कठै मेरो देश, अनि नृह म बबुरो
हावाहुरी मेरै देशको अगन भएर जान्छ
शीत लहर लाई मेरै देश प्यारो लाग्छ,
बाढी पहिरो मेरै देशको माटोमा रमाउन खोज्छ।
सुर्यलाई पनि यहि देशको
ओसिलो भुमिमा नजर लगाउनु छ।
जमिनलाई हल्लाएर बस्तिहरुको भाग दौड हेर्न
खुब मन पराउने भुइचालो लाई पनि
मेरै देश संग प्रीति गास्नु छ।
कोरोना ले सबै रोना बनाइ विश्व भ्रमणमा
निस्किएको छ र नजिकैको छिमेकीको
घरमा चिहान खन्दै छ
अब मेरो भुमिको गेटद्वार छिर्ने जमर्को मा छ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।
जब यो संकटको घडिमा मेरो देशले मेरो साथ खोज्नु पर्ने हो , तर म बबुरो नृह छु। बिबसताले देश छोड्नु पर्ने वातावरण मेरै देशका नागरिकलाई छ
अनि प्रतिनिधि पात्र म
महाकाली पारी सिमा बाट टुलुटुलु हेरीरहेको छु।
न देशले बोलाउछ न चाहेर म आउन सक्छु।
महाकालीमा हाम फाली गएको मेरो दाजु
कठघरामा उभिएर हेर्न बाध्य छ।
ए लौन सरकार
महामारी ले पनि मेरै देशमा आँखा लम्काउदै छ।
सिहदरवारले राम्रो संग आँखा खोलेर हेर्दैन
बालुवाटारले राम्रो संग कान सुन्दैन।
धनी गरिव समान बनाउछौ भन्नेहरु
धनी बन्ने जमर्कोमा
संकटमा पनि देश लुट्न पछि पर्दैनन् ।
ऎस आराम र बिलासिताको जीवन जीउदै गर्दा
जनतामा भने नुनमा पनि कर लगाउछन।
कठ्ठै मेरो बस्ती , कठ्ठै म बबुरो , कठ्ठै मेरो देश।
✍️ धुर्व केसी