
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । दशैं, तिहार लगायतका चाडपर्व आएसँगै विदेशमा रहेका नेपालीहरु घर फर्किने क्रम सुरु भएको छ । घर फर्किने क्रममा कतिपयले टीभी, मोबाइल, ल्यापटप लगायतका सामान पनि ल्याउने गरेका छन् ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध भएका र नभएकाहरुले पाउने सुविधामा फरक फरक छ ।
श्रम स्वीकृति लिएर लगातार १२ महिना काम गरेको र सामाजिक सुरक्षा कोषमा सुचिकृत भएका नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन ल्याउँदा भन्सार तिर्नुपर्ने छैन ।तर सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका नेपाली यात्रुले भने ३२ इञ्चसम्मको टेलिभिजन मात्र भन्सारी नतिरी ल्याउन पाउनेछन् ।
५ हजारभन्दा बढी अमेरिकी डलर बोकेर आउने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नुपर्ने समेत भन्सार कार्यालयले सूचना निकालेर जानकारी दिएको छ । यसरी स्वघोषणा गर्दा कुनै शुल्क भने लाग्ने छैन ।
कार्यालयले व्यक्तिगत प्रयोजनका लागि कानुनने छुट दिएका वा राजश्व तिरेर ल्याउन सकिने बाहेकका सामान नल्याउन समेत अनुरोध गरेको छ ।कार्यालयका अनुसार विदेशबाट नेपाल फर्किने यात्रुमा महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामसम्म सुनको गहना ल्याउँदा भन्सार लाग्दैन ।थप २०० ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउने पाउने व्यवस्था पनि छ ।
तर गहनाको आकार मात्र दिएर बनाएको बेरुवा औठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई भने गहनाको मान्यता लिइने छैन ।मोबाइलको हकमा विदेशबाट फर्किने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नु पर्दैन ।
श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्किएका यात्रुाले थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने छन् । सूचनामा भनिएको छ, ‘थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्नेछ ।’तर अरुको सामान नल्याउन विमानस्थल भन्सार कार्यालयले सचेत गराएको छ ।
पछिलो समय साउदी अरब, यूएई, कतार, हङकङ, थाल्याण्ड तथा मलेसियाका अन्तर्राष्ट्रिय विमानस्थल र आसपासबाट अपरिचत व्यक्तिले घरमा पुर्याउने उपहार हो भनेर वा केही पैसा दिन्छु भन्ने प्रलोभन देखाएर ल्यापटप, मोबाइल, सुन, घडी लगायतका समान पठाउने गरेको भन्दै कार्यालयले भनेको छ, ‘यात्रुहरुले मापदडभन्न्दा बढी मालवस्तु लिएर आउने र भन्सार तथा प्रहरीको कारबाहीमा परी त्यस्तो मलवस्तु जफत हुने तथा सो बराबर मुल्य धरौटी जरिवाना तथा कैद सजाय पाउने गरेका छन् ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया