
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
सुदीप भण्डारी बुटवल–२०४० साल फागुनको महिना। नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला देश दौडाहाको लागि निस्केका थिए। रुपन्देहीमा पनि गिरिजाप्रसाद आउने भन्दै कार्यक्रमको तयारी गर्न कांग्रेसले खबर पठायो। कांग्रेसका तत्कालीन रुपन्देही जिल्ला सभापति पुष्पानन्द गिरीले कार्यक्रमको तयारीको लागि जिल्ला समितिको बैठक बोलाए।
बैठकमा कतिपयले यस्तो अवस्थामा कार्यक्रम राख्न गाह्रो हुने भन्दै कार्यक्रम नगर्न सुझाव दिए। तर जिल्ला सभापति पुष्पानन्द गिरीले कार्यक्रम गर्नुपर्ने अडान लिए। ‘प्रजातन्त्रको महायज्ञमा अगाडि बढेका मान्छे डराएर हुँदैन। महामन्त्रीको कार्यक्रम रुपन्देहीको ४ ठाउँमा हुनुपर्छ भनेर बुबा (पुष्पानन्द)ले भन्नुभयो–पुष्पानन्दका छोरा शक्ति प्रशन्न गिरीले घटना भएको ३६ वर्षपछि लुम्बिनी टाइम्ससँग सुनाए–पहिलो कार्यक्रम मेरै घरबाट सुरु गरौं भनेपछि कार्यक्रम तय भयो।’
योजनाअनुसार नै कार्यक्रम हुने भयो। २०४० साल फागुन २० गते गिरिजाप्रसाद, सुशील कोइराला, शेरवहादुर देउवा, रामचन्द्र पौडेल, शैलजा आचार्यसहितका नेता र जिल्लाका नेता कार्यकर्ताहरु सुरजपुरामा भेला भए। पुष्पानन्द गिरीको घरको आगनमा कार्यक्रम सुरु भयो।
गिरिजाप्रसाद कोइरालाले सम्बोधन गरे। ‘साथीहरु हामी अपहरण भएको हाम्रो प्रजातन्त्र पुनः स्थापनाको लागि अघि बढ्दैछौं। हामी कसैसँग डराउन हुँदैन, हामी डरायौं भने केही गर्न सक्दैनौ। पुलिस प्रशासनले हामीलाई तर्साउन खोज्छन्, अनेक हतकण्डा अपनाउन सक्छन्, समात्न सक्छन्, कारबाही पनि गर्न सक्छन्। तर हामी पछि हट्न हुँदैन। तपाईहरुले आफ्नो मनबाट डर भन्ने शब्दलाई निकालिदिनुस्।’–सभामा गिरिजाप्रसाद कोइरालाले भन्दै थिए।
त्यत्तिकैमा गाउँको नजिकै एक हुल मान्छे काला झण्डा लिएर सभा भएतिरै आउँदैछन् भन्ने खबर आयो। यो कुरा सुनाउँदा गिरिजाले ‘काला झण्डा लिएर आएका छन् भने त एकदमै राम्रो। त्यही विरोध गर्न पाइएन, आफ्नो अभिव्यक्ति राख्न पाइएन भनेरै हामीले संघर्ष गरिरहेका छौं। केही फरक पदैन।’ भनेर कार्यकर्तालाई सम्झाए।
आक्रमणकारीहरु अर्थात कांग्रेसको त्यतिबेलाको भाषामा ‘मण्डले’हरु पुष्पानन्दको घरतर्फ आउनै लागेको खबर आएपछि गिरिजाप्रसाद कोइरालाले भाषण छोट्याए। पुष्पानन्द गिरी लगायतले कोइरालालाई घरको माथिल्लो तलामा लिएर गए। आक्रमणकारीहरु आएर घरमा तोडफोड गर्न थाले। ‘हातमा नांगा खुकुरी लिएका, सबैले झोला बोकेका थिए, लाठी बोकेका थिए, केहीका हातमा रक्सीका जर्किन थिए’–शक्तिप्रशन्न सम्झिन्छन्–‘झोलाबाट ढुंगा निकालेर सबैले ढुंगा प्रहार गर्न थाले।’
गिरिजाप्रसादलाई घरको पहिलो तलामा लगेर राखेर तलामा प्रवेश गर्ने घोप्टे ढोका लगाएर त्यसमाथि भोटे ताल्चा लगाइएको थियो। महामन्त्रीको सुरक्षा गर्नु थियो। घरको ढोका बन्द गरेर गजुर लगाइएयो। झ्याल फोडेर उनीहरु घरभित्र पसे। तर माथिल्लो तलामा जान सकेनन्। बाहिरै भएका शेरबहादुर देउवाको ओठमा ढुंगाले लाग्यो। देउवाको ओठमा अझै पनि त्यो खत देख्न सकिन्छ। ढुंगाले लागेपछि देउवालाई पनि माथिल्लो तलामा लगियो। लगातार २ घण्टासम्म उनीहरुले ढुंगा प्रहार गरे। भेटेजतिका कार्यकर्तालाई आक्रमण गरे। प्रहरीकै संरक्षणमा त्यहाँ आक्रमण भएको प्रत्यक्षदर्शी कांग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल बताउँछन्। ‘हामीले उनीहरुलाई प्रतिकार गर्न खोज्दा पुलिसले गोली चलाउने, उनीहरुले हामीलाई आक्रमण गर्दा पुलिसले केही नगर्ने अवस्था थियो– उनी त्यसबेलाको कहालीलाग्दो अवस्था सम्झिन्छन्–‘भाला, खुकुरी, खुँडा लिएर त्यो अवस्थामा सांघातीक हमला गरिरहे।’
माथिल्लो तलामा जान नसकेपछि उनीहरुले घरभित्रको धेरै सामान लिएर गएका थिए। ‘शरीरमा लगाएको कपडा बाहेक अरु बाँकी राखेनन–उनले भने–घरका लत्ताकपडा जम्मा पारेर भ¥याङ मुनि आगो लगाएर हिडे। एकछिनपछि छरछिमेकका महिला दिदीबहिनी आएर आगो निभाउनुभयो।’ भयानक अवस्था थियो त्यो।
उनीहरुले भेटेजतिका नेता कार्यकर्तालाई कुटेछन्। यादवनाथ आलोक गम्भीर घाइते अवस्थामा गहुँबारीमा भेटिए। सामान्य चोटपटक लागेका सहित २ सय भन्दा बढी घाइते अवस्थामा थिए। घटनामा गम्भीर घाइते भएका १९ जनालाई गोरुले तान्ने ६ वटा लडियामा राखेर सेमरा बजारसम्म लगियो। अरु घाइतेहरु हिडेर गए। सेमराबजारबाट ट्रकमा राखेर बुटवल ल्याइयो। २२ गते सुरजपुरा घटनामा घाइते भएका यादवनाथ आलोकको मृत्यु भयो। शिक्षक रामप्रसाद चौधरीको घटनाको दशौं दिनमा ज्यान गयो।
गिरिजाप्रसाद कोइरालालाई मार्ने उदेश्यले नै सुरजपुरा घटना घटाइएको त्यसबेलाका प्रत्यक्षदर्शी बताउँछन्। सुरजपुरा आउन भन्दा अघि पनि बाटोमा गिरिजाप्रसाद कोइरालालाई आक्रमण गर्ने योजना बनेको पुष्पानन्दका अर्को छोरा युवराज गिरी बताउँछन्। ‘आक्रमण गर्न खोज्दैछन् भन्ने एक खालको जानकारी थियो। गिरिजाबाबुलाई लिन म पनि खैरेनीसम्म आएको थिएँ। तर खैरेनी चोकबाट लैजान सक्ने परिस्थिति थिएन’–उनले भने–‘त्यो भन्दा पूर्व ज्यामिरेबाट नदीको किनारैकिनार हिँडालेर उहाँलाई घर पु¥यायौं।’
काठमाडौंबाट आउने क्रममा पनि गिरिजाप्रसाद कोइरालाले गाडी परिवर्तन गरेका कारण आक्रमणबाट बचेको युवराज गिरीले सुनाए। ‘काठमाडौबाट रुपन्देही आउँदै गर्दा चितवन भन्दा पर उहाँ चढेको गाढी बिग्रियो–उनले भने–‘त्यसपछि अर्को गाडी चढेर आउनुभयो। त्यसैले उनीहरुले पत्तो पाएनन्। नत्र गिरिजाबाबुलाई बाटोमै सिध्याउने योजना बनाएका रहेछन्।’
तत्कालीन राजा वीरेन्द्रलाई चुनौती दिँदै हिडेकाले गिरिजाप्रसाद कोइरालामाथि आक्रमणको प्रयास भएको कांग्रेसको तर्क छ। गिरिजाप्रसाद कोइराला र राजा वीरेन्द्रबीच भेट हुँदा राजाले गिरिजालाई भनेछन्–‘तपाईहरुको नेपाली कांग्रेस धेरै ग्याप भयो जनताबाट टाढा हुनुभयो। तपाइँको कुरा कसले सुन्छ अब।’
जवाफमा गिरिजाप्रसादले भनेछन्–‘अब म जनतामाझ जान्छु मेचीदेखी महाकालीसम्म पुग्छु। शहरमुखी नभई गाउँका मान्छेहरुसँग आफ्ना कुरा राख्छु।’ त्यति भनेर देश दौडाहमा निस्किएका थिए गिरिजाप्रसाद। त्यस क्रममा सुरजपुरामा आए। ‘कांग्रेसलाई गाउँगाउँमा जान नदिने उदेश्यले नै त्यसबेलाको घटना घटाइएको हो।’ कांग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले भने। मुलुकमा बहुदलीय व्यवस्था आउन भन्दा झण्डै ६ वर्ष अघि २०४० साल फागुन २० गते भएको सुरजपुरा काण्ड नेपाली कांग्रेसको इतिहासको एउटा काहालीलाग्दो घटना हो। गिरिजाप्रसाद कोइरालालाई आक्रमण गर्ने उदेश्यले गराइएको घटनामा दुई जनाले ज्यान गुमाए। २ सय भन्दा बढी घाइते भएका थिए।
त्यस घट्नापछि गिरिजाप्रसाद कोइराला ४ पटक सुरजपुरा पुगेका छन्। अरु केन्द्रीय नेता पनि रुपन्देही आएको बेलामा सुरजपुरा पुग्छन्।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया