काठमाडौं। भेपमा लुकाएर ९ किलो सुन तस्करी गरेको प्रकरणमा सिआईबीले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई पक्राउ परेका छन् ।
राहुललाई प्रहरीले आज (बुधबार) काठमाडौंबाटै पक्राउ गरिएको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए ।
भेपमा सुन तस्करी गरेको भन्दै यसअघि नै महरा बाउ–छोराको नाम मुछिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि महरा बाउ–छोरा मुछिएको पुष्टि भए कारबाही गरिने बताएका थिए ।