
१हिमपातले अलपत्र यात्रुको उद्धार
२नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
३आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
४पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
५कहिले सुधार होला मौसम ?
६प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
७सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
८पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
९गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
१०लैङ्गिक तथा अल्पसङ्ख्यकको आवाज र सामाजिक न्याय खोज्न संसद् आवाज उठाउनेछु: भूमिका श्रेष्ठ
११पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१२‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
११अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
१२चुनावी सभामा बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
सुदीप भण्डारी बुटवल–२०४० साल फागुनको महिना। नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला देश दौडाहाको लागि निस्केका थिए। रुपन्देहीमा पनि गिरिजाप्रसाद आउने भन्दै कार्यक्रमको तयारी गर्न कांग्रेसले खबर पठायो। कांग्रेसका तत्कालीन रुपन्देही जिल्ला सभापति पुष्पानन्द गिरीले कार्यक्रमको तयारीको लागि जिल्ला समितिको बैठक बोलाए।
बैठकमा कतिपयले यस्तो अवस्थामा कार्यक्रम राख्न गाह्रो हुने भन्दै कार्यक्रम नगर्न सुझाव दिए। तर जिल्ला सभापति पुष्पानन्द गिरीले कार्यक्रम गर्नुपर्ने अडान लिए। ‘प्रजातन्त्रको महायज्ञमा अगाडि बढेका मान्छे डराएर हुँदैन। महामन्त्रीको कार्यक्रम रुपन्देहीको ४ ठाउँमा हुनुपर्छ भनेर बुबा (पुष्पानन्द)ले भन्नुभयो–पुष्पानन्दका छोरा शक्ति प्रशन्न गिरीले घटना भएको ३६ वर्षपछि लुम्बिनी टाइम्ससँग सुनाए–पहिलो कार्यक्रम मेरै घरबाट सुरु गरौं भनेपछि कार्यक्रम तय भयो।’
योजनाअनुसार नै कार्यक्रम हुने भयो। २०४० साल फागुन २० गते गिरिजाप्रसाद, सुशील कोइराला, शेरवहादुर देउवा, रामचन्द्र पौडेल, शैलजा आचार्यसहितका नेता र जिल्लाका नेता कार्यकर्ताहरु सुरजपुरामा भेला भए। पुष्पानन्द गिरीको घरको आगनमा कार्यक्रम सुरु भयो।
गिरिजाप्रसाद कोइरालाले सम्बोधन गरे। ‘साथीहरु हामी अपहरण भएको हाम्रो प्रजातन्त्र पुनः स्थापनाको लागि अघि बढ्दैछौं। हामी कसैसँग डराउन हुँदैन, हामी डरायौं भने केही गर्न सक्दैनौ। पुलिस प्रशासनले हामीलाई तर्साउन खोज्छन्, अनेक हतकण्डा अपनाउन सक्छन्, समात्न सक्छन्, कारबाही पनि गर्न सक्छन्। तर हामी पछि हट्न हुँदैन। तपाईहरुले आफ्नो मनबाट डर भन्ने शब्दलाई निकालिदिनुस्।’–सभामा गिरिजाप्रसाद कोइरालाले भन्दै थिए।
त्यत्तिकैमा गाउँको नजिकै एक हुल मान्छे काला झण्डा लिएर सभा भएतिरै आउँदैछन् भन्ने खबर आयो। यो कुरा सुनाउँदा गिरिजाले ‘काला झण्डा लिएर आएका छन् भने त एकदमै राम्रो। त्यही विरोध गर्न पाइएन, आफ्नो अभिव्यक्ति राख्न पाइएन भनेरै हामीले संघर्ष गरिरहेका छौं। केही फरक पदैन।’ भनेर कार्यकर्तालाई सम्झाए।
आक्रमणकारीहरु अर्थात कांग्रेसको त्यतिबेलाको भाषामा ‘मण्डले’हरु पुष्पानन्दको घरतर्फ आउनै लागेको खबर आएपछि गिरिजाप्रसाद कोइरालाले भाषण छोट्याए। पुष्पानन्द गिरी लगायतले कोइरालालाई घरको माथिल्लो तलामा लिएर गए। आक्रमणकारीहरु आएर घरमा तोडफोड गर्न थाले। ‘हातमा नांगा खुकुरी लिएका, सबैले झोला बोकेका थिए, लाठी बोकेका थिए, केहीका हातमा रक्सीका जर्किन थिए’–शक्तिप्रशन्न सम्झिन्छन्–‘झोलाबाट ढुंगा निकालेर सबैले ढुंगा प्रहार गर्न थाले।’
