
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
विश्वका हरेक परिवर्तनमा युवाको महत्वपुर्ण योगदान हुन्छ। राज्यको उदयसँगै राष्ट्र निर्माण तथा समाजको आर्थिक, सामाजिक तथा राजनीतिक विकासमा पनि युवाको भूमिका सधैं अग्रणी रहदै आएको छ। समाज, राष्ट्रको शक्ति युवा शक्ति भबिष्यको कर्णधार मात्र नभई वर्तमानको साझेदार हुन।युवा राष्ट्रिय विकासका प्रमुख मानव स्रोत र साधन भएकोले यिनको विकास नभै देशको विकास असंभव छ ।
मानव सभ्यताको विकास कहिले, काहाँबाट र कसरी भयो भन्नेबारेमा एकिन धारणा अझसम्म आउन सकेको छैन। तर वैज्ञानिक धारणाअनुसार इ•स• १८५९ मा चाल्र्स डार्वीनले “On the origin of species ” पुस्तकमा “जीवनका विभिन्न अवस्थाहरु परिवर्तनशिल छन जसको कारणले निरन्तर नयाँ – नयाँ प्राणीहरुको विकास हुने गर्दछ।”
भनि उल्लेख गरेका थिए । यसरी प्राणीजगतकै विकासक्रम र वातावरणीय अनुकूलता र प्रतिकूलताका भरपर्ने हुनाले जे-जति प्राणी वातावरणीय परिस्थितिको सामना गर्न सक्छन ती बाँच्छन् र अरु सबै मर्दै जान्छन भन्ने कुरालाई
डार्वीनले व्यख्या गरेका थिए । मानवको उत्पति भगवान वा बर्माबाट नभई बाँदर (APE) बाट क्रमश: विकशित हुदै अहिलेको अवस्थामा आएको भन्ने वैज्ञानिक तर्क दिएका छन।
जब मानब सभ्यताको विकासक्रमले विस्तारै गतिशीलता लिन थाल्यो इतिहासका विभिन्न घटनाहरुमा पनि क्रमिक रुपमा परिवर्तन भयो जब विभिन्न राजनीतिज्ञ, चिकित्साशाषस्त्रीय , दार्शनशाष्त्रिय अर्थशास्त्रीय ,साम्यवादी , क्रान्तिकारी जस्तै सुकरात, अरस्तु ,कौटिल्य,कार्ल मार्क्स, आदी इत्यादी धार्मिक व्यक्तित्वहरु वेदव्यास , बाल्मीकी, गुरु नानक , जेसस क्राइस्ट साथै वैज्ञानिकहरु आर्किमिडिज , गेलिलियो गेलिली, आइज्याक न्युटन, माइकल फाराडे।
अल्वर्ट आइन्स्टाइन को जन्म भयो विश्वमै एक भिन्नखालको युगान्तकारी अविस्मरणीय भिषण परिवर्तन भएको देखिन्छ । अहिले जे जति विश्वमा आमूल परिवर्तन भईरहेको छ त्यसको स्रेह पहिलोका युवा अर्थात प्राचिन युगका महानायक जसले आफ्नो युवाशक्तिलाई सही रुपमा प्रयोग गरेर सबैलाई चकित बनाउन सफल भए । ढुङ्गे काल देखी लिएर अहिले आधुनिक कालसम्म आउनुमा बिचमा जे-जति अतुलनिय खोज तथा आविस्कार भयो त्यसको मुल खम्बा पहिलेका युग पुस्ता हरुको नाम लिन सक्किन्छ। जसले गरे के हुंदैन भनेर आफ्नो नाम अमर राखेर गए। युवा अवस्था सम्पूर्ण जीवनको सबैभन्दा ऊर्जाशील समय हो । युवक हुनका लागि शारीरिक, मानसिक एवं संवेगात्मक विकास उत्कर्षको चरणमा पुगेको हुनु पर्दछ । युवा भन्नाले शरिरमा बल, मस्तिष्कमा सोच, मनमा सपना र सपना साकार गर्न सक्ने क्षमताका साथै जोस र जाँगर भएको उमेर हो । समृद्ध एवम् सबल युवा हुनका लागि उमेरका साथसाथै शारिरीक एवम् मानसिक स्वस्थताका साथसाथै सामाजिक, राजनीतिक, सांस्कृतिक एवम् आर्थिक वातावरण समेत उन्नत हुनु जरुरी छ ।
युवा अवस्थालाई विभिन्न मुलुकले फरक फरक तरिकाले परिभाषित गरेको पाइन्छ । शारीरिक र मानसिक विकासका दृष्टिले युवा भन्नाले किशोर अवस्था र वयस्क अवस्थाबीचको उमेर समूहलाई जनाउँछ । यो कूल जनसङ्ख्याको सर्वाधिक सक्रिय, उर्जावान् र गतिशील समूह हो । संसारका विभिन्न देशहरूको अनुभव हेर्दा पनि युवाको उमेर समूह फरक फरक पाइन्छ । संयुक्त राष्ट्रसंघ र विश्व बैँक जस्ता अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको पाइन्छ ।
पछिल्लो पटक संयुक्त राष्ट्रसंघले समेत UNSCR 2250 का सन्दर्भमा युवाको उमेर समूहलाई १५-२९ को रुपमा आत्मसात गरेको सन्दर्भ पनि छ । नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । वि.सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा यो कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत हुन आउँछ । नेपाल सरकारका विभिन्न निकायमा युवा उमेर समूहबारे अझ एकरूपता कायम हुन नसकिरहेको सन्दर्भमा युथ भिजन २०२५ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ । उमेर त एउटा सङ्ख्या मात्र हो एक युवक समयअनुसार परिवर्तित हुन सक्दैन ऊ एक कुसल युवा ठह्रर्रिदैन।
युवा समग्र जीवनको यस्तो उमेर हो, जहाँ व्यक्तिमा साहस, सिर्जनाशिलता, नविन दृष्टिकोण सिक्ने क्षमता एवं उच्च आत्मविश्वास हुन्छ । यि सबै गुण एउटै अवस्थामा देखापर्ने हुनाले मानव जीवनकै सर्वाधिक उर्जाशिल समयको रूपमा युवा अवस्थालाई लिइन्छ । तद् अनुरूप आम जनता राष्ट्रले आशा र भरोसा गर्ने उमेर पनि यहि हो । तर विडम्बना हाम्रा युवाहरूमा केवल उमेर देखियो, न युवापन देखियो न युवामन देखियो ।
नेपाली युवाहरु म के देखीयो भने ईल्लोजीकल पुरातनवादी कुराहरु कामहरु जबरजस्ती अनुसरण गर्न लगाइयो आफ्नो बाजे /बराजु जे गरी आईरहेको छन त्यस काममा धक्केलियो यसो गर्दा उनिहरु समयअनुसार चल्न निकै कठिन भयो आफ्नो मन विचार कुनामा खुम्चायर लागी पर्न बाध्य बने । तर अबको युग परिवर्तन को युग जो समयसँगै परिवर्तन हुन सक्छ उसले विजय हासिल गर्छ जो सक्दैन डार्वीनले को नियम अनुसार वातावरणीय परिस्थितिको सामना गर्न सक्ने जति बांचे र जसले सकेन ति प्रणीहरु को अस्तित्व रहेन हो र ओझेल पर्दै गए । यो कुरालाई मनन गरी समयअनुसार चल्नु एकदम आवश्यक छ।
युवालाई भविष्यको नेतृत्वकर्ता भन्दै मुलधारको राजनीतिबाट बञ्चित गराउने, वर्तमानमा युवाको अस्तित्व अस्वीकार गर्ने र भविष्यको सपना देखाएर सधै खाडी मुलुकमा पठाउने मनोवृत्ति पाको नेतृत्वमा देखियो भन्ने मत नभएको होइन । समय परिस्थिति फेरिएको छ तर नेपाली युवाहरू विभिन्न व्यवस्थाका नाममा रोमल्लीरहेका छन् । मिहिनेत गरेर देश निर्माणका लागि पसिना बगाउने युवा देशले खोजिरहेको छ, तर हाम्रा तरूणहरू फेरि पनि रगत बगाउने, चन्दा आतंक फैलाउने बाटोमा दौडिरहेका छन् । यस्ता कार्य देशको लागि आवश्यक छैन भन्ने कुराको पुष्टि १० बर्षे सशस्त्र द्वन्द्वकालले गरिसकेको छ । यो प्रवृत्तिले हामीलाई कहि पुर्याउँदैन?
अब बदलिएको अवस्थालाई बुझेर देशलाई नविन विचार प्रदान गर्न सक्ने युवा जनशक्ति आवश्यक छ । ०६२/६३ को जनआन्दोलन पछि राजतन्त्रको विदाई गरी नेपाल देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा प्रवेश गराएसँगै हामीले निमार्ण गरेको स्थानीय, प्रदेश र संघीय सरकार गरी तिन तहको सरकारमा युवाको थोरै प्रयोग भएको देखिन्छ तर विश्वस्निए ढंग ले पूर्णरुपमा सन्चालन गर्न असमर्थ देखीयो। यसको मूल कारण नै समयको माग संगै परिवर्तनशिल युवाको पहुच नहुनु हो । युवा परिवार, समाज र राष्ट्र कै सामाजिक, आर्थिक एवंम् सांस्कृतिक रूपान्तरणका लागि मात्र नभई शोषण, अन्याय, अत्याचार र दमनबाट ग्रसित समाजलाई उज्यालो मुहारमा बदल्न सक्ने सार्मथ्य भएको हुनुपर्छ । युवाहरू समाजका लागि उदाहरणीय र अनुकरणीय हुनुपर्छ ।
युवा नेतृत्वले बोल्ने भाषा अरूका लागि मार्गदर्शन गर्न लायक हुनुपर्छ । युवाहरूले २१औ शताब्दीमा वोल्ने वचन भोलिको दर्शन हुनुपर्छ । युवा नेतृत्वले देशका आम नागरिकहरूसँग गर्ने व्यवहार समाजका प्रत्येक सदस्यले अँगाल्न सक्ने हुनुपर्छ । हामी अहिले कस्तो समाजमा जीवन विताइरेका छौ ? हाम्रा अगाडिका चुनौतीका पर्खालहरू के–के हुन् ? यी पर्खालहरू भत्काउँदै सभ्य अनि सु–संस्कृत समाज निर्माणका लागि हामीले कुन–कुन क्षेत्रमा पहल गरिरहेका छौ । यी प्रश्नको उचित समाधान गर्न सक्ने तागत भएको युवा नेतृत्व आजको आवश्यकता हो ।
लेखक: सुर्य अर्याल
Goldengate international college, kathmandu


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया