
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
लेखक : धुब्र केसी पछिल्लो समय राजनैतिक फाटमा गर्मागर्मीको सृजना त्यतिबेला बाट सुरु भयो जतिबेला एम सी सी ले नेपालमा आफ्नो विमान अवतरण गराउन उचित विमानस्थलको खोजी गर्यो।चोक चोक गल्लीगल्लिमा एम सी सी ले दिने अनुदान र सहयोगको निकै ठूलो टीका टिप्पणी र अभिव्यक्ति आआफ्नो खोपडी बाट मन्थन गरि निकाल्न थालियो। बास्तबिकता को पर्दाले ढाकिएको झ्याल एउटा भए पनि देखाउने झ्याल अर्कै थियो। बिशेसत यो अमेरिकी सैन्य सुरक्षा रणनीति अन्तरगत नै थियो।
तथापि यसमा अझपनी मतभेद छ नै। यसैको बिचमा नेकपा दुई ध्रुबमा बिभक्त भएर यो अनुदान लाई स्वीकार गर्ने या नगर्ने भन्ने बिसयमा विभिन्न फरकफरक बहस चले र सामाजिक सन्जालका भित्ता पनि मजा संगै रंगिए। र नेतृत्व ले पनि एकमत जारी गर्न सकेन र सचिवालयमा नै यो रास्ट्रहित बिपरित भएको भन्दै रोक्ने कुरामा बहुमत जारी भयो।तर ओलि यसलाई जसै स्वीकृत गर्नेमा दृढ भएर लागे। जसलाइ रोक्न तत्कालीन सभामुख कृष्ण बहादुर महराले निकै ठूलो रोल खेले र बाधक बने , उनीलाई यहि कारण रोशनीको गोलिले ढलाइयो तर पनि उनले देश ढल्नबाट रोकेकै हुन। त्यसपछि यातायात को सिन्डिकेट हटाउन तत्कालीन यातायात मन्त्रीले ठोस कदम चालुन भन्दै जनताले पनि उनलाई भरपुर सहयोग त गरे नै।
तर उनले पनि उल्टो बाटो तय गर्दै व्यावसायि हरु संगै मिलेर कमिसनको लोभमा जनताको बिस्वासमा लात हान्दै, कम्युनिस्ट सरकारको धज्जिया उडाए। यहाँ पनि सरकारले जनताको अर्को बिस्वासमा दागबत्ती दियो। त्यसपछि फेरि सुन कान्ड चर्चामा आयो, त्यहाँ पनि पुलिसले चोर पत्ता लगाउला र आफ्ना आसेपासे नै पर्लान भन्ने आशंकामा पुलिसलाई नै त्यसमा संलग्न भएको भन्दै सुन काण्ड लाई पनि गुपचुप पारी पल्ला छेउ पुर्याइदियो। जनताको सरकार प्रतिको बिस्वासको तुसरापात त्यही भयो। फेरि पशुपतिको गितलाई प्रतिबन्ध गर्दै अर्को बहादुरीता देखायो। यसरी तात्दै र बल्दै गरेको अगेनोमा गोकुल बास्कोटाले घिउ थप्ने काम गरे। भ्रस्टाचारीको अनुहार पनि हेर्दिन भन्ने प्रधानमन्त्रीले हरेक दिन बिहान ऐना हेर्न छाड्नु भयो या भएन त्यो भने थाहा भएन।
हुन त प्रधानमन्त्रीको तुलोमा एकापट्टी तत्कालीन सरकारका प्रबक्ता तथा सुचना मन्त्री समेत रहेका बास्कोटा र अर्को तुलोमा अरु मन्त्री राख्दा तुलोमा गोकुलले झ्याट्ने कुरा गर्नुभयो । किनकी ७० करोडको बिटो सहित तुलोमा थिए गोकुल। यस्तो खुल्ला भ्रष्टाचार लाई नाङ्गो आखाले हेर्नुभयो या आखामा कालो पट्टि बाध्नु भयो त्यो त सर्वब्यतितै छ। यस्तै फेरी अर्को रास्ट्रवाद त्यतिबेला देखियो जतिबेला स्वास्थ सामाग्री खरिद प्रक्रियामा घोटाला भएको कुरा बाहिरियो। त्यति मै कहाँ सिमित रहयो र काण्डे रास्ट्रवाद, सरकारले फेरि अर्को ठूलो काम गर्यो २३ हजार कम्युटर किन्ने ठेक्का ओम्नी समुहलाई दिएर।
टेन्डरको सुचना समेत संशोधन गरेर डेढ अर्बको सामाग्री लाई साढे तीन अर्व, दुई अर्व बिचबाटो मै झ्वाम किनकि यो रास्ट्रवादी सरकार थियो। यति हुदाहुदै पनि आफुलाई बहुत राष्ट्रवादी देखाउन नेपालको नया नक्साको कुरा र छाप्ने कुरा बिशुद्ध आफुले नै गरेको भनी क्रेडिट लिन तम्सिए ओलि जस्को चुरोकुरो अर्कै थियो। लिम्पियाधुरा सहितको नेपालको पुर्ण नक्सा छाप्नेकुरा र बुदा नेकपाको सचिवालय बैठकले जोडदार निर्णय गरेपछि प्रकाशनको बाटो तय गदै नीति तथा कार्यक्रममा अन्तत समाबेश भयो। नेकपाको चर्किएको बिबादमा आफू दुधले नुहाएको सम्झने प्रमले आफू कोरानाको सम्बन्धमा बढी चिन्तित र केन्द्रीत भएको तर प्रचण्डले यसलाई सामान्य सम्झेर सरकार ढलाउन र सत्ताको खेलमा लागेको अभिव्यक्ति दिएका छन।
जुनकुरा कोरोना पुर्वाधलाई फर्केर हेर्ने र ओलि को कार्यशैली लाई हेर्ने हो भने उनको अभिव्यक्तिको बार्णले उनैलाई साहुती र गिज्याइरहेको देखिन्छ। कोरोना सामान्य अबस्थामा हुँदै गर्दा प्रचण्डले उच्चस्तरीय समेन्त्र बनाउ भन्दा यो सामान्य रोग हो बेसार पानी , तातोपानी खाएर छु मन्त्रर कि बाचा गरेपछि सन्चो हुन्छ भन्ने प्रम कति कर्तव्य निस्ट ? ओलि ले बेलाबेला रास्ट्रवादी प्रोपोगन्डा गज्जवले गर्नुहुन्छ। अहिले फेरि अयोध्या र राम विषय प्रवेश गराएका छन ।
त्यतिमात्र कहाँ हो र मन्दिर बनाउन ठाडो हुकुम पनि भएछ। हुनत इतिहास खोज्ने कुरा आफैमा राम्रो हो यसको लागि म सलाम गर्छु प्रम लाई तर प्रधान कुरा र आजको प्रमुख आबस्यकता के हो भन्ने कुराको सामान्य जानकारी नहुनु पक्कै पनि कुशल शासकको बिशेसता भित्र पर्दैन। आजको आबस्यकता अयोध्या हुदैहोइन लिम्पियाधुरा, लिपुलेक हो। राम पक्कै होइन PCR र Isolation center हो। राम मन्दिर पक्कै होइन नङ्गिएका चेपाङका घर हो, त्यसैले प्रधानमन्त्री ज्यु कृपया यो गहिरो सपना बाट बिउझनुहोस। नाङ्गो नाच देखाएर जग नहसाउनु होस। कम्तीमा लाज मान्न सिक्नुहोस। एउटा समूह होइन सिङ्गो देश चलाउनुहोस।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया