
१कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
२हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
३पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
४पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
५फेरि किन भयो ग्यास अभाव ?
६सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
७सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
८प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
९भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
१०सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
११जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
१२बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
६मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
७शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
८संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
९अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
१०महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
११जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
सामाजिक सुरक्षा विभिन्न किसिमका सीमान्तकृत वर्गलाई दिने हो । ज्येष्ठ नागरिक, अपांगता भएका लगायत कमजोर वर्गलाई दिने हो ।
नेपालको सन्दर्भमा हेर्ने हो भने यसमा दुई वटा मुख्य विषय छन्, पहिलो- हाम्रा धेरै युवा काम गर्न विदेश गए । उनीहरू विदेश गएपछि घरमा बुढापाकाहरू धेरै भए ।
दोस्रो- हामी विभिन्न किसिमका द्वन्द्वमा पनि छौं । माओवादी जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनहरू भए भने अहिले पनि विभिन्न विषयमा द्वन्द्व जारी नै छ । त्यसबाट धन-जनको क्षति भयो, त्यसले राज्यमाथि सामाजिक सुरक्षाको दायित्व थप्यो । यी दुई-तीन वटा कारणले राज्यमाथि नागरिकको निर्भरता बढ्यो ।
त्यसबाहेक गरिबी र विपद्ले ल्याउने समस्या पनि छँदैछन् । अझ संविधानले समाजवाद उन्मुख अर्थव्यवस्था भन्यो । जसमा आधारभूत शिक्षा र स्वास्थ्य निःशुल्क गर्ने भनियो । यसलाई मौलिक हक भनियो, यसले गरिबलाई मात्रै हैन, सबैलाई यो सेवा दिने भन्यो । यी सबै कारणले राज्यमाथि सामाजिक सुरक्षाको भार धेरै पर्न गयो ।
सामाजिक सुरक्षा प्रत्याभूत गर्दा ढुकुटी हेर्नुपर्छ । तर, ढुकुटीमा पैसा कम छ, किनभने हाम्रो ढुकुटी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) नै सानो आकारको छ । प्रतिव्यक्ति आय नै थोरै छ । जीडीपीमा उत्पादनशील क्षेत्रको योगदान घट्दो छ ।
यी सबै कारणले अर्थ-व्यवस्थाको स्वरुप एकातिर चुनौतीपूर्ण खालको छ भने ‘आइडोलोजिकल पर्सपेक्टिभ’ लाई हेर्दा सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने जरूरी छ ।
सामाजिक सुरक्षाका लागि माग ठूलो छ, तर त्यसलाई आपूर्ति गर्ने राज्यको ढुकुटी कमजोर छ । यसले माग र आपूर्तिबीच ठूलो खाडल भयो ।
अनि सामाजिक सुरक्षा कार्यक्रम त्यस्तो चिज भयो, जुन सरकारले धेरै दियो, उसको भोट पनि धेरै आउँछ । भत्ताहरू बढाइदियो भने भोट बढ्छ । त्यसैले यो पनि एउटा होडबाजीको विषय बनेको हो ।
हाम्रा सामाजिक सुरक्षा कार्यक्रमहरू पनि विभाजित खालका भए । स्वास्थ्य बीमा निजी क्षेत्रले पनि गरिरहेको छ, सरकारी तवरमा पनि हुँदैछ । विभिन्न संस्थाहरूले फरक-फरक खालका सामाजिक सुरक्षा योजना ल्याएका छन् । एकीकृत कार्यक्रम छैन ।
यी सबै कुरालाई बुझ्दा हामीले धेरै काम गर्नुपर्नेछ । एकीकृत सामाजिक सुरक्षाको प्याकेज बनाउनुपर्नेछ । संस्थागत एकद्वार प्रणाली लागू गर्नुपर्नेछ । सामाजिक सुरक्षाको माग र आपूर्तिबीच जुन खाडल छ, त्यसलाई कम गर्नुपर्नेछ ।
इमानदारीपूर्वक भन्ने हो भने सामाजिक सुरक्षा कार्यक्रम र त्यसले अर्थतन्त्रलाई दिने लाभ/हानि बारेमा एउटा एकीकृत र विस्तृत अध्ययन भएकै छैन । योजना आयोग अहिले सामाजिक सुरक्षा कार्यक्रमका लागि एउटा सिंगल संस्था महानिर्देशनालय बनाउनुपर्छ भन्ने सम्बन्धमा छलफल गरिरहेको छ । त्यसो भयो भने सामाजिक सुरक्षा कार्यक्रमहरू चुस्त दुरुस्त बन्न सक्छन् भन्ने हाम्रो विश्वास हो ।
तर, अहिले पनि भन्न सकिने विषय के हो भने सामाजिक सुरक्षा कार्यक्रमको लागि जसरी कार्यक्रम बन्दैछन्, त्यसले माग बढाउँदैछ, त्यसअनुसारको आपूर्ति छैन । यस्तो माग र आपूर्तिबीच यति नै खाडल हुन्छ भन्ने अवस्था छैन ।
यदि हामीले प्रगतिशील बनाएनौं भने के हुन्छ त ? हामीले गर्ने पूँजीगत खर्चको ७० प्रतिशत स्रोत ऋण र अनुदान हो । सामाजिक सुरक्षामा गर्ने खर्च बढ्दै गएमा त्यस्तो खर्चमा ऋणको भार थप बढ्दै जान्छ । सामाजिक सुरक्षा बढाउँदै जाँदा राजस्वबाट गर्नुपर्ने खर्च पनि बढ्छ । यसले हामी झन् अरूमाथि निर्भर हुनुपर्ने अवस्था आउन सक्छ ।
बाहृय स्रोतमा बढी निर्भर हुन थाल्यौं भने समस्या त आउँछ । अहिले श्रीलंका हेर्नुस् न, के भयो स्थिति ? तपाईंले घाँटी हेरेर हाड निल्नु भएन भने के हुन्छ ? त्यसले समस्या ल्याउन सक्छ । जोखिम नै आउँछ भन्ने हैन, तर अध्ययन विश्लेषण गरेर सामाजिक सुरक्षाको नीतिनिर्माण गर्नुपर्छ ।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता

प्रतिक्रिया