
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं। प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नै पार्टीको बटमलाइन भएको बताएका छन् । ‘९०० क्लिन्टलभन्दा बढी सुन तस्करी उच्चस्तरीय राजनीतिक नेतृत्वको संलग्नताबिना सम्भव छैन भनेर सरकारमै रहेका दलका सांसदहरु बोलिरहनुभएको छ । प्रधानमन्त्रीले यसलाई किन अनदेखा गरिरहनुभएको छ, हामीले बुझेका छैनौं । हाम्रो बटमलाइन उच्चस्तरीय छानबिन समिति नै हो । उच्चस्तरीय छानबिन नभए कहीं न कहीं गडबडी छ भन्ने देखिन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेता ज्ञवालीले सुन तस्करी प्रकरणमा न्यायिक वा संसदीय छानबिनको विकल्प खुला रहेको पनि बताए । उनले थपे, ‘सरकार मातहतको प्रशासनिक नेतृत्वले गरेका अनुसन्धानले यथार्थ कुरा बाहिर ल्याउन सक्दैन । त्यसैले उच्चस्तरीय छानबिन समिति बनाउनु जरुरी छ । उच्चस्तरीय छानबिन दुई किसिमले हुन्छ, न्यायिक र संसदीय । त्यसमा हामी खुला छौं ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुन तस्करीमा आफ्नो परिवार, पार्टी, डोनर, घरबेटी जो जोडिए पनि कारबाही गर्छु भनेर नलागेको ज्ञवालीले बताए । उनले भने, ‘सुन तस्करीमा सत्तारुढ पार्टीकै वरिष्ठ नेता बाउछोराको कनेक्सन देखियो । तर राजनीतिक दबाबमा अहिलेसम्म सोधपुछ भएन । उनीहरुलाई सत्ताको आडमा राजनीतिक उन्मुक्ति दिएको प्रस्ट देखिन्छ । प्रचण्डजी सुन तस्करीमा आफ्नो परिवार, पार्टी, डोनर, घरबेटी जो जोडिए पनि कारबाही गर्छु भनेर कस्सिनुभएको छैन । बरु प्रमुख प्रतिपक्षसँग अनावश्यक रुपमा दुरी बढाउने काम गरिरहनुभएको छ ।’
सुन तस्करीमा आफ्नो परिवार, पार्टी र डोनरको नाम मुछिँदैमा डराउनु नपर्ने पनि उनले औंल्याए । उनले भने, ‘कहिलेकाहीं पुरानो फोटो देखाएर पनि नाम मुछिएला । प्रचण्डजी कसैको नाम आउँदैमा तर्सिनुपर्ने कुरा छैन । तर कुरा उठिसकेपछि सोधपुछ त हुनुपर् यो नि । चोरको खुट्टा काट् भन्दा खुट्टा उचालेजस्तो गर्नु जरुरी छैन । हामीले उच्चस्तरीय छानबिन समिति छिटो गठन होस् र संसद सुचारु भएको हेर्न चाहेका छौं ।’ सुन तस्करी प्रकरणमा गृह प्रशासन पूरै असफल भएको आरोप पनि ज्ञवालीले लगाए । उनले भने, ‘२२ चोटि सुन उम्किएको छ । २३ औं पटकमा अर्कै निकायले पक्रेको छ ।
सुन तस्करीका निम्ति अन्तर्राष्ट्रिय विमानस्थलको सीसीटीभीको कनेक्सन टुटाइएकोछ । घटनाको आठ-नौ दिनपछि मात्र त्यसमा संलग्न भनिएका व्यक्तिको गोदाममा छापा मारिएको छ र बेल्जियन नागरिक भनिएका अर्का व्यक्तिको नक्कली नेपाली नागरिकताको फाइल नै गायब पारिएको छ । तैपनि गृहमन्त्री ठूलै पौरख गरेजस्तो कुर्लिरहनुभएको छ । गृह प्रशासन टोटल्ली फेल भैसक्यो ।’ पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले बाह्य शक्तिसँगको सम्बन्धमा हिउँको डल्ला फोड्ने काम नभएको टिप्पणी पनि गरे । उनले भने, ‘प्रचण्डजीको सरकार हामी जनताका लागि होइन, तपाईंहरुका लागि कम्फरटेबल भइदिन्छौं भने जसरी प्रस्तुत हुनुभएको छ । अस्ति भरखरको भ्रमणमा पनि भारतका प्राथमिकताको एजेन्डा फटाफट भए, नेपालको प्राथमिकताको एजेन्डा प्रस्तुत नै भएनन् ।’ भारतले ईपीजीको प्रतिवेदन लिन्न भनेर औपचारिक रुपमा नभने पनि अनिच्छुक देखिएको पनि उनले बताए । उनले भने, ‘यसमा नेपाल सरकार प्रस्ट हुनुपर्छ । सरकार यसमा किन पन्छिन खोजेको हो ? प्रचण्डको जवाफ गैरजिम्मेवार किसिमले आयो ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया