
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
विराटनगर । विराटनगरको ग्रीनक्रस अस्पतालबाट नवजात शिशुलाई गायब गरेको आरोपमा प्रहरीले सोही अस्पतालमा कार्यरत डाक्टर र अर्का एक व्यक्तिलाई पक्राउ गरेको छ । नवजात शिशु गायब गरेको आरोपमा सोही अस्पतालमा कार्यरत प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्ण र भोजपुरको हतुवागढी गाउँपालिका-४ घर भएका २७ वर्षीय गोबिन्द राईलाई प्रहरीले पक्राउ गरेको हो ।
डाक्टर कर्ण कोशी अस्पतालका पूर्व मेडिकल सुपरीटेण्डेन्ट पनि हुन् । सरकारी सेवाबाट अवकास पाइसकेका उनी दीपेश मेडिकल क्लिनिक सञ्चालन गर्छन् र ग्रिनक्रस अस्पतालमा पनि काम गर्छन् ।अर्का व्यक्ति राईले नै ती युवतीलाई अस्पतालमा लगेको, अस्पतालबाट डिस्चार्ज भएपछि बच्चा अस्पतालमै रहेको भन्दै आमालाई मात्र होटलमा लगेर राखेको र बच्चा लिएर आउँछु भनेर होटलबाट निस्किएर बेपत्ता भएको आरोपमा प्रहरीले गत शुक्रबार पक्राउ गरेको हो ।
तिनै युवतीको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको र व्यक्ति बेपत्ता पारेको कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गर्ने जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
यस्तो छ घटनाक्रम
प्रहरीका अनुसार गोविन्दले गर्भवती २६ वर्षीया युवतीलाई ग्रीनक्रस अस्पताल नजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा लगेका थिए । क्लनिकमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ भनिएका डा. कर्णले गर्भवतीको परीक्षण गरेका थिए । परीक्षणपछि उनले प्रसूतिको समय भएको भन्दै ग्रिनक्रस अस्पताल भर्ना हुन भनेका थिए ।त्यसपछि ती युवतीलाई राईले गत असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरेका थिए । भर्ना गर्ने बेला गोबिन्द राईले आफ्नो नाम मानबहादुर तामाङ र गर्भवतीको ठेगाना सुनसरीको रामधुनी लेखाएका थिए ।
ती युवतीले भर्ना भएको भोलिपल्ट (असार १४ गते) नर्मल डेलिभरी मार्फत छोरी जन्माएकी थिइन् । अस्पतालमा सोही दिन डिस्चार्ज गरेको थियो । त्यसपछि गोविन्दले नै ती युवतीलाई इटहरीको एक होटलमा लगेर राखेका थिए । युवतीले बच्चा खोई भनेर सोध्दा गोबिन्दले अस्पतालमा उपचार हुँदैछ भन्ने जवाफ दिएका थिए । होटलमा बसेको दुई दिनपछि राई अस्पताल जान्छु भन्दै हिँडेका थिए । तर उनी होटल फर्किएनन् ।
त्यसपछि युवतीले आफूले जन्माएकी छोरी गायब भएपछि उनी प्रहरी कार्यालय पुगेकी थिइन् । सुत्केरी अवस्थामा अलपत्र परेकी युवतीले गत साउन ३२ गते उपचारमा संलग्न चिकित्सक र गोविन्दविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिइन् । जाहेरी परेपछि डा. कर्ण र गोविन्दलाई पक्राउ गरिएको डिएसपी दाहालले बताए ।
‘युवतीले आफूले निर्मल डेलिभरीबाट छोरी जन्माएको र रुँदै जन्मिएपछि नर्सले बच्चा लगेको बताएकी छन्,’ दाहालले भने, ‘त्यसपछि आफूले छोरी नपाएको बताएकी छन् ।’ बच्चा जीवितै जन्मिएको भनेर आमाले दाबी गरेकाले बच्चाको खोजी भइरहेको तर अहिलेसम्म अवस्था पत्ता नलागेको उनले बताए ।
प्रहरीका अनुसार डा. कर्णले ८ महिना पूरा भएर ९ महिना लागेको बच्चा जन्मिएपछि थप उपचारका लागि अन्यत्र लैजानु भनेर गोविन्दलाई शिशु जिम्मा लगाएको प्रहरीसँगको प्रारम्भिक बयानमा भनेका छन् । गोविन्दले भने आफूलाई अस्पतालले बच्चा नै नदिएको बताएका छन् ।पक्राउ परेलगतै कर्ण अस्पताल भर्ना भएका कारण उनीमाथि थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।
ती युवतीको भनाइ उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार गोविन्द र ती युवती प्रेमी–प्रेमिका हुन् । गोविन्दले बिहे गर्ने प्रलोभन समेत देखाएका थिए । तर बिहे गर्ने भनेका गोविन्दले सुत्केरी अवस्थामा छाडेर हिँडेका कारण गोविन्दको भूमिका शंकास्पद देखिएको प्रहरीको भनाइ छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया