SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/१४ गते
    ८०७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । गएराती भिषण बर्षातसंगै कुश्मा नगरपालिका वडा न ७ र ८ को सिमानामा पर्ने तमादी खोलामा आएको बाढिका कारण वेपत्ता ३ जना यात्रु मध्ये एक जनाको शव फेला परेको छ । गत राती नै सुरक्षाकर्मीको टोलीले रुपेन्देही जिल्लाको तिलोत्तमा ९ का ३४ बर्षिया गोपाल बस्यालको शव फेला पारेको हो । ग १ ज ६२१३ नम्बरको जीप बाढिसंगै बगेको थियो । बाटो क्रम गर्ने क्रममा गाडिमा बाढिमा फस्सिएपछि चालक भने गाडिबाट झरेका थिए । गाडीमा ओट लगाउनका लागि चालक गाडीबाट झरेको बेलामा बाढिले गाडीलाई बगाएको थियो ।

    गाडीसंगै बगेका कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका ३ का विजय भनिने २७ बर्षिय माधव पौडेल र बागलुङ जिल्लाको ताराखोला गाउँपालिका ३ का ५० बर्षिय डम्मर बहादुर थापा अझै पनि वेपत्ता छन् ।नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले विहानै देखि वेपत्ता मानिसहरुको खोजी गरीरहेको छ । खोलाका सम्भावित भागहरुमा खोजी कार्य गर्दा गाडिका विभिन्न भागहरु टुक्रा टुक्रा परेको अवस्थामा फेला परेका छन् ।

    पछिल्लो जानकारी अनुसार गाडिको केहि भाग माटोमा पुरिएको फेलापरेपछि सुरक्षाकर्मीले उक्त गाडीका निकाल्ने प्रयास गरीरहेका छन् । उक्त स्थानमा पनि वेपत्ता मानिसहरु फेला पर्ने यकिन भन्न नसकिने प्रहरीले जनाएको छ ।तमादी खोलाको पानी मोदी खोलामा गएर मिसिन्छ । तमादीको सवै भाग खोज्दा पनि वेपत्ता मानिसहरु फेला नपरेमा मोदी खोलामा उनीहरुको खोजी गर्ने सुरक्षासंयत्रको तयारी छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं