
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । सोमवार देशभरका सडकमा सवारीसाधन चलाइरहेका यात्रुहरू इन्धन सकिएपछि भर्न पेट्रोल पम्प छिर्दा तेल हाल्न पाएनन् । देशभरका अधिकांश पम्पमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएको थियो । नेपाल आयल निगमले नियमित रूपमा आपूर्ति गरिरहेकोमा किन पम्पहरूमा पेट्रोल सकियो त ?यसको खास कारण अर्कै छ । आइतबार साँझ नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाउने निर्णय गर्यो । निगमले डिजेलको मूल्य लिटरमा ५ र पेट्रोलको मूल्य लिटरमै ११ रूपैयाँले घटाउने निर्णय गरेको थियो ।
तर, काठमाडौं उपत्यकाकासहित देशैभरका पम्पहरूले आफूहरूलाई ‘जानकारी नै नदिई’ एक्कासी मूल्य घटाएको भन्दै निगमलाई दबाब दिन पेट्रोल बिक्री रोकेका हुन् । अनलाइनखबरले काठमाडौं उपत्यका, नवलपरासी, मकवानपुरलगायत जिल्लाका करिब एक दर्जन पेट्रोल पम्पहरूसँग कुरा गर्दा एकैपटक प्रतिलिटर ११ रूपैयाँले पेट्रोलको भाउ घटाइएकाले विक्रेताहरूबीचको अनौपचारिक सहमतिअनुरूप बिक्री रोकेको बताएका छन् ।
काठमाडौं स्युचाटारका सुदीप श्रेष्ठ नेपाल आयल निगमको टेकुमा रहेको कनक पेट्रोल पम्पमा पेट्रोल हाल्न छिरे र तर पम्पमा पेट्रोल नभएको सूचना टाँसिएको थियो । ‘अन्त त परको कुरा नेपाल आयल निगमको केन्द्रीय कार्यालयको २० मिटर अगाडीको कनक पेट्रोल पम्पले समेत पेट्रोल बिक्री गरेन,’ श्रेष्ठले
भने ।
हेटौंडाका टिकाराम लामाले पनि पेट्रोल किन्न नपाएको बताए । तेल भर्न पम्प पुग्दा ताला लागेको भन्दै उनले फेसबुकमा लेखेका छन् ‘सरकारले पेट्रोलको भाउ घटाउने पेट्रोल पम्पवाला पम्प बन्द गर्ने । हामी जनता जताबाट पनि मर्ने,’ लामा लेख्छन् ‘हेटौड़ा सबै प्रेटोल पम्प बन्द छ । अब यसको जिम्मेवारी कसले लिने ? सम्बन्धित निकायको ध्यान कता छ ? काला बजारी गर्नेलाई कस्ले तह लगाउने ?’
भक्तपुरका राहुलविक्रम साहीले पनि सोमबार भक्तपुर क्षेत्रमा पेट्रोल किन्न कठिन भएको बताए । विभिन्न ठाउँहा चहार्दा चहार्दै सूर्य बिनायकमा लामो लाइन लागेर तेल भरेको उनले बताए ।
उता गण्डकी प्रदेशमा पनि यस्तै भएको पाखराका स्थानीय दिपेन्द्र अधिकारीले बताए । बुद्धचोकबाट हेम्जा पुग्दा पनि तेल नपाइएको भन्दै उनले नेपाल आयल निगमसँग आक्रोश पोखे । पूर्वका उदयपुरदेखि पश्चिमको नवलपरासीसम्मका स्थानीयहरूले सोमबार पेट्रोल नपाएको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।\
पेट्रोलियम डिलर्स एसोशिएसनका बागमती प्रदेश अध्यक्ष अच्युत खड्काले निगमले अप्रत्यशित रूपमा मूल्य समायोजन गरेर पम्पहरूलाई घाटा लगाएको बताए । त्यही कारण पम्पहरू बन्द भएको विषयलाई खड्काले अस्वीकार गरेनन् । उनले भने, ‘दशैं तिहारमा अब मूल्य घट्दैन भनेर निगमले भनेको थियो,’ उनले थपे ‘तर, हिजो एक्कासी मूल्य घटाइयो । मलाई मात्रै २ लाख ६० हजार रूपैयाँ घाटा लागेको छ ।’ तर, खड्काले आफूहरूले आपूर्ति व्यवस्थामा खलल नपुर्याएको दाबी पनि गरे ।
देशभरका १६ सय पेट्रोल पम्प सञ्चालक व्यवसायीहरूको छाता संगठन एसोशिएसनका अध्यक्ष एवम् नेपाली कांग्रेसका नेता लिलेन्द्र प्रधानले पेट्रोलको बिक्री नरोकेको दाबी गरे ।‘आयल निगमले मूल्य घटाएको विषयलाई लिएर इन्धनको बिक्री रोक्ने भन्ने हुँदैन,’ अध्यक्ष प्रधानले भने,‘दुई दिन सरकारी बिदा भएका कारण सोमबार केही पम्पको तेल सकिएर यस्तो भएको हुनसक्छ ।’
निगम भन्छ- प्रशस्त मात्रामा तेल दिएका छौँ
नेपाल आयल निगमले बजारमा पर्याप्त आपूर्ति रहेको बताएको छ । आयल निगमले तेल वितरण नगरेको र बजारमा अभाव भएको भन्ने कारणबाट उपभोक्ताले तेल नपाउने अवस्था सत्य नभएको दाबी गरेको छ । चाडपर्वलाई लक्षित गरेर बजारमा प्रशस्त मात्रामा पेट्रोल बिक्री गरिरहेकाले अहिले बजारमा अभाव हुनै नसक्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।
यो साता आइतबार पनि घटस्थापनाको बिदा परेका कारण शनिबार समेत इन्धन बिक्री गरिएको ठाकुरले बताए । ‘काठमाडौं उपत्यकामा मात्रै शनिबार ७ लाख १३ हजार लिटर पेट्रोल बिक्री गरिएको छ,’ प्रवक्ता ठाकुरले भने, ‘चाडपर्वमा वितरण सहज बनाउन बिहान ८ बजेदेखि नै थानकोट डिपो खोलिएको छ । इन्धन अभाव हुनै सक्दैन ।’ पम्पहरूले इन्धन बिक्री नगरेको सम्बन्धमा आफूहरूलाई औपचारिक जानकारी नभएको पनि उनले बताए ।
इन्धन बिक्री रोक्नु सार्वजनिक अपराधअत्यवश्यक सेवा ऐनलाई टेकेर सरकारले २५ प्रकार सेवालाई बन्द हड्ताल र आपूर्ति व्यवस्थामा आवरोध पुर्याउन रोक लगाएको छ । जसअनुसार पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था पनि छ ।ऐनअनुसार पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था अवरोध गर्नु सार्वजनिक अपराध हो । त्यसो त नेपाल आयल निगमको बिक्रेता बिक्रेता विनियमावलीले पनि इन्धनको आपूर्पि व्यवस्थामा अवरोध पुर्याउन नपाइने व्यवस्था गरेको छ । आपूर्तिमा अवरोध गरे निगमले जरिवानादेखि बिक्रेता अनुमति खारेज गर्न सक्नेसम्मको व्यवस्था विनियमावलीमा गरिएको छ ।
तर, सोमबारको अवरोधबारे थप जानकारी आई नसकेको हुनाले कारबाहीबारे अहिल्यै बोल्न हतार हुने निगमका अधिकारीहरू बताउँछन् । तर, उपभोक्ता अधिकर क्षेत्रमा काम गर्ने अधिकारीहरू भने इन्धनको कृत्रिम अभाव सृजना गरिनु दुखद् भएको बताउँछन् । उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले जुनसुकै बहानामा इन्धनको बिक्री प्रभावित हुन दिन नहुने बताउँछन् । यस्तो कार्यमा संलग्नलाई छानबिनको दायरामा ल्याउन पनि उनले निगम र सरकारसँग माग


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया