
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
विश्वका हरेक परिवर्तनमा युवाको महत्वपुर्ण योगदान हुन्छ। राज्यको उदयसँगै राष्ट्र निर्माण तथा समाजको आर्थिक, सामाजिक तथा राजनीतिक विकासमा पनि युवाको भूमिका सधैं अग्रणी रहदै आएको छ। समाज, राष्ट्रको शक्ति युवा शक्ति भबिष्यको कर्णधार मात्र नभई वर्तमानको साझेदार हुन।युवा राष्ट्रिय विकासका प्रमुख मानव स्रोत र साधन भएकोले यिनको विकास नभै देशको विकास असंभव छ ।
मानव सभ्यताको विकास कहिले, काहाँबाट र कसरी भयो भन्नेबारेमा एकिन धारणा अझसम्म आउन सकेको छैन। तर वैज्ञानिक धारणाअनुसार इ•स• १८५९ मा चाल्र्स डार्वीनले “On the origin of species ” पुस्तकमा “जीवनका विभिन्न अवस्थाहरु परिवर्तनशिल छन जसको कारणले निरन्तर नयाँ – नयाँ प्राणीहरुको विकास हुने गर्दछ।”
भनि उल्लेख गरेका थिए । यसरी प्राणीजगतकै विकासक्रम र वातावरणीय अनुकूलता र प्रतिकूलताका भरपर्ने हुनाले जे-जति प्राणी वातावरणीय परिस्थितिको सामना गर्न सक्छन ती बाँच्छन् र अरु सबै मर्दै जान्छन भन्ने कुरालाई
डार्वीनले व्यख्या गरेका थिए । मानवको उत्पति भगवान वा बर्माबाट नभई बाँदर (APE) बाट क्रमश: विकशित हुदै अहिलेको अवस्थामा आएको भन्ने वैज्ञानिक तर्क दिएका छन।
जब मानब सभ्यताको विकासक्रमले विस्तारै गतिशीलता लिन थाल्यो इतिहासका विभिन्न घटनाहरुमा पनि क्रमिक रुपमा परिवर्तन भयो जब विभिन्न राजनीतिज्ञ, चिकित्साशाषस्त्रीय , दार्शनशाष्त्रिय अर्थशास्त्रीय ,साम्यवादी , क्रान्तिकारी जस्तै सुकरात, अरस्तु ,कौटिल्य,कार्ल मार्क्स, आदी इत्यादी धार्मिक व्यक्तित्वहरु वेदव्यास , बाल्मीकी, गुरु नानक , जेसस क्राइस्ट साथै वैज्ञानिकहरु आर्किमिडिज , गेलिलियो गेलिली, आइज्याक न्युटन, माइकल फाराडे।
अल्वर्ट आइन्स्टाइन को जन्म भयो विश्वमै एक भिन्नखालको युगान्तकारी अविस्मरणीय भिषण परिवर्तन भएको देखिन्छ । अहिले जे जति विश्वमा आमूल परिवर्तन भईरहेको छ त्यसको स्रेह पहिलोका युवा अर्थात प्राचिन युगका महानायक जसले आफ्नो युवाशक्तिलाई सही रुपमा प्रयोग गरेर सबैलाई चकित बनाउन सफल भए । ढुङ्गे काल देखी लिएर अहिले आधुनिक कालसम्म आउनुमा बिचमा जे-जति अतुलनिय खोज तथा आविस्कार भयो त्यसको मुल खम्बा पहिलेका युग पुस्ता हरुको नाम लिन सक्किन्छ। जसले गरे के हुंदैन भनेर आफ्नो नाम अमर राखेर गए। युवा अवस्था सम्पूर्ण जीवनको सबैभन्दा ऊर्जाशील समय हो । युवक हुनका लागि शारीरिक, मानसिक एवं संवेगात्मक विकास उत्कर्षको चरणमा पुगेको हुनु पर्दछ । युवा भन्नाले शरिरमा बल, मस्तिष्कमा सोच, मनमा सपना र सपना साकार गर्न सक्ने क्षमताका साथै जोस र जाँगर भएको उमेर हो । समृद्ध एवम् सबल युवा हुनका लागि उमेरका साथसाथै शारिरीक एवम् मानसिक स्वस्थताका साथसाथै सामाजिक, राजनीतिक, सांस्कृतिक एवम् आर्थिक वातावरण समेत उन्नत हुनु जरुरी छ ।
युवा अवस्थालाई विभिन्न मुलुकले फरक फरक तरिकाले परिभाषित गरेको पाइन्छ । शारीरिक र मानसिक विकासका दृष्टिले युवा भन्नाले किशोर अवस्था र वयस्क अवस्थाबीचको उमेर समूहलाई जनाउँछ । यो कूल जनसङ्ख्याको सर्वाधिक सक्रिय, उर्जावान् र गतिशील समूह हो । संसारका विभिन्न देशहरूको अनुभव हेर्दा पनि युवाको उमेर समूह फरक फरक पाइन्छ । संयुक्त राष्ट्रसंघ र विश्व बैँक जस्ता अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मानेको पाइन्छ ।
पछिल्लो पटक संयुक्त राष्ट्रसंघले समेत UNSCR 2250 का सन्दर्भमा युवाको उमेर समूहलाई १५-२९ को रुपमा आत्मसात गरेको सन्दर्भ पनि छ । नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । वि.सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा यो कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत हुन आउँछ । नेपाल सरकारका विभिन्न निकायमा युवा उमेर समूहबारे अझ एकरूपता कायम हुन नसकिरहेको सन्दर्भमा युथ भिजन २०२५ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ । उमेर त एउटा सङ्ख्या मात्र हो एक युवक समयअनुसार परिवर्तित हुन सक्दैन ऊ एक कुसल युवा ठह्रर्रिदैन।
