
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । भोलिदेखि बस्ने केन्द्रीय समिति बैठकको तयारीस्वरूप माओवादी केन्द्रको केन्द्रीय संगठन विभागको बैठक बस्दैछ । पार्टी उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्मा प्रभाकरका अनुसार आज साढे एक बजेदेखि संगठन विभागको बैठक बस्न लागेको हो ।
‘संगठन विभागका तर्फबाट हामीले प्रतिवेदन तयार पारेर अध्यक्षलाई बुझाइसकेका छौं । आज भोलि केन्द्रीय समितिको तयारी स्वरूप विभागका तर्फबाट आन्तरिक छलफल गर्नका लागि बैठक बस्दैछौं’ उपमहासचिव शर्माले भने । आज बस्ने संगठन विभागको बैठकले हटाउनु पर्ने तथा घटाउनु पर्ने विभाग र संगठनका आकारको विषयमा छलफल गर्ने भएको छ ।
माओवादी केन्द्रले यस पटकको केन्द्रीय समितिबाट संगठन र विभागलाई घटाएर चुस्तदुरुस्त बनाउन खोजेको छ । सोमबार र त्यसअघि बसेका पार्टी पदाधिकारी बैठकले संगठन र विभागका आकारहरू भद्दा भएका र जिम्मेवारी अनुसार काम हुन नसकेको निष्कर्ष निकाल्दै केन्द्रीय समितिमा परिमार्जनको प्रस्ताव लैजाने तयारी गरेको छ । यस्तै पार्टीको केन्द्रीय समितिको पनि आकार ठूलो भएको भन्दै घटाउनुपर्ने प्रस्ताव केही नेताहरूको छ ।
यस्तै बैठकको तयारी अन्तिम चरणमा पुगेको नेता डोरप्रसाद उपाध्यायले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार केन्द्रीय सदस्यका लागि आवश्यक परिचयपत्रलगायत लजिस्टिकको तयारी केन्द्रीय कार्यालयले गरिसकेको छ । पार्टीका पदाधिकारीले दिएका सुझावहरू संकलन गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिन लागिरहेका छन् । बुधबार ११ बजेदेखि बस्ने पार्टी केन्द्रीय समिति बैठकअघि बिहान ८ बजेदेखि पार्टी स्थायी समितिको बैठक बस्नेछ । पार्टी केन्द्रीय कार्यालयले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बस्ने केन्द्रीय समिति बैठकको तयारी गरिरहेको छ ।
बैठकमा सबै केन्द्रीय सदस्यलाई ५-५ मिनेट बोल्ने समय दिइनेछ भने बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ प्रसारण गर्ने निर्णय माओवादी पदाधिकारी बैठकले गरेको छ । केही नेताहरूले आन्तरिक बैठकलाई लाइभ गर्न नहुने मत राखे पनि बहुमत पदाधिकारीले बैठकमा छलफल भएका विषय बाहिर आउँदा तोडमोड भएर आउने हुँदा पारदर्शी बनाउन पनि लाइभ गर्नुपर्ने बताएका छन् । यस विषयमा भोलि बिहानको स्थायी समिति बैठकमा पनि छलफल गर्ने माओवादी केन्द्रको तयारी छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया