पोखरा ।सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले कास्की प्रहरीले पोखराका प्याराग्लाइडिङ पाइलटहरुको मापसे जाँच गरेको छ ।प्रहरीले सडकमा सवारी चालकमात्रै होइन, तालहरुमा डुंगा चालकलाई पनि मापसे जाँच गरेको थियो ।
आज विहीबार पोखरा महानगरपालिका वडा नं. २३ पामे स्थित प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने स्थानमा प्याराग्लाइडिङ पाईलटहरूले मादक पदार्थ सेवन गरे/नगरेको सम्बन्धमा चेक जाँच गरिएकोमा कसैले मापसे. गरेको नभेटिएको प्रहरीले जानकारी दिएको छ ।
सो अवसरमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोली र पाइलटहरुबीच सुरक्षात्मक अन्तरक्रिया कार्यक्रम समेत भएको छ ।