याप्टेन शाह सोलुको लुक्लाबाट आज विहान ८ बजे विमान लिएर मन्थली आएका थिए भने अर्का क्याप्टेन श्रेष्ठ लुक्ला उडानका लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै थिए ।

    सोही क्रममा क्याप्टेन शाहले अर्का क्याप्टेन श्रेष्ठसँग हात मिलाउन खोज्दा क्याप्टेन श्रेष्ठले क्याप्टेन शाहलाई एक मुक्का हानेर धकेलिएको बताइएको छ । क्याप्टेन शाह भुँईमा बजारिएर सामान्य घाईते भएको बताइएको छ । प्राधिकरणले क्याप्टेनद्वय श्रेष्ठ र शाहको लाईसेन्स निलम्बन गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं