
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत ‘सुपर म्यान’ शैलीमा विश्वकै दोस्रो लामो दाबी गरिएको ‘जिपलाइन’ सञ्चालनमा ल्याएको ‘द हार्नेस प्रा.लि.’ ले कालीगण्डकी नदी किनारमा निर्माण गरेको ‘एडभेन्चर रिसोर्ट’ सञ्चालनमा आउन लागेको छ।कुश्मा नगरपालिका–४ अर्मादी नजिकै साउने बगरमा कालीगण्डकी नदीको किनारमा करिब १६ रोपनी क्षेत्रफलमा निर्माण भएको ‘रिसोर्ट’ को सबै तयारी पूरा भएसँगै दसैँ अगाडि नै औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीका अध्यक्ष सुनिल बानियाले बताए। कुश्मा बजारमा रहेको ‘जिपलाईन’ मा कालीगण्डकी नदीलाई दुई पटक पार गर्दै डेढ किलोमिटर भन्दा बढी दूरी पार गरेपछि ‘रिसोर्ट’ जान सक्ने निर्माण गरिएको छ।
साहसिक पर्यटनको जिल्लाको रूपमा विकास भइरहेको पर्वतमा साहसिक खेल र पर्यटनमा रमाउनेहरू तथा पोखराबाट सडक मार्ग हुँदै अर्को पर्यटकीय जिल्ला मुस्ताङ आउजाउ गर्ने पर्यटकहरूलाई ध्यानमा राखेर मध्यपहाडी लोक मार्गको नजिकै ‘रिसोर्ट’ निर्माण भएको छ। ‘स्विमिङ पुल’, ‘साउना स्टीम’, नेपालमा नै पहिलो पटक ‘इग्लू रुम’, कालीगण्डकीमा ‘¥याफ्टीङ’, वाल उद्यान, ‘स्नुकर’, ‘बिच भलिबल’, ‘मट्टी थेरापी’ लगायतका सुविधाहरू सहित ‘रिसोर्ट’ निर्माण भएको अध्यक्ष बानियाले बताए। ‘रिसोर्ट’ मा कार्यक्रम सञ्चालन गर्नको लागि बनेको हल लगायतका ‘टेन्ट रुम’ हरू पनि धौलागिरिमा पहिलो पटक बनेका उनको दाबी छ। सेमिनार हलमा करिब तीन सय जना सहित ‘टेन्ट’ सहितका कोठाहरूमा एक रातमा ३० जनासम्म राख्न सक्ने क्षमता तत्कालका लागि निर्माण गरिएको छ।
‘हामीले पाहुनाको माग आउन सक्छ भन्ने बारेमा पहिले नै सोचेर त्यही अनुसारको व्यवस्थापन गरेका छौँ। एडभेन्चरमा रमाउन चाहनेहरूको लागि जिपलाइन गरेर रिसोर्टमा पुगेर आनन्द लिने, खेल्ने, रमाउने कुराले पर्यटकलाई आकर्षित गर्ने छ’, उनले भने, ‘यही बाटो हुँदै सयौँ पर्यटकहरु मुस्ताङ आउजाउ गरिरहेका हुन्छन्। तर उनीहरूले कुश्मामा एक रात पनि बिताएको खासै देखिएको छैन। सुलभ मूल्यमा प्याकेज सहितका साहसिक मनोरञ्जनले ती पर्यटकहरूलाई कुश्मामा रोक्न सक्छन् भन्ने हाम्रो विश्वास छ।’
अर्कोतर्फ मुस्ताङ जाने धार्मिक पर्यटकहरूका लागि पनि ‘रिसोर्ट’ उत्तम विकल्प हुने बानियाको भनाई छ। काठमाडौँ वा देशका अन्य सहरबाट मुस्ताङका आउनेहरू एकै दिनमा पुग्न नसक्ने भएकाले एक रातको बसाइका लागि पनि ‘रिसोर्ट’ उत्तम माध्यम हुने सञ्चालकहरू बताउँछन्। मुस्ताङ–पोखरा सडक खण्ड अन्तर्गत जाने मध्यपहाडी लोकमार्ग नजिकै रहनु र ‘रिसोर्ट’ कालीगण्डकी नदी किनारमै रहेका कारण पनि धार्मिक पर्यटकहरु पर्वतमा आकर्षित हुन सक्ने छन्। रिसोर्टमा तयार पारिएका कोठा र टेन्टबाट सिधै कालीगण्डकी नदी अवलोकन गर्न सक्ने गरी व्यवस्थापन गरिएकाले पनि पर्यटकहरु पवित्र कालीगण्डकीमा रमाउन सक्ने छन्।
‘जिपलाइन’ र ‘रिसोर्ट’ मा गरेर झन्डै २० करोड रुपैयाँ लगानी भइसकेकाले आफूहरूको अबको गन्तव्य भनेकै पर्यटकहरूलाई आकर्षित गर्दै कुश्मा बजारलाई चलायमान बनाउनु रहेको अध्यक्ष बानिया बताउँछन्। कम्पनीले स्थानीय खानाका परिकार, स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर ‘रिसोर्ट’ को आकर्षक खाद्य वस्तुका रूपमा राख्ने तयारी छ।
‘रिसोर्ट’ सञ्चालकहरूका लागि आम्दानीको स्रोत मात्र नभई पर्वतलाई नै आर्थिक रूपमा चलायमान बनाउने एउटा साधन हुने अध्यक्ष बानियाले बताए। ‘जिपलाइन’ र ‘रिसोर्ट’ मा गरेर करिब ८०/९० जनालाई रोजगारी दिइने बताउँदै उनले हाल देखिएको बेरोजगारी समस्या समाधानमा पनि आफूहरूको योगदान रहने उनको भनाइ छ। सघनन्युज डटकमबाट साभार गरिएको ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया