
१मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
३घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
५पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१०कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
११मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि सूचना लिने मात्र होइन दिने संस्कारको विकास गर्न आवश्यक भएको बताएका छन् ।आज (आईतबार) १७औँ राष्ट्रिय सूचना दिवसका आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक निकायमा घुस, ढिलासुस्ती, गलत निर्णय, अपारदर्शी व्यवहारलगायतका विषयमा सूचना दिन उत्प्रेरित गर्न कानुनी व्यवस्था गर्न जरूरी भएको बताएका हुन् ।
“विश्वमा भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा प्रयोग भएको नयाँ प्रविधिमा आधारित ‘ब्लकचेन टेक्नोलोजी’बारे अध्ययन गर्न आवश्यक छ । अब सार्वजनिक ओहोदामा रहेका हरेक व्यक्तिको सम्पत्तिसहितका व्यक्तिगत विवरण गोप्य राख्ने प्रचलन हटाउन जरुरी छ,”– प्रधानमन्त्री प्रचण्डले भने ।
उनले सार्वजनिक पदाधिकारीको काम कारबाहीबारे जनताको कम निगरानी, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच कम हुने अवस्थाका कारण भ्रष्टाचार मौलाउँदै जाने खतरा भएको बताए ।
राष्ट्रिय सूचना आयोगद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सूचना दिवसको शुभकामना दिँदै सूचनाको हकसम्बन्धी कानुन लागू भएको लामो समयसम्म पनि नागरिकले यस हकको व्यापक प्रयोग गर्न नसकेको गुनासो गरे ।
“संविधान र कानुनमा सबै सार्वजनिक निकायमा रहेका सूचनाको वास्तविक मालिक नागरिकलाई मानिए पनि सबै प्रकारका सूचनामा उनीहरूको पहुँच स्थापित हुन नसकेको अनुभूति भइरहेको छ । यसैगरी कानुन कार्यान्वयनमा सार्वजनिक निकायलाई अझै बढी जिम्मेवार र जवाफदेही बनाउनुपर्ने देखिन्छ”, उनले भने ।
सूचनाको हकसम्बन्धी व्यवस्था सार्वजनिक निकायमा पहुँच पु¥याउन सक्ने केही सीमित मान्छेका लागि मात्र नभएर वर्षैदेखि राज्यबाट उपेक्षित र उत्पीडनको अवस्थामा रहेका किसान, मजदूर, महिला, दलित, सीमान्तकृत समुदायसहित आम जनसमुदायका लागिसमेत भएको उनको भनाइ छ ।
उनले नेपालको सूचनाको हकसम्बन्धी ऐनलाई विश्वका उत्कृष्ट ऐनहरूको सूचीमा राखिएको स्मरणसमेत गराए । उनले यस हकको प्रभावकारी कार्यान्वयनले सरकारका कामकारबाहीलाई लोकतान्त्रिक पद्दतिअनुरूप खुला र पारदर्शी बनाइ शासकीय संयन्त्रलाई आम नागरिकप्रति उत्तरदायी, जवाफदेही र जिम्मेवारी बनाउने बताए ।
“राज्यका सूचनामा आम नागरिकको पहुँच र सहभागिता अभिवृद्वि गराउनु नै लोकतान्त्रिक प्रणालीको संस्कार हो”, प्रधानमन्त्री प्रचण्डले भने, ।
सूचना प्रविधिको समायानुकूलको तीव्र विकाससँगै नेपालमा सार्वजनिक निकायमा ‘डिजिटल गभर्नेन्स’को प्रयोग बढाउनुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री प्रचण्डले आयोगको क्षमता बढाइ सूचनाको हक कार्यान्वयनका लागि सरकारले सबैखालको सहयोग गर्न तयार रहेकोसमेत स्पष्ट पारे ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया