
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
आदरणीय शिक्षामन्त्री ज्यु एवम् CTEVT उपाध्यक्ष ज्यु नमस्कार। यति बेला म जस्ता CTEVT तर्फका लाखै विद्यार्थीहरु आश्चर्य चकित छौ। म नेपालको एक दुर्गम जिल्ला बाजुराको मार्तडी बाट स्वास्थ जस्तो संवेदनशिल विषय अध्ययनपछि आफ्नै गाउँ क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने हेतुले शहर पढ्न पसेको मान्छे। बिगत १ बर्ष अगाडि गाउँ बाट लगाएको एकसरो कपडा र केही थान ओढ्ने ओछ्याउने बोकेर बुटवल झरेको थिएँ। बुटवलमा आएर कलेज भर्ना पनि भएँ तर कलेज भर्ना भएको जम्मा ३ महिना बित्दा नबित्दै संसार भर फैलिएको कोभिड १९को प्रभाव नेपालमा पनि देखियो र फलस्वरुप लकडाउ सुरु भयो, बिद्यालय कलेज क्याम्पस ट्युसन सेन्टर सबै बन्द भयो।
मन्त्री एवम् उपाध्यक्ष ज्यु केही समय त हामी सबै अन्योलमा थियौ र रात दिन समाचार हेर्दै गर्यौ। तर लकडाउन थपिदै गयो। पढाईको चिन्ता भन्दा भाडा र रासन पानीको चिन्ता बढ्न थाल्यो। म साथिको कोठामा शरण लिन पुगे। दिन र छाक त जसो तसो टारेकै थियौँ तर मलाइ पेटको भोक भन्दा त्यो पढाइको भोक बढी थियो।लकडाउन र बढ्दो महङ्गीले गर्दा जसो तसो गाँउका दाइहरुको सम्पर्कमा आएर म घर (बाजुरा) फर्किएँ।
समय बित्दै गयो लकडाउन सकिएको पनि लामो समय पछि मात्र CTEVT ले अन्लाईन कक्षा पढाउन उर्दि जारी गर्यो रे भन्ने सुने। मेरो गाउँमा मोबाइलको टावर त राम्रो संग टिप्दैन अन्लाईनका त कुरै गर्नु परेन।अल्लि समय पछि शहर फर्किएँ। सबै कोर्स अन्लाइन पढाइ भयो अब कलेजमा पढाइ हुँदैन वार्षिक परिक्षाको तयारी गर्नु भन्ने सूचना कलेजले दियो।
म जस्ता दुर्गमका कुना कन्दराहरु बाट प्राबिधिक शिक्षा लिन आएका साथीहरू थुप्रै गाउँ फर्केका थिए। फर्केर आउदा सिधै परिक्षाहुने कुरोले मलाइ अचम्म लाग्यो, दु:ख लाग्यो कता कता रिस पनि उठ्यो तर CTEVT को सुचना पर्खिएको थिएँ। अन्ततः CTEVT बाट पनि बार्षिक परिक्षा फारम खुल्यो। म त छक्क परे अनि पिडा पनि भो। खाए खा नखाए घिच भने झैँ भो। मन्त्री एवम् उपाध्यक्ष ज्यु कलेज भर्ना भएर ३ महिना पढाई नहुदै कोभिड १९ त्यसपछि लकडाउन जस्को कारण अभ्यासमा आधारित शिक्षा अन्लाईन बाट लिनुपर्ने त्यस्मा मेरो अस्वथाको बारेमा खोइ कोस्ले सोच्यो?
CTEVT ले परिक्षा फारम पनि खुलायो, पछि कलेज पनि खुल्यो, खुल्दाको दिन प्रि- फाइनल भनेर सूचना पनि टाँस भयो। जबर्जस्ति प्रि- फाइनल परिक्षा दिइयो। CTEVT ले फाइनलको रुटिन निस्कासन पनि गर्यो र अहिले आएर अन्यत्र सेन्टर तोकिएको छ।अब फाइनल दिने दिन नजिकिदै छ । मन्त्री एवम् उपाध्यक्ष ज्यु यस्तो अवस्थामा विद्यार्थीको मनोदसा, भावनात्मक बिचार आदिको त कुरै छोडौ; पाठ्यभार; आन्तरिक मुल्यांकन, सहजता, घरेलु परिक्षा केन्द्र सबै कुरालाई बेवास्ता गरेर किन एका एक परिक्षालाई पुरानै ढाचामा लिने निर्णय गरियो??
बर्ष भरिको पाठ्यक्रम सकेका कक्षाकरु जस्तै SEE को आन्तरिक मुल्यांकन हुदै गर्दा,11 को कलेजले नै परिक्षा लिने र उत्तर पुस्तिका पनि कलेजमै जाँच्दै गर्दा, 12 को अंक भार कम गर्दै गर्दा, आंशिक आन्तरिक मुल्यांकन हुँदै गर्दा , हामी राम्रो संग पाठ्यक्रम नसकेका प्राबिधिक विद्यार्थीलाई लाई जबर्जस्ति नोट थमाएको भरमा पुरानै ढाँचामा परिक्षा लिइ गुणस्तरीय नतिजाको आस गर्नु के लाभदायक र न्यायोचित होला ? शिक्षा मन्त्री एवम् उपाध्यक्ष ज्यु अझै पनि सुधार गर्न मिल्ने समय छ,ठाउँ छ। पाठ्यभार र अंक भार घटाएर घरेलुु परिक्षा केन्द्र बनाइदिए विद्यार्थीलाई केही सजिलो बाटो बनाइदिएमा समय सापेक्ष न्याय हुने थियो कि??
दान बहादुर मलाल, मार्तडी; बाजुरा HA 1st year, LITS college Butwal


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया