SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/७/१५ गते
    ६३८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनल पुगिसकेका घरेलु टोली नेपाल र ओमानबीचको खेल हुँदा समूह विजेता बन्ने होड हुनेछ ।समूह ए मा दुवैले यसअघि सिंगापुर र मलेसियालाई हराउँदै एक खेलअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए ।नेपाल र ओमानबीचको समूहको अन्तिम खेल बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ९ बजे सुरु हुनेछ ।

    सेमिफाइनल खेलअघि दुवै टोली अन्तिम खेल जित्दै समूह विजेता बन्ने योजनामा छन् ।नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेट र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको हो ।

    सेमिफाइनलको वार्म अप खेल

    नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेकोले त्यस खेलअघि यो वार्म अप खेल जस्तै हुनेछ । किनकी दुवै टोलीले यसअघि तुलनात्मक रुपमा केही कमजोर टोलीसँग खेलेका थिए ।नेपालले सिंगापुर र मलेसियालाई पराजित गर्दा उत्कृष्ट प्रदर्शन गर्दै सहज जित हात पारेको थियो । नेपालले दुवै खेलमा लक्ष्य पछ्याएर जित निकाल्दा ओमानले भने दुवै खेलमा स्कोर डिफेण्ड गरेको थियो ।

    १० वर्षपछि फेरी टी-२० विश्वकपमा पुग्ने लक्ष्यमा रहेको नेपाल अब दुई खेल मात्र टाढा छ । त्यसैले समूहको अन्तिम खेलमा ओमानलाई हराएर समूह विजेता बन्ने नेपालको लक्ष्य छ ।समूह विजेता बन्ने टोलीले सेमिफाइनलमा यूएई विरुद्ध हुने सम्भावित खेल टार्नेछ । नेपालको जस्तै ओमानको चाहना पनि त्यही हुनेछ ।

    समूह बीमा दुई खेल जितेको यूएईको ४ अंक छ । बहराइन र हङकङको समान २ अंक छ भने पुछारमा रहेको कुवेतको कुनै अंक छैन । तर बहराइनसँग खेल्न बाँकी रहेको कुवेतको पनि सेमिफाइनल पुग्ने गणितीय संभावना कायम छ । ४ अंक रहेको यूएईले पनि सेमिफाइनलमा पुगिसकेको छैन ।तर पनि शीर्ष स्थानमा रहेको र विगतको प्रदर्शनलाई पनि आधार मान्दा यूएई समूह विजेता हुने आकलन गरेर नेपाल र ओमान दुवैले उसँगको सेमिफाइनल भिडन्त टार्न प्रयास गर्ने छन् ।

    सुरुवात दुई खेल जितेर सेमिफाइनल पुगिसकेकोले ओमान विरुद्धको खेलमा दबाब नभए पनि नेपालको लागि समूह विजेता बन्नु फाइदा हुने क्रिकेटर शरद भेषावकर बताउँछन् ।

    ‘सेमिफाइनल पुगिसके पनि नेपालका लागि ओमानसँगको खेल महत्वपूर्ण हुन्छ । फाइनल पुग्न र क्वालिफाई गर्न कुन अपोनेन्टसँग खेल्दा ठिक हुन्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ’, शरदले भने, ‘किनभने अर्को समूहमा यूएईले दुई खेल जितेको छ । बहराइनले हङकङलाई हराएपछि रोमाञ्चक बनेको छ । यूएई अर्को समूहको विजेता हुन्छ जस्तो छ ।’

    हङकङ र बहराइनमध्ये एक अर्को समूहको उपविजेता हुने शरतको आकलन छ । शरदले ओमान विरुद्धको खेल प्रतिस्पर्धात्मक हुने र नेपालले जितकै लागि खेल्नुपर्ने बताए ।

    ‘अघिल्ला दुई खेल भन्दा ओमानसँगको खेल प्रतिस्पर्धात्मक हुनेछ । उनीहरु पनि राम्रो टिम हो । त्यसैले ओमानविरुद्ध पनि नेपालले जित्नकै लागि खेल्छन् ।’विश्वकपमा छनोट हुनलाई भने हरेक खेल महत्वपूर्ण हुने जित्नुपर्ने शरदले बताए । जिसान मक्सुदको कप्तानीमा रहेको ओमानको टोलीमा अहिले जिसानसँगै अकिब इलियास र बिलाल खान महत्वपूर्ण खेलाडीको रुपमा रहेको शरदले बताए ।

    युवा कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा अहिले नेपाली टोली उच्च लयमा छ । मुख्य खेलाडी दीपेन्द्र सिंह ऐरी चोटका कारण अघिल्ला दुई खेलमा नहुँदा पनि नेपालले उनको अनुपस्थिति हुन दिएन । ‘हाम्रो अहिलेको रिसेन्ट लय हेर्दा नेपाललाई कुनै पनि टिमले हराउन चाहीँ गाह्रै पर्छ’, शरद भन्छन् ।

    अब ओमान विरुद्धको खेल र त्यसपछि हुने सेमिफाइनलमा नेपाली टिमको परिक्षण हुन सक्ने शरदको आकलन छ ।‘नेपालको मुख्य खेलाडी दीपेन्द्रको चोटको असर अहिलेसम्म टिममा देखिसकेको छैन । दुई खेलमा दीपेन्द्र नहुँदा पनि दबाब खासै भएन । अब खेल्दा ठूलो टिमहरु हुन्छन् । त्यसैले अभाव तब हुन्छ जब हाम्रो २-३ विकेट जान्छ । अनी लोअर अर्डरमा परिक्षण हुन्छ,’ शरदले भने ।

    उनले अब हुने खेलहरु अनुभवी टिमसँग हुँदा नेपालले अहिले देखिएका गल्तीहरु कम गर्नुपर्ने र सुधार गर्नुपर्ने ठाउँ पनि रहेको बताए ।

    ‘अको खेल ओमानसँग खेल छ । त्यसपछि यूएई, हङकङ वा बहराइन मध्ये एक टिमसँग खेल्नुपर्छ । अनुभवी टिमहरु पनि छन् । नेपालले अझ इम्पुरभ गर्ने ठाउँहरु छ । फिल्डिङमा स-सानो गल्तीहरु भाछ त्यो गल्तीलाई कम गर्नुपर्छ ।’शुक्रबार समूह चरणका बाँकी चार वटै खेल हुनेछ । त्यसपछि सेमिफाइनल पुग्ने बाँकी दुई टिम र सेमिफाइनल समीकरण पनि टुङ्गो लाग्नेछ ।समूह ए अन्तर्गत सेमिफाइनल होडबाट बाहिरिसकेका मलेसिया र सिंगापुरबीच त्रिवि मैदानमा दिउँसो सवा १ बजे खेल हुनेछ ।यस्तै समूह बी अन्तर्गत यूएई र हङकङबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । यो खेल यूएईलाई समूह विजेता बन्न महत्वपूर्ण छ भने हङकङलाई सेमिफाइनल पुग्नका लागि महत्वपूर्ण छ । यस्तै कुवेत र बहराइनबीच दिउँसो सवा १ बजे मुलपानी मैदानमै खेल हुनेछ ।

    यूएई २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । हङकङ र बहराइनको दुई खेलबाट समान २ अंक छ । दुई हार बेहोरेको कुवेत अंकविहीन छ ।अहिले भइरहेको एसिया क्षेत्रको छनोटमा ८ टोली सहभागी छन् । जसबाट शीर्ष दुई टोली मात्र विश्वकपमा छनोट हुनेछन् ।

    पछिल्लो तीन खेलमा नेपाल हावी

    नेपाल र ओमानबीच पछिल्लो समय नियमित जस्तो खेल हुँदै आएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टु को पछिल्लो साइकलमा यी दुई टोली ६ पटक भिडेका थिए । यस्तै टी-२० अन्तर्राष्ट्रिय खेलमा पनि गत वर्ष नेपाल र ओमानबीच ३ खेल खेलेको थियो ।संयोगवस २०२२ मा भएको तीनवटै खेल ओमानको मैदानमा भएको थियो त्यसमा सबै खेल नेपालले जितेको थियो ।

    गतवर्ष पनि आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटको समूह ए मा यी दुई टोली एकै समूहमा परेका थिए । २०२२ फेब्रुअरीमा भएको उक्त छनोटको समूह चरणको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो ।तर दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकप छनोट हुन सकेनन् र तेस्रो स्थानको लागि पुन: खेल भएको थियो । जसमा नेपालले ओमानलाई ९ विकेटले सहजै पराजित गर्दै तेस्रो भएको थियो ।

    विश्वकप छनोट अघि भएको चारदेशीय टी-२० सिरिजमा पनि यी दुई टोलीबीच भेट हुँदा नेपाल ६ विकेटले विजयी भएको थियो ।टी-२० आईमा नेपाल र ओमानबीच भएको पछिल्लो चार खेलमा नेपालले तीन खेल जित्दा ओमानले एक खेल मात्र जितेको छ । २०१९ मा ओमानमा भएको पाँच देश सम्मिलित पेन्टागुलर टी-२० सिरिजमा भने नेपाल ओमानसँग ६ विकेटले पराजित भएको थियो ।विगतका टी-२० आई नेपाल ओमानमाथि हावी भए पनि छोटो फर्म्याटको यस खेलमा जस्तो पनि नतिजा आउन सक्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।...

    पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

    पोखरा। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र...

    एक दिवसीय क्रिकेट: अरण्यज्योतीसंग ७६ रनको हारसंगै गण्डकी बाहिरियो

    पोखरा । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह सि बाट गण्डकी क्रीकेट...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं