
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता झक्कु सुवेदीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हिजोको प्रतिनिधि सभा बैठकमा वान्ता गरेको टिप्पणी गरेका छन् ।उनले ओलीले संसद्मा माओवादीमाथि आक्रमण गर्दै वान्ता गरेको टिप्पणी गरेका हुन् । ओलीले हिजो प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले प्रतिनिधि सभामा लामो सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा ओलीले सरकारको काम कारबाहीबारे चरम असन्तुष्टि व्यक्त गरेका थिए ।
ओलीले संसदमा बोलेका कुरामा कुनै नयाँ विषय वस्तु नभएको सुवेदीको भनाई छ । संसदमा ओलीले सरकारलाई केवल अरोपका लागिमात्रै आरोप लगाएको भन्दै नेता सुवेदीले भने,– ‘संसद्मा सत्य र तथ्यको आधारमा बोल्नपर्छ । हिजो राजन दाहालजीले पशुपतिको जलहरीको विषय उठाउँदा उहाँले आफ्नो भनाई फिर्ता लिनपर्यो । फिर्ता नलिँदासम्म उहाँहरु (एमाले) ले अगाडि बढ्न दिनुभएन । आज उहाँले कति कुरा बोल्नु भएको छ ? उहाँले वान्ता गर्नु भएको छ । संसद्मा माओवादीमाथि आक्रमण गर्नुभएको छ उहाँले ।’
ओलीले संसद्मा मान्छेले सुन्नै नसक्ने गरी पौने दुई घण्टा सम्बोधन गरेको उनको भनाई छ । वैज्ञानिक तथ्यलाई आधार मान्दा मान्छेको सुन्ने क्षमता पौने दुई घण्टा नहुने उनको भनाई छ । ओलीले सामान्य कुरालाई पनि ख्याल नगरेर लामो सम्बोधन गरेको उनले बताए । ओलीको उक्त सम्बोधनमा नयाँ कुरा केही नभएर विगतमा लगाउँदै आएको आरोपको पुनरावृत्ति भएको उनको भनाई छ । ओलीले सरकार र माओवादीमाथि निरन्तर प्रहार गरिरहेको स्ुवेदीले बताए ।
‘ओली कमरेडले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले पौने दुई घण्टा उहाँले सम्बोधन गर्नुभयो । सब मान्छे दङ्ग छन् । संसद्मा पौने दुई घण्टा बोलेर कसले सुन्छ । वैज्ञानिकहरुले पनि भन्छन्, मान्छेको सुन्नसक्ने क्षमता आधा घण्टा हुन्छ रे । उहाँले पौने द्ुई घण्टा बोल्नुभयो । नयाँ कुरा के छ ?’ प्रश्न गर्दै नेता सुवेदीले भने, ‘पहिला भन्दै आएका कुरा दोहा¥याउनु भएको छ । एउटा कुरा नयाँ छैन । सरकारमाथि जहिले पनि उहाँले आक्रमण गरिराख्नु भएको छ । अझ माओवादीमाथि, त्यसमा पनि प्रचण्डमाथि उहाँले जतिखेर पार्टी पुटाउनु भयो, त्यस बेलादेखि आक्रमणको आक्रमणमा हुनुहुन्छ ।’
माओवादी सांसद राजन दाहालले प्रतिनिधि सभामा पशुपतिनाथको जलहरी प्रकरणमा कुरा उठाउँदा उक्त अभिव्यक्ति फिर्ता नलिई एमालेले संसद् चल्न नदिएको बताउँदै उनले ओलीले पनि निराधार लगाएको अरोप फिर्ता लिनुपर्ने उनलको माग छ ।
‘हिजो हाम्रो एक जना सांसदले पशुपतिको जलहरीको बारेमा कुरा उठाउँदा त्यो फिर्ता गर्न परेको छ । अनि उहाँले मनपरी बोल्न मिल्छ ? उहाँले फिर्ता गर्न पर्छ कि पर्दैन ?’ उनले प्रश्न गरे ।
नेता सुवेदीले जनयुद्ध दिवसको अवसरमा दिइएको विदा संविधानको मर्म र भावना अनुसार नै रहेको दाबी गरे । संविधानको प्रस्तावनामै जनयुद्धलाई स्वीकार गरेर सहिद, बेपत्ता, घाईतेहरुलाई सम्बोधन गर्ने भनिएकाले उक्त दिन विदा दिँदा आपत्ति जनाउन पर्ने कुनै कारण नरहेको उनको भनाई छ ।
‘जनयुद्ध दिवसको दिन दिएको विदा फिर्ता लिन पर्दैन । त्यो संवैधानिक छ कि छैन भन्नेमात्रै हो । संविधानको प्रस्तावनामै के लेखिएको छ भने विगतका सहिदहरुलाई सम्मान गर्ने, अहिलेको व्यवस्था ल्याउनका लागि जो जसले योगदान गरे ।’ नेता सुवेदीले भने, ‘सहिदहरुलाई सम्बोधन गर्ने, बेपत्ताहरुलाई सम्बोधन गर्ने, घाईतेहरुलाई सम्बोधन गर्ने भनेर संविधानको प्रस्तावनामा नै उल्लेख गरिएको छ । अहिलेको व्यवस्था ल्याउनेहरु हिजोको त्याग, हिजोको बलिदानीको आधारमा फागुन १ गते सरकारले विदा दिएको हो । त्यो किन फिर्ता लिने ?’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया