
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं ।नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको, निर्माण कार्य पूर्ण रुपमा रोकिएको र शान्ति सुरक्षा कामय गर्न नसकेको बताए । वर्तमान सरकारले राम्रो काम गर्यो भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठबाहेक कसैले नभनेको उनको दाबी छ ।
‘वर्तमान सरकारले राम्रो काम गर्यो भन्ने भनाइ चाहिँ प्रचण्ड र नारायणकाजीको मात्रै छ । मूल्यवृद्धिको रेसियो हेर्नुभयो भने आकाश छोएको छ ।’ उनले भने, ‘उद्योगी व्यवसायीहरु आत्महत्या गर्नपर्ने स्थितिमा पुग्यौं भन्छन् । निर्माण व्यवसायीहरु काम गरेको भुक्तानी नपाएर आन्दोलनमा छन् । डाक्टरहरु आन्दोलनमा छन् ।’
साथै, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मिलेमतोमा अपराधीहरु छुटिरहेको उनले बताए । संविधान दिवसका दिन आममाफी पाएका रिगल भनिने योगराज ढकालको प्रसंग जोड्दै उनले भने, ‘अपराधीहरु दिन दहाडै लावालस्कर लाएर छुटिरहेका छन् । रिगलजीहरुको ठूलो ¥याली देखिएकै छ । राष्ट्रपति र प्रधानमन्त्री मिलीमिली अपराधीहरुलाई छुटकारा दिइरहेका छन् ।’
सरकारले भ्रष्टाचारको फाइल खोल्ने भनेर हल्ला गरेपनि अनुसन्धानको सुई आफैं र आफ्नातिर तेर्सिएपछि अहिले त्यसको व्यवस्थापन गर्न सरकारलाई नै गाह्रो भइरहेको उनको दाबी छ ।‘भ्रष्टाचारको फाइल खोल्ने भनेर असंख्य काम भयो , त्यो वायु जगाएको जस्तो भयो, आ–आफ्नो मुन्टो बांगिन थालेपछि वायु जगाउने धामी नै घाईते अवस्थामा छ । सरकार सफल भन्नु भन्ने कुरामात्रै हो, सरकार चौतर्फी असफल भयो,’– उनले भने ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया