
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईको बयान नलिने प्रपञ्च भएको भन्दै आपत्ति जनाएका छन् । गठबन्धनका नेताहरु बैठक बसेर कसैको बयान लिने/नलिने निर्णय गर्न नसक्ने उनले बताए ।
गठबन्धनका नेताहरु बसेर यो विषयमा छलफल गर्न पाउनुहुन्छ ?,’ आइतबार झापा शिवसताक्षीमा आयोजित कार्यक्रममा उनले भने, ‘म त भनिरहेको छु, कांग्रेसको बैठक होइन, गठबन्धनको बैठक लाइभ गर्नुपर्दछ । त्यहाँ के कुरा भयो देश र जनताले थाहा पाउनुपर्दछ ।’बैठक हुनुअघि र पछि व्यक्त विचारमा फरक-फरक भाषा देखिने गरेको उनले बताए ।
नक्कली सुन प्रकरणको अनुसन्धान प्रक्रियालाई अघि बढाइरहेका प्रहरी अधिकारीको सरुवाप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेका छन् । ‘सुशासनको काम गरिरहेको भनि प्रशंसा पाइरहेको बेलामा प्रहरी अधिकारीहरुको सरुवा भइरहेको सुनिरहेका छौं,’ थापाले भने । सुन काण्डमा राज्यले गरेको अनुसन्धान चित्त नबुझेको एमालेले भनिरहे पनि राज्य निकायहरु अनुसन्धान गर्न सक्षम रहेको उनले दाबी गरे ।
भ्रष्टाचारका फाइल खोल्ने विषयमा दलहरुले बदलाको रुपमा लिएको थापाले बताए । ‘एउटाले भन्छ, म सुन काण्डको भ्रष्टाचारको छानबिन गर्छु । अर्कोले भन्छ, ठूलो कुरा गर्छस्, गिरीबन्धु टी स्टेटको फाइल खोलिदिँउ ?’ थापा भन्छन्, ‘अर्कोले भन्छ, गिरीबन्धुको खोलिस् भने लडाकु शिविरको खोलिदिन्छु । अर्कोले भन्छ, मिलौं, कसैको नखोलौं ।’
यति, ओम्नी, गिरीबन्धु टी स्टेट, ललिता निवास, सुन काण्ड, शिविर घोटला लगायत सबै भ्रष्टाचारको फाइल खोल्नुपर्ने उनले बताए । ‘सबै काण्डको फाइल खोलिनुपर्दछ । त्यसमा अनुसन्धान हुनुपर्दछ । निर्दोष एक जना पनि पर्न हुन्न । दोषी हाम्रो पार्टीको होस् कि अर्को पार्टीको होस्,’ थापाले भने, ‘कि पूर्वप्रधानमन्त्री होस् कि, जोसुकै ठूलो नेता होस्, सानो होस् । एक जनाले पनि उन्मुक्ति पाउनु हुन्न भन्ने कुराको पोजिसन कांग्रेसको बन्नुपर्दछ ।’
व्यक्ति भ्रष्टाचारमा संलग्न हुन्छ भने त्यो उसको निजी कुरा हुने उनले बताए । माथि बस्ने एउटा नेताले गरेको गल्तिको भारी तल बस्ने कार्यकर्ताले पनि बोक्नुपरेको उनले सुनाए । उपल्लो तहमा रहेको नेताले गरेको भ्रष्टाचारका कारण तल्लो तहमा रहने कार्यकर्ताले दश ठाउँमा दश थरी कुरा सुन्नुपरेको थापाले बताए । कार्यकर्तालाई उनले भने, ‘तपाईंहरु मेरो कारणले कांग्रेसलाई दुई भोट भए पनि बढोस् भन्नुहुन्छ । तल्लो तहमा रहेको कार्यकर्ताले यसरी काम गरिरहेको बेलामा माथिको नेताले गल्ति गर्दा त्यसको भारी तपाईंले पनि बोक्नु परिरहेको छ ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया