
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले बझाङ र वरपरका जिल्लाका भूकम्प पीडितका लागि तत्काल राहतको व्यवस्था गर्नुपर्ने बताएका छन् ।बिहीबार संसद बैठकको विशेष समयमा बोल्दै बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जोशीले १६ भदौमा गएको भूकम्पले जिल्लाका सबै पालिकामा क्षति पुगेको भन्दै पीडितलाई तत्काल राहत र घाइतेलाई उपचारको व्यवस्था गर्न माग गरे ।
प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरू त्यसतर्फ जान लागेकामा धन्यवाद दिँदै जोशीले भ्रमण गर्ने भन्दा विशेष कार्यक्रमको घोषणा गर्नुपर्ने माग गरे ।‘यसअघि ०७८ सालमा गएको बेमौसमी वर्षाका कारण ठूलो क्षति भएको थियो । एकै घरका ७ जनाले ज्यान गुमाए भने धनजनको क्षति भयो । त्यतिबेलाका प्रधानमन्त्री, गृहमन्त्री र मुख्यमन्त्रीले भ्रमण गरेर आश्वासन दिए पनि तीन वर्षसम्म पीडित राहत पाउन सकेका छैनन्’, सांसद जोशीले भने, ‘नेताहरू आउँछन्, हेलिकप्टरमा घुम्छन् र आश्वासनका ठूला भारी बोकाउँछन् । तर जनताले केही पाउँदैनन् । यस्तो पीडाको अवस्थामा म सरकारलाई कमसेकम त्यो जिल्लाको समग्र अवस्था हेरेर अहिले विशेष कार्यक्रम घोषणा गर्न माग गर्दछु ।’
उनले अहिले बझाङलगायत आसपासका जिल्लामा दर्दनाक अवस्था रहेको भन्दै के कसरी हुन्छ सरकारलाई राहत र उद्दारका लागि अनुरोध गरे ।‘सरकारी कार्यालय, स्वास्थ्य चौकी र विद्यालय भवनसँग निजी घर बस्न लायक छैनन्’, उनले भने, ‘सामान्य राहतले मात्रै नपुग्ने हुँदा विशेष पूनर्निमाणको योजना लिएर बझाङ र त्यस वरपरका जिल्लालाई भूकम्प प्रभावित वा संकटग्रस्त जिल्लाका रूपमा घोषणा गरेर सरकारले विशेष कार्यक्रम ल्याउन अनुरोध गर्न चाहन्छु ।’
जोशीका अनुसार १६ भदौको भूकम्पका कारण बझाङसँगै बाजुरा, अछाम, डोटी र बैतडीमा पनि क्षति भएको छ ।बझाङमा सुख्खा पहिरोमा परी गुनदेवी जोशीको ज्यान गएको र दुई जना घाइतेको काठमाडौँमा उपचार भइरहेको पनि सांसद जोशीले बताए ।
साथै, भूकम्पले विद्यालय भवन चर्किएका कारण पठनपाठन बन्द भएको र २१ वटा सरकारी कार्यालय बन्द रहेको तथा व्यक्तिका निजी घरमा पनि बस्न मिल्ने अवस्था नरहेको जोशीले संसदलाई जानकारी गराए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया