म दुखले नाक छोपेर
उ भन्दा 3 फिट टाढा बसे
हातमा लिक्युड घसेर
एक्लै क्वारेन्टाइन रमाइरहे
किनकी मलाई माया छ मेरो,
मेरो परिवारको, मेरो गाउँको
त्यस्तै माया छ मेरो देशको
यो संकटमा
म मुस्कुराउछु ,
हास्छु
नाच्छु
रमाउछु
बाच्छु
तर कल्पनामा मात्र
मुस्कुराउन के हो जान्दिन,
हास्न म सक्दिन, नाच्न अंह नाइ!
रमाउन आखिर कसरी ?
बाच्न आखिर किन ? के का लागि?
यो अनुत्तरित मुक्तिको लागि सबै देश, अनि
बैज्ञानिक ,डक्टर अनबरत लाग्दै छन।
तर नियतिले हार खाएको छ।
मलाइ यस्तै लाग्थ्यो।
म त्यही गलत भए , अर्को पाटो
कहिल्यै बुझिन।
सायद प्रयास न्यून भयो
सार त अर्कै रहेछ।
प्रधानमन्त्रीलको बेसारको कुरा
तातो पानीको कुराले
उहाको अदभूत क्षमता दर्शाउदै फेरी
डक्टर , बैज्ञानिक पनि उहाको
डिग्रीमा थपिदियो।
बारीमा फलेको कागती ,
अदुवाले हाक्छिउ गरि
यो कोरानालाई मरोना पारीदियो।
मलाइ पनि गर्भ छ अदभूत क्षमताको
प्रधानमन्त्री पाएकोमा,
अदित्तिय डक्टर पाएकोमा,
निकै खोजमुलक बैज्ञानिक पाएकोमा!
#जय प्रम म तिम्रो एकलब्य!!!!!!!! लेखक : धुब्र केसी