News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    इजरायली सेनाले बंकरका विद्यार्थीलाई लैजाँदै छ सुरक्षित स्थलमा

    काठमाडौं। इजरायलको शेदोत नेगेभ र पामे तासाजमा रहेका विद्यार्थीलाई इजरायली सेनाले सुरक्षित स्थानमा सार्न थालेको छ ।कृषि अध्ययनका लागि बस्ने क्रममा हमासको आक्रमणमा परेका उनीहरु बंकरमा लुक्दै आएका थिए । इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा उनीहरुलाई उद्धार थालिएको हो ।

    पर्वत पैयु ५ का नारायण भुसालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार हायात रोडमा रहेका ११ मध्ये नौ जनाको उद्धार भइसकेको छ । बाँकी दुई पनि सुरक्षित स्थलमा लगिने क्रममा छन् ।

    शेदोत नेगेभमा रहेका दाङ नारायणपूरका विपिन सुवेदीले पनि आफूहरु सुरक्षित स्थलतर्फ लगिँदै गरेको बताए । ‘हामी बाटोमा छौं, केही छिनमै सुरक्षित स्थलमा पुग्छौं,’ उनले भने, ‘इजरायली सेनाले हामीलाई समूह बनाएर लगिरहेको छ ।’

    लाेक कल्याणकारी

    प्रतिक्रिया