गिरिजाप्रसादलाई घरको पहिलो तलामा लगेर राखेर तलामा प्रवेश गर्ने घोप्टे ढोका लगाएर त्यसमाथि भोटे ताल्चा लगाइएको थियो। महामन्त्रीको सुरक्षा गर्नु थियो। घरको ढोका बन्द गरेर गजुर लगाइएयो। झ्याल फोडेर उनीहरु घरभित्र पसे। तर माथिल्लो तलामा जान सकेनन्। बाहिरै भएका शेरबहादुर देउवाको ओठमा ढुंगाले लाग्यो। देउवाको ओठमा अझै पनि त्यो खत देख्न सकिन्छ। ढुंगाले लागेपछि देउवालाई पनि माथिल्लो तलामा लगियो। लगातार २ घण्टासम्म उनीहरुले ढुंगा प्रहार गरे। भेटेजतिका कार्यकर्तालाई आक्रमण गरे। प्रहरीकै संरक्षणमा त्यहाँ आक्रमण भएको प्रत्यक्षदर्शी कांग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल बताउँछन्। ‘हामीले उनीहरुलाई प्रतिकार गर्न खोज्दा पुलिसले गोली चलाउने, उनीहरुले हामीलाई आक्रमण गर्दा पुलिसले केही नगर्ने अवस्था थियो– उनी त्यसबेलाको कहालीलाग्दो अवस्था सम्झिन्छन्–‘भाला, खुकुरी, खुँडा लिएर त्यो अवस्थामा सांघातीक हमला गरिरहे।’
माथिल्लो तलामा जान नसकेपछि उनीहरुले घरभित्रको धेरै सामान लिएर गएका थिए। ‘शरीरमा लगाएको कपडा बाहेक अरु बाँकी राखेनन–उनले भने–घरका लत्ताकपडा जम्मा पारेर भ¥याङ मुनि आगो लगाएर हिडे। एकछिनपछि छरछिमेकका महिला दिदीबहिनी आएर आगो निभाउनुभयो।’ भयानक अवस्था थियो त्यो।
उनीहरुले भेटेजतिका नेता कार्यकर्तालाई कुटेछन्। यादवनाथ आलोक गम्भीर घाइते अवस्थामा गहुँबारीमा भेटिए। सामान्य चोटपटक लागेका सहित २ सय भन्दा बढी घाइते अवस्थामा थिए। घटनामा गम्भीर घाइते भएका १९ जनालाई गोरुले तान्ने ६ वटा लडियामा राखेर सेमरा बजारसम्म लगियो। अरु घाइतेहरु हिडेर गए। सेमराबजारबाट ट्रकमा राखेर बुटवल ल्याइयो। २२ गते सुरजपुरा घटनामा घाइते भएका यादवनाथ आलोकको मृत्यु भयो। शिक्षक रामप्रसाद चौधरीको घटनाको दशौं दिनमा ज्यान गयो।
गिरिजाप्रसाद कोइरालालाई मार्ने उदेश्यले नै सुरजपुरा घटना घटाइएको त्यसबेलाका प्रत्यक्षदर्शी बताउँछन्। सुरजपुरा आउन भन्दा अघि पनि बाटोमा गिरिजाप्रसाद कोइरालालाई आक्रमण गर्ने योजना बनेको पुष्पानन्दका अर्को छोरा युवराज गिरी बताउँछन्। ‘आक्रमण गर्न खोज्दैछन् भन्ने एक खालको जानकारी थियो। गिरिजाबाबुलाई लिन म पनि खैरेनीसम्म आएको थिएँ। तर खैरेनी चोकबाट लैजान सक्ने परिस्थिति थिएन’–उनले भने–‘त्यो भन्दा पूर्व ज्यामिरेबाट नदीको किनारैकिनार हिँडालेर उहाँलाई घर पु¥यायौं।’
काठमाडौंबाट आउने क्रममा पनि गिरिजाप्रसाद कोइरालाले गाडी परिवर्तन गरेका कारण आक्रमणबाट बचेको युवराज गिरीले सुनाए। ‘काठमाडौबाट रुपन्देही आउँदै गर्दा चितवन भन्दा पर उहाँ चढेको गाढी बिग्रियो–उनले भने–‘त्यसपछि अर्को गाडी चढेर आउनुभयो। त्यसैले उनीहरुले पत्तो पाएनन्। नत्र गिरिजाबाबुलाई बाटोमै सिध्याउने योजना बनाएका रहेछन्।’
तत्कालीन राजा वीरेन्द्रलाई चुनौती दिँदै हिडेकाले गिरिजाप्रसाद कोइरालामाथि आक्रमणको प्रयास भएको कांग्रेसको तर्क छ। गिरिजाप्रसाद कोइराला र राजा वीरेन्द्रबीच भेट हुँदा राजाले गिरिजालाई भनेछन्–‘तपाईहरुको नेपाली कांग्रेस धेरै ग्याप भयो जनताबाट टाढा हुनुभयो। तपाइँको कुरा कसले सुन्छ अब।’
जवाफमा गिरिजाप्रसादले भनेछन्–‘अब म जनतामाझ जान्छु मेचीदेखी महाकालीसम्म पुग्छु। शहरमुखी नभई गाउँका मान्छेहरुसँग आफ्ना कुरा राख्छु।’ त्यति भनेर देश दौडाहमा निस्किएका थिए गिरिजाप्रसाद। त्यस क्रममा सुरजपुरामा आए। ‘कांग्रेसलाई गाउँगाउँमा जान नदिने उदेश्यले नै त्यसबेलाको घटना घटाइएको हो।’ कांग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले भने। मुलुकमा बहुदलीय व्यवस्था आउन भन्दा झण्डै ६ वर्ष अघि २०४० साल फागुन २० गते भएको सुरजपुरा काण्ड नेपाली कांग्रेसको इतिहासको एउटा काहालीलाग्दो घटना हो। गिरिजाप्रसाद कोइरालालाई आक्रमण गर्ने उदेश्यले गराइएको घटनामा दुई जनाले ज्यान गुमाए। २ सय भन्दा बढी घाइते भएका थिए।
त्यस घट्नापछि गिरिजाप्रसाद कोइराला ४ पटक सुरजपुरा पुगेका छन्। अरु केन्द्रीय नेता पनि रुपन्देही आएको बेलामा सुरजपुरा पुग्छन्।


१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रतिक्रिया