
१मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
२संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
३जलजलामा १४९ सुत्केरीलाई घ्यू र अण्डा, संस्थागत प्रसूति प्रोत्साहन गर्न पोषण कार्यक्रम प्रभावकारी
४अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
५महाशिला गाउँपालिकाको स्थापना दिवस मनाइयो, उत्कृष्ट कर्मचारी र कृषक सम्मानित
६पैयूँ गाउँपालिकाको पहिलो चिल्ड्रेन पार्क : बालबालिकाको खुसी र भविष्यकाको पाइला
७मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
८खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
९५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
१०शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
११पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
१२शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
६मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
७पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
८महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
९पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
१०सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
११जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
१२रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
काठमाडौं। रुपन्देहीको पाँचतारे टाइगर प्यालेस रिसोर्ट हङकङमा बिक्री भएको विषयमा सरकार र अख्तियारले छानबिन अघि बढाएका छन् । विदेशी कम्पनी सिल्भर हेरिटेजले सञ्चालन गरेको उक्त तारे होटल अमेरिकामा रहेका एनआरएन बुद्धिसागर सुवेदी र अरु एनआरएनएहरुको कम्पनीले देश बाहिर खरिद गरेको विषय बाहिर आएपछि सरकार र अख्तियारले उक्त खरिदबारे छानबिन थालेका छन् ।
सुवेदीले लामो समयदेखि अमेरिकामा हायात, होलिडे इनलगायत होटल सञ्चालन गरेका छन् । उनै सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो । हिमालयन टाइगर कम्पनी भने अमेरिकाको डेलावेयरमा रजिष्ट्रेशन छ । हङकङमा दर्ता रहेको सिल्भर हेरिटेजको शेयर हङकङमै खरिद भएको हो । उक्त खरिदसँगै रिसोर्टको सेयर स्वामित्व सुवेदी नेतृत्वको हिमालयन टाइगरमा सरेको छ ।
नेपालमा अहिले एक क्विन्टल सुन तस्करी प्रकरण चुलिएको छ । सरकारले सुन तस्करीको छानबिनको जिम्मा सिआईबीलाई लगाएको छ । सुन हङकङबाट आएको हो । क्याथे प्यासिफिक एयरलाईन्सबाट सुन नेपाल भित्रिएको हो । हङकङबाटै यति ठूलो परीमाणमा सुन नेपाल भित्रिएको र त्यही समयमा टाइगर प्यालेस रिसोर्टको किनबेच पनि हङकङमै भएकोले सरकार र अख्तियारले छुट्टाछुट्टै छानबिन अघि बढाएका छन् ।
तर, लगानीकर्ताहरुले भने सरकारलाई बुझाउनुपर्ने दायित्व, बैंकको ऋण, कर्मचारीलाई बुझाउनुपर्ने रकमसमेत सबैको दायित्व सकारेको जनाएका छन् । उक्त रिसोर्ट किन्नको लागि कूल पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी भएको जनाईएको छ । उक्त रिसोर्टको नयाँ लगानीकर्ताको रुपमा गैरआवासीय नेपाली संघका वर्तमान अध्यक्ष कुल आचार्य पनि रहेको बुझिएको छ । सुवेदी र आचार्यका साथै क्यानडा च्याप्टरका निवर्तमान अध्यक्ष दीपक गौतम, अमेरिकाका डा. केशव पौडेललगायत पनि लगानीकर्ताको रुपमा रहेको बुझिएको छ ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो

प्रतिक्रिया