युवा समग्र जीवनको यस्तो उमेर हो, जहाँ व्यक्तिमा साहस, सिर्जनाशिलता, नविन दृष्टिकोण सिक्ने क्षमता एवं उच्च आत्मविश्वास हुन्छ । यि सबै गुण एउटै अवस्थामा देखापर्ने हुनाले मानव जीवनकै सर्वाधिक उर्जाशिल समयको रूपमा युवा अवस्थालाई लिइन्छ । तद् अनुरूप आम जनता राष्ट्रले आशा र भरोसा गर्ने उमेर पनि यहि हो । तर विडम्बना हाम्रा युवाहरूमा केवल उमेर देखियो, न युवापन देखियो न युवामन देखियो ।
नेपाली युवाहरु म के देखीयो भने ईल्लोजीकल पुरातनवादी कुराहरु कामहरु जबरजस्ती अनुसरण गर्न लगाइयो आफ्नो बाजे /बराजु जे गरी आईरहेको छन त्यस काममा धक्केलियो यसो गर्दा उनिहरु समयअनुसार चल्न निकै कठिन भयो आफ्नो मन विचार कुनामा खुम्चायर लागी पर्न बाध्य बने । तर अबको युग परिवर्तन को युग जो समयसँगै परिवर्तन हुन सक्छ उसले विजय हासिल गर्छ जो सक्दैन डार्वीनले को नियम अनुसार वातावरणीय परिस्थितिको सामना गर्न सक्ने जति बांचे र जसले सकेन ति प्रणीहरु को अस्तित्व रहेन हो र ओझेल पर्दै गए । यो कुरालाई मनन गरी समयअनुसार चल्नु एकदम आवश्यक छ।
युवालाई भविष्यको नेतृत्वकर्ता भन्दै मुलधारको राजनीतिबाट बञ्चित गराउने, वर्तमानमा युवाको अस्तित्व अस्वीकार गर्ने र भविष्यको सपना देखाएर सधै खाडी मुलुकमा पठाउने मनोवृत्ति पाको नेतृत्वमा देखियो भन्ने मत नभएको होइन । समय परिस्थिति फेरिएको छ तर नेपाली युवाहरू विभिन्न व्यवस्थाका नाममा रोमल्लीरहेका छन् । मिहिनेत गरेर देश निर्माणका लागि पसिना बगाउने युवा देशले खोजिरहेको छ, तर हाम्रा तरूणहरू फेरि पनि रगत बगाउने, चन्दा आतंक फैलाउने बाटोमा दौडिरहेका छन् । यस्ता कार्य देशको लागि आवश्यक छैन भन्ने कुराको पुष्टि १० बर्षे सशस्त्र द्वन्द्वकालले गरिसकेको छ । यो प्रवृत्तिले हामीलाई कहि पुर्याउँदैन?
अब बदलिएको अवस्थालाई बुझेर देशलाई नविन विचार प्रदान गर्न सक्ने युवा जनशक्ति आवश्यक छ । ०६२/६३ को जनआन्दोलन पछि राजतन्त्रको विदाई गरी नेपाल देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा प्रवेश गराएसँगै हामीले निमार्ण गरेको स्थानीय, प्रदेश र संघीय सरकार गरी तिन तहको सरकारमा युवाको थोरै प्रयोग भएको देखिन्छ तर विश्वस्निए ढंग ले पूर्णरुपमा सन्चालन गर्न असमर्थ देखीयो। यसको मूल कारण नै समयको माग संगै परिवर्तनशिल युवाको पहुच नहुनु हो । युवा परिवार, समाज र राष्ट्र कै सामाजिक, आर्थिक एवंम् सांस्कृतिक रूपान्तरणका लागि मात्र नभई शोषण, अन्याय, अत्याचार र दमनबाट ग्रसित समाजलाई उज्यालो मुहारमा बदल्न सक्ने सार्मथ्य भएको हुनुपर्छ । युवाहरू समाजका लागि उदाहरणीय र अनुकरणीय हुनुपर्छ ।
युवा नेतृत्वले बोल्ने भाषा अरूका लागि मार्गदर्शन गर्न लायक हुनुपर्छ । युवाहरूले २१औ शताब्दीमा वोल्ने वचन भोलिको दर्शन हुनुपर्छ । युवा नेतृत्वले देशका आम नागरिकहरूसँग गर्ने व्यवहार समाजका प्रत्येक सदस्यले अँगाल्न सक्ने हुनुपर्छ । हामी अहिले कस्तो समाजमा जीवन विताइरेका छौ ? हाम्रा अगाडिका चुनौतीका पर्खालहरू के–के हुन् ? यी पर्खालहरू भत्काउँदै सभ्य अनि सु–संस्कृत समाज निर्माणका लागि हामीले कुन–कुन क्षेत्रमा पहल गरिरहेका छौ । यी प्रश्नको उचित समाधान गर्न सक्ने तागत भएको युवा नेतृत्व आजको आवश्यकता हो ।
लेखक: सुर्य अर्याल
Goldengate international college, kathmandu


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया