
१नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
२महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
३मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
४शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
५चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
६मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
७संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
८जलजलामा १४९ सुत्केरीलाई घ्यू र अण्डा, संस्थागत प्रसूति प्रोत्साहन गर्न पोषण कार्यक्रम प्रभावकारी
९अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
१०महाशिला गाउँपालिकाको स्थापना दिवस मनाइयो, उत्कृष्ट कर्मचारी र कृषक सम्मानित
११पैयूँ गाउँपालिकाको पहिलो चिल्ड्रेन पार्क : बालबालिकाको खुसी र भविष्यकाको पाइला
१२मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
६पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
७महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
८पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
९सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१०जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
काठमाडौं । राष्ट्रिय खेल भएर पनि भलिबलले त्यस अनुसारको सुविधा पाएको छैन ।६ वर्षअघि सरकारबाट नेपालको राष्ट्रिय खेल घोषणा भएको भलिबलका लिग अहिलेसम्म पनि एउटा कभर्डहल छैन् । खेलाडीले पनि राष्ट्रिय खेल भएवापतको कुनै सहुलियत, सेवा सुविधा पाउन सकेका छैनन् । कुनै प्रतियोगिता जित्दा पाउने पुरस्कार र अवार्डको रकम नै भलिबल खेलाडीले पाउँदै आएका केही सहयोग हुन् ।
तर मंगलबार नेपाल भलिबल संघले नयाँ सुरुवात गरेको छ । महिला र पुरुष राष्ट्रिय भलिबल टिममा रहेका १२-१२ खेलाडीलाई संघले मासिक तलब/भत्ता दिने घोषणा गर्दै पहिलो पटक तलब वितरण पनि गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेरै भलिबल संघले राष्ट्रिय टिमका २४ खेलाडीलाई मासिक ५ हजारका दरले तलब उपलब्ध गराएको हो । संघले सेप्टेम्बर, अक्टोबर र नोभेम्बर गरी तीन महिनाको एकमुष्ट रकम वितरण गरेको हो ।
‘अहिले हामीले ५ हजारबाट सुरुवात गरेको छौं, यो रकम थोरै होला तर नेपाली भलिबलमा यो ऐतिहासिक क्षण हो’, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले भने । राष्ट्रिय टिमका खेलाडीलाई मासिक तलब उपलब्ध गराउनका लागि अमेरिका रहेका पूर्व अन्तराष्ट्रिय र राष्ट्रिय खेलाडी व्यावसायी एनआरएनएका पदाधिकारी भलिबललाई माया गर्ने व्यक्ति र क्लब गरी २४ जनाले सहयोग गरेका छन् ।
त्यसको संयोजन पूर्वखेलाडी राम श्रेष्ठले गरेका हुन् । यस्तै पुरुष राष्ट्रिय टिमका पूर्व कप्तान कैलाश भट्ट, राष्ट्रिय महिला टिमकी पूर्व सदस्य रमिला तन्डुकार र सिपोरा गुरुङ लगायतले सहयोग गरेका छन् । राम र रमिला श्रीमान श्रीमती हुन् ।
अमेरिकाबाट उनीहरुले पठाएको ३ लाख ६० रकम २४ खेलाडीलाई १५ हजारका दरले वितरण गरिएको हो । ‘अहिले हामीलाई तीन महिनाको लागि रकम प्राप्त भएको थियो । हामीले त्यो नगद खेलाडीलाई वितरण गरेका छौं, अब नोभेम्वरमध्यपछि थप रकम पठाउने जानकारी पाएका छौं ।’ अध्यक्ष चन्दले महिला र पुरुष राष्ट्रिय टिममा रहेका १२-१२ खेलाडीले नै हरेक महिना भत्ता पाउने बताए ।
‘फुटबल र क्रिकेट खेलाडीले मासिक रकम प्राप्त गरिरहेको अवस्थामा राष्ट्रिय खेल भलिबलका खेलाडीहरुले चाहीँ कहिले पाउँछन् भनेर सञ्चारमाध्यमा समेत बारम्बार प्रश्न आइरहेको थियो,’ अध्यक्ष चन्दले भने, ‘अमेरिका रहेका हाम्रा सहयोगीहरुसँग कुरा भइरहेको थियो, उहाँहररुकै सहयोगमा अहिले तीन महिनाको लागि रकम दिन सफल भएका छौं,’
आफू नेतृत्वमा नयाँ कार्यसमिति बनेको एक वर्षमै तलब दिन सफल भएको बताउने उनले अन्य देशका सहयोग साथीहरुसँग पनि कुरा भइरहेको बताए । ‘आगामी वर्षहरुमा यो रकममा अझ वृद्धि हुन सक्छ । यदी उहाँहरुले रकम उपलब्ध गराउन सक्नुभएन भने पनि हाम्रो कार्यकालसम्म भलिबल संघले यो कार्यलाई निरन्तरता दिन्छौं’, उनले भने ।
नेपाली पुरुष भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठले आफू कप्तान हुँदा यो कार्यको थालनी भएको भन्दै सुखद संयोग भएको बताए । ‘नेपाली भलिबलको लागि ऐतिहासिक दिन हो । म भलिबलमा लागेपछि यो दिन कहिले आउला भनेर सोच्थेँ । अहिले त्यो दिन आएको छ । यो दिन म कहिले बिर्सने छैन’, उनले भने, ‘संयोगवस म कप्तान रहेको बेला यो निर्णय भलिबल संघले गरेको छ, यसले नयाँ आउने खेलाडीहरुलाई पनि हौसला प्रदान गर्छ ।’
महिला टिमकी कप्तान अरुणा शाही डेढ दशक भलिबल खेल्दा पहिलो पटक यस्तो क्षण आएको भन्दै भावुक बनिन् । ‘नेपाल भलिबल संघले हामी खेलाडीहरुको हौसला बढाउन जुन सुरुवात गरेको यसमा हामी हृदयदेखि नै खुशी छौं । मैले खेल्न थालेको १४-१५ वर्ष भयो तर पहिलो पटक यस्तो काम भएको छ ।’
अरुणाले भलिबल संघले आफैंले सहयोग जुटाएर मासिक रकम दिने व्यवस्था गरेकोमा खेलाडीहरु आभारी रहेको बताइन् । ‘भलिबल संघ, राम श्रेष्ठ दाजु लगायत सहयोगी सबैलाई धन्यवाद । विदेशमा रहेर पनि नेपाली भलिबल खेलाडीको दु:ख मर्म बुझेर सहयोग गर्नुभएको छ धेरै धन्यवाद ।’
राष्ट्रिय टिममा रहेका नयाँ खेलाडीहरु मासिक तलब पाउने भएपछि उत्साहित छन् । पहिलो पटक राष्ट्रिय टिममा पर्दै १९औं एसियन गेम्स खेल्न जाने तयारीमा रहेका युवा खेलाडी मनिस कुँवर भन्छन्, ‘यसले हामी नयाँ खेलाडीलाई एकदमै मोटिभेट गरेको छ । खेलमा राम्रो प्रदर्शन गर्नका लागि हौसला दिएको छ । ‘
राष्ट्रिय टिमकै अर्का सदस्य लोकेन्द्र गिरीले यस्ता कार्यले खेलाडीको मनोबल बढ्ने र टिममा पर्नका लागि खेलाडीहरुमा प्रतिस्पर्धा समेत बढ्ने बताए । ‘थोरै भए पनि राम्रो सुरुवात भएको छ । यसले अब राष्ट्रिय टिममा पर्नका लागि पनि खेलाडीमा प्रतिस्पर्धा बढ्छ ।’
भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दले राष्ट्रिय टिमका सदस्यहरुलाई जागिर लगाउनेदेखि ब्राण्ड एम्बासडर बनाउनका लागि समेत संघले पहल गरिरहेको बताए । उनले भलिबलमा प्रायोजनका लागि विभिन्न क्षेत्रका संघ/संस्थाहरुसँग कुरा भइरहेको बताए । ‘पैसा भन्दा पनि मुख्य कुरा काम हो । तपाईँ राम्रो काम गर्दै जानु सहयोग स्वत आउँछ’, उनले भने ।
खेलाडीलाई तलब दिने भलिबल संघ चौथो हो । यसअघि फुटबल र क्रिकेट खेलाडीले मासिक तलब पाइरहेका छन् । बुद्धीचालका पुरुष र महिलातर्फका नम्बर वान् खेलाडीले पनि मासिक तलब पाउने गरेका छन् ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा

प्रतिक्रिया