
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
अजय मिश्र, कपिलवस्तु,शान्ति पुनर्स्थापना गृह कृष्णनगर कपिलवस्तुले कृष्णनगर को निलकण्ठ होटलमा एक कार्यक्रमका बिच बार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।
शान्ति पुनर्स्थापना गृहका राष्ट्रीय उद्धार संयोजक भूमिराज भट्टराई को अध्यक्षता तथा प्रमुख अतिथिमा जिल्ला समन्वय समिति प्रमुख बाबुराम अचार्य, विशिष्ट अतिथिमा शिवराज नगरपालिकाकी उपमेयर शिव कुमारी थारु, कृष्णनगर नगरपालिकाकी उपमेयर आरती देवी चौधरी,नेपाल पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष किरनमान बज्राचार्य,अतिथिमा इप्रका कृष्णनगरका प्रहरी निरिक्षक लम्मण ओलु, सशस्त्र प्रहरी बल कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरिक्षक रमेश थापा मगर, उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष राम कुमार गुप्ता, प्रकाश मरासिनी, जय प्रकाश पाण्डेय, बिष्णु प्रसाद खतिवडा, लेखनाथ घर्ती, कमल जिसी,शुशीला बेल्वासे, वडाध्यक्ष कृष्ण कुमार गुप्ता लगायत अन्य रहेका थिए।
शान्ति पुनर्स्थापना गृहका क्षेत्रिय संयोजक निर्मल सुवेदीलेकार्यक्रममा शुभकामना मन्तव्य राखनुभयो। कार्यक्रममा खुल्ला सत्रमा उपस्थित हरूले आ आफ्नो विचार राख्नु भएको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि अचार्य ले मानव बेचविखनको बिरूद्ध सबै क्षेत्रका व्यक्ति लागे मात्रमानव बेचबिखन रूक्ने बताए।कार्यक्रममा बोल्दै विशिष्ट अतिथि शिव कुमारीलेक्षेत्र नं ३ का पालिकाहरू मिलेर मानव बेचविखनमा परेका लाई पुनर्स्थापना केन्द्र खोज्नुपर्ने बताउनुभयो।
कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक लक्ष्मण ओलीले कार्यक्रम सफलताको शुभकामना दिदै शान्ति पुनर्स्थापना गृह (PRC) ले राम्रो काम गर्दै आएको र मानव बेचविखन बिरूद्ध आफूहरूबाट हुने हरेक सहयोग गर्न तयार रहेको बताए।मानव बेचविखन विरूद्धमा काम गर्ने संस्था शान्ति पुनर्स्थापना गृह (PRC) ले कपिलवस्तु जिल्लाको सिमाना बाट आर्थिक बर्ष २०७९/८० मा ७०७४ जना लाई मानव बेचविखन विरूद्ध सूचना तथा परामर्श दिएको र कपिलवस्तु लगायत विभिन्न ठांउबाट ३५६ जनाको उद्धार गरेको जानकारी शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक बसन्ती जीसी ले बार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रममा जानकारी दिनुभयो।
आज सामाजिक लेखा परीक्षण कार्यक्रममा मानव बेचविखन हुने प्रमुख कारणहरु अवसरको खोजी, भारत हुदै तेस्रो मुलुक जाने, आर्थिक प्रलोभन, जागिर गर्न जाने, नेटवर्किंग बिजनेस लगायत अन्य रहेको जानकारी क्षेत्रिय संयोजक निर्मल सुबेदीले दिए।शान्ति पुनर्स्थापना गृह (PRC) ले परामर्श दिएको ७०७४ मध्ये कपिलवस्तु जिल्लाको १७३०, अर्घाखाँचीका ९९४, प्यूठानका ७१५, रूपन्देही ५९९ , गुल्मीका ४७३ जना रहेको जानकारी गराइएको छ। तथा नेपालका ७६ जिल्ला बाट आएका व्यक्तिहरु लाई परामर्श दिएको छ।
शान्ति पुनर्स्थापना गृह (PRC) ले ३५६ जना लाई उद्धार गरिएको जस्मा ५४ जना कपिलवस्तु जिल्लाका, ५२ अर्घाखाँची, ३६ प्यूठानका, ३५ जना दाङका, ३० रूपन्देही, २६ गुल्मी, २१ जना रोल्पाको तथा २५ जना भारतको विभिन्न ठांउबाट उद्धार गरिएको जस्मा १६ जना भारतको वस्ती बाट बालक हरू रहेको , ६ जना बालक हरू लाई भारतको लखनऊ बाट, १ जना लाई भारतको गुजरात तथा १ जना सिमलाको मंशूरी बाट, १ जना महिला लाई भारतको गोरखपुर बाट उद्धार गरिएको जानकारी कार्यक्रममा गराइएको थियो।
साथै ३ जना लाई शान्ति पुनर्स्थापना गृह (PRC) को केन्द्रीय कार्यालयमा पुनर्स्थापना का लागि पठाएको तथा २ जना लाई अन्य संस्थामा पुनर्स्थापनाका लागि पठाइएको जानकारी गराइएको छ।शान्ति पुनर्स्थापना गृह (PRC) संस्था कपिलवस्तुमा मानव बेचविखन विरूद्ध राम्रो काम गर्दै आएको तथा बेचविखनमा पर्न सक्ने सूचना पाउन साथ भारतको विभिन्न ठांउमा पुगेर सरोकारवाला संग समान्वय गरि उद्धार गर्ने गरेको स्थानीय समाजसेवी हरू बताए।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया