
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना लगभग सकिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको नेताहरुले बताए पनि तयारी भने प्यानलगत उम्मेदवारी दिने भइरहेको छ । अर्थात् अधिवेशन सकिएका अरु प्रदेशजस्तै गण्डकीमा पनि दुई प्यानलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबीच पुरानै प्रतिस्पर्धा रहेकाले पनि गण्डकीमा सर्वसम्मति सजिलो थिएन ।
अझ यी दुई नेताबीचको तकराबमा पार्टी नेतृत्वको स्वार्थ समेत जोडिएपछि सर्वसम्मतिको सम्भावना झनै न्यून भयो । नेताहरुका अनुसार, उपमहासचिव गुरुङले साथ दिने उम्मेदवारलाई रोक्न महासचिव शंकर पोखरेल आफैं सक्रिय भएपछि अधिवेशन रोचक बन्न पुगेको छ ।
गण्डकीकै नेता गुरुङ अहिलेका प्रदेश अध्यक्ष नवराज शर्मालाई एकपटक अवसर दिनुपर्ने पक्षमा उभिएपछि महासचिव पोखरेल फरक प्यानल निर्माणमा सक्रिय भएका छन् । स्रोतका अनुसार, अधिकारीकै उम्मेदवारलाई साथ दिएका महासचिव पोखरेल खुलेरै गुरुङलाई एक्ल्याउन लागिपरेका छन् ।
त्यसका लागि पोखरेलले गण्डकीका नेताहरु पद्मा अर्याल, किरण गुरुङ र खगराज अधिकारीलाई सोमबार राति एकैठाउँ राखेर छलफल गरे । ‘सकेसम्म सर्वसम्मत बनाऔं कमरेडहरु, नत्र हामी एक भएर एकताको सन्देश दिउँ’, पोखरेलको प्रस्ताव थियो ।पार्टी सचिव पद्मा र स्थायी कमिटी सदस्य गुरुङले खगराज अधिकारीलाई साथ दिए पृथ्वीसुब्बाका उम्मेदवारले नजित्ने हिसाब महासचिव पोखरेलले सुनाएका थिए ।
महासचिव पोखरेलले पद्मा, किरण र खगराज मिल्दा चुनाव जितिने भएकाले पनि त्यसैअनुसार अगाडि बढ्न प्रस्ताव गरेका थिए । यो समूहबाट मायानाथ अधिकारीलाई सर्वसम्मत प्रदेश अध्यक्षको प्रस्ताव लैजाने र सहमति नजुटे चुनावबाट जित्नेबारे छलफल भएको ती स्रोत बताउँछन् ।
एमालेको गण्डकी प्रदेश कमिटीको अध्यक्षका आकांक्षी नवराज शर्मा (बाँया) र मायानाथ अधिकारी पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग ।
पृथ्वीसुब्बालाई एक्ल्याउन रश्मी आचार्यलाई सचिवको उम्मेदवार बनाउने रणनीति महासचिव पोखरेलले नै निकालेको एक नेता बताउँछन् । पृथ्वीसुब्बाले अहिलेकै प्रदेश सचिव धनञ्जय दवाडीलाई फेरि दोहोर्याउने तयारी गरेकाले आचार्य पनि प्यानल फेरेर उम्मेदवार बन्न तयार भएको उनी बताउँछन् । रश्मीलाई मनाउन ब्यवसायी पुष्पज्योति ढुंगानालाई अगाडि बढाइएको थियो ।
सचिव पद्मा अर्याल र स्थायी कमिटीका नेता किरण गुरुङले भने महासचिव पोखरेलको प्रस्तावबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । तर बिस्तारै पृथ्वीसुब्बासँगको दुरी भने केही समय अघिबाटै उनीहरुले बढाउँदै लगेका थिए ।
चुनाव हुँदा एउटालाई रोज्नुपर्ने परिस्थिति आएपनि कुनै गुटमा आफू नरहेको सचिव पद्मा बताउँछन् । ‘महासचिवले यसलाई बनाऔं भन्नुभएको छैन, व्यक्ति होइन पार्टी दह्रोसँग उभिनुपर्छ भन्ने मेरा मान्यता हो’, उनी भन्छिन् ।
यसअघि पद्माले पृथ्वीसुब्बालाई साथ दिदै आएकी थिइन् । २०७८ को दशौं राष्ट्रिय महाधिवेशनका बेला सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेल पक्षमा पृथ्वीसुब्बा गुरुङ उभिँदा पनि पद्माले साथ दिएकी थिइन् ।जबकी त्यसबेला पनि पृथ्वीसुब्बासँग खगराजको चर्को टकराब थियो भने खगराजले ईश्वर पोखरेल र शंकर पोखरेल पक्षलाई साथ दिएका थिए । तर पद्मा र किरणको समेत साथ पाउँदा पृथ्वीसुब्बाको पालिका, जिल्लादेखि प्रदेशसम्म बलियो पडक बनेको थियो ।
पृथ्वीसुब्बाको त्यही पकड तोड्न खगराजलाई महासचिव पोखरेलले खुलेर साथ दिएको एक नेता बताउँछन् । त्यसका लागि खगराजकै पक्षमा किरण र पद्मालाई उभ्याउन पूर्व मालेको कार्ड फालिएको ती नेता बताउँछन् ।पृथ्वीसुब्बा नजिक रहेका अरु नेतालाई पनि खगराजको कित्तामा उभ्याउने प्रयास भइरहेको उनी बताउँछन् । त्यही प्रयत्नकै कारण पृथ्वीसुब्बा मुख्यमन्त्री हुँदा उनको मन्त्रिपरिषदमा भौतिक पूर्वाधार मन्त्री एवं प्रवक्ता बनेका रामशरण बस्नेत र राजनीतिक सल्लाहकार बनेका गोविन्द नेपाली अहिले खगराजको कित्तामा उभिएका छन् ।
नेपालीलाई खगराजले प्रदेशसभामा संसदीय दलको प्रमुख सचेतक बनाएका छन् । कित्ता परिवर्तनकै क्रममा युवा संघ नेपालका पूर्वअध्यक्ष राजीव पहारीले पनि खगराजलाई साथ दिएका छन् । महासचिव पोखरेलले जिल्ला अध्यक्षहरुलाई पनि फकाइरहेका छन् । ‘सक्षम भन्नुको मतलब मैले रोजेको भन्ने महासचिवको कुरा रहेछ’, एक जिल्ला अध्यक्षले भने ।
तर महासचिव पृथ्वीसुब्बा गुरुङ पक्षका नेताहरु भने अझैपनि चुनाव जित्ने मनोविज्ञानमा छन् । ‘प्रतिनिधिहरुले बुझेका छन्, पृथ्वीसुब्बाले गलत कामको विरोध पनि गर्छन् र जायज उम्मेदवारालाई पनि साथ दिन्छन्’, यो समूहका एक नेता भन्छन् ।सबै नेता उभिए पनि हराउन नसक्ने उनको दाबी छ । ‘सबै नेता अर्कोतिर हुँदा हारे पनि ठूलो असर नपर्ला, तर प्रतिनिधिको विश्वास र मतले जित्ने सम्भावना अधिक छ’, उनी भन्छन् । तर पार्टी महासचिवकै नेतृत्वमा भइरहेको प्रयासलाई हराउनु ऐतिहासिक सफलता समेत हुने ती नेता तर्क गर्छन् ।
तर महासचिव पोखरेलले पनि गण्डकीको अधिवेशनलाई महत्वका साथ हेरेको देखिन्छ । किनकि अहिलेसम्म सकिएका अधिवेशनहरु मध्ये दुई प्रदेशमा हार र दुई प्रदेशमा मात्रै पोखरेलले समर्थन गरेको उम्मेदवारले अध्यक्ष जितेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथ लिएर प्यानलगत उम्मेदवार बनाएर चुनाव लड्दा कोशी र बागमतीमा जितेपनि कर्णाली र लुम्बिनीमा पोखरेलका उम्मेदवार पराजित भएका छन् । अन्य प्रदेशको चुनावी लहरअनुसार गण्डकीमा पनि ओली–पोखरेलले चाहेको व्यक्तिमा सर्वसम्मत नहुने प्रस्ट छ ।तर चुनावबाटै गण्डकीको नतिजा आफ्नो पक्षमा ल्याउन महासचिव पोखरेल लागिपरेका छन् । पोखरेल काठमाडौं फर्किएपनि उनका तर्फबाट अरु नेताहरुले सम्वाद गरिरहेका छन् । गण्डकीको नेतृत्व चयन गर्न ९०७ प्रतिनिधि सहभागी छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया