
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
प्रधानमन्त्रीजी, यो कुनै सम्पादक वा लेखकको होइन, एउटा निरीह दाइको पत्र हो, जसकी बहिनी श्रीमान् र नाबालक छोरासहित चीनको वुहानमा कैद छे । त्यो कैदबाट निकाल्न अहिलेसम्म उसको कुनै देश छैन, उसको कुनै सरकार छैन र उसको कुनै प्रधानमन्त्री छैन । लगभग १० दिन मैले बहिनीलाई प्रधानमन्त्रीले बैठक डाकेको, पर्यटनमन्त्रीले जहाज तयार राखेको, दूतावासले प्रक्रिया सुरु गरेको, स्वास्थ्य मन्त्रालयले ठाउँ खोजेकोजस्ता आश्वासनमा अल्मल्याएँ । तर, पछिल्ला १० दिन न मसँग आश्वासन छन्, न ऊ मेरा आश्वासन पत्याउने ठाउँमा छे । फोन रुवाइबाट सुरु हुन्छ र रुवाइमा टुङ्गिन्छ । बहिनी मात्र होइन, चीनबाट आउने हरेक फोनले मेरो शरीरमा काँडा उमार्छन् । डर, ग्लानि र हीनताले शरीर फतक्क गल्छ ।
बहिनी भन्छे– खानेकुरा त परको कुरा, पिउने पानीको समेत अभाव हुँदै छ । समाचारहरूले भरोसा जगाउँदैनन्, डर मात्र थप्छन् । सब्जी मगाउनुपर्दा राति ठीक १० बजे केवल ३० सेकेन्डभित्र अनलाइन अर्डर गरिसक्नुपर्छ, नभ्याए भोलिलाई पर्खनुपर्छ । पानी सप्लाई गर्नेहरू आफैँ क्वारेन्टाइनमा छन् । सिल गरेको एरियामा पानी छैन । नलको पानीबाट सार्सजस्तै कोरोना पनि फैलिन्छ भन्ने हल्ला छ । अहिलेसम्म त स्वस्थ छौँ, तर कहिले संक्रमित भइन्छ केही थाहा छैन ।
म एक्लैले सक्ने भए सर्वस्व गरेर भए पनि बहिनीलाई फर्काउने थिएँ । तर, निरुपाय छु । उसलाई केवल तपाईं फर्काउन सक्नुुहुन्छ, तर तपाईंका नागरिक अरू नै छन् । अब मेरी बहिनी र ऊजस्ता एक सय ८० जना नागरिकका प्रश्न सुन्नुस् । उनीहरू सोध्छन्– यतिखेर पनि केही नगरे किन चाहिन्छ देश ? किन चाहिन्छ सरकार ? किन चाहिन्छन् प्रधानमन्त्री ? बहिनीलाई लाग्छ, उसको दाइ सम्पादक हो र शासकहरूसम्म उसका गुहार पुर्याउन सक्छ । तर, उसलाई थाहा छैन, यतिखेर शासकका प्राथमिकता के हुन् ? उसलाई थाहा छैन, कर्मचारीतन्त्रको मानसिकता के छ ?
प्रधानमन्त्रीजी, तपाईंलाई सीधै यसो लेख्नुअघि मैले सरकारका सबै ढोका ढक्ढक्याइसकेको छु । नपत्याए सोध्नुहोला, सरकारका प्रवक्तासँग पछिल्ला २० दिनदेखि पटकपटक अनुनय गरेको छु । आजसम्म उहाँसँग ठोस कुनै उत्तर छैन । परराष्ट्रमन्त्रीलाई आवेशपूर्वक प्रश्न गरेको छु । स्वभावले भद्र परराष्ट्रमन्त्रीसँग अरू सबै छ, उद्धार कहिले हुन्छ भन्ने प्रश्नको जवाफ छैन । अहिले सबैभन्दा गैरजिम्मेवार देखिएको स्वास्थ्य मन्त्रालयका मन्त्रीसँग पनि कठोर स्वरमा वादविवाद गरेको छु । उत्तर उहाँसँग पनि छैन । तपाईंको महान् पार्टीका कार्यकारी अध्यक्षलाई पनि अनुरोध गरेको छु । तर, कार्यकारीसँग कुनै कार्यकारी जवाफ छैन । राजदूतसँग पनि सम्पर्कमै छु । सचिवहरू सुरुसुरुमा त फोन उठाउँथे, तर अहिले जवाफ दिनुको सट्टा तर्किन सजिलो ठान्न थालेका छन् ।
म मान्छु, बालुवाटारका लागि मेरी बहिनी र ऊजस्ता नागरिकको कुनै मूल्य छैन । मेरी बहिनी सिंगापुरमा तपाईंको उपचार खर्च व्यहोर्न सक्दिन । ऊसँग प्रोजेक्ट छैनन् । तर, आङछिरिङहरूजत्तिकै विशेष नभए पनि मेरी बहिनी पनि यो देशकी नागरिक होइन र प्रधानमन्त्रीजी ? आफ्नै देशमा बसेर आफ्नै बैठक कक्षको टेलिभिजनमा तपाईंले बाँसुरी बजाएको हेर्ने हक उसलाई पनि छैन र ?
बहिनी मलाई हप्काउँछे र भन्छे– हामीलाई यसरी अलपत्र छाड्दा सरकारलाई संकोच लाग्दैन ? म के जवाफ दिऊँ ? कुनै मित्रराष्ट्रले धर्मशाला बनाइदिएको भवन मन्त्रीहरूले व्यापारीलाई बेच्छन् र त्यसमा तीनतारे होटेल खुल्छ, सरकारलाई संकोच लाग्दैन । मेडिकल शिक्षाका माफियाले ढुक्कसँग बढी पैसा असुल्छन्, तर सरकारले बरु विद्यार्थीलाई थुन्छ, कलेज सञ्चालकलाई संरक्षण गर्छ । मारिएका अधिकृतको किर्ते हस्ताक्षर गरेर विश्व सम्पदा सूचीको पहाडै यती समूहले हत्याउँछ, तर त्यही समूहको प्रतिरक्षामा सरकारको सबै शक्ति खर्च हुन्छ । म आफैँ पनि अलमलमा छु प्रधानमन्त्रीजी, खासमा सरकारलाई लाज लाग्छ कि लाग्दैन !
कुनै पनि नेपाली कोरोना संक्रमित होइनन् भनेर चीन सरकारले भनिसकेको छ । संक्रमण देखिए उतै उपचार गर्न विद्यार्थी तयार नै छन् । अहिलेसम्म स्वस्थ पनि समयमै उद्धार नभए भोलि संक्रमणमा पर्न सक्छन् । सत्य यति सरल हुँदाहुँदै पनि सरकार यति उदासीन किन छ ? अस्पताल नभए एक सय ८० वटा टेन्ट पनि सरकारसँग छैनन्?
आङछिरिङहरूजत्तिकै विशेष नभए पनि मेरी बहिनी पनि यो देशकी नागरिक होइन र प्रधानमन्त्रीजी ? आफ्नै देशमा बसेर आफ्नै बैठक कक्षको टेलिभिजनमा तपाईंले बाँसुरी बजाएको हेर्ने हक उसलाई पनि छैन र ?
वुहानमा फसेका नेपालीका आफन्त एकपछि अर्का मन्त्रालय चहारिरहेका छन् । तपाईंले त तिनलाई भेट्ने कुरा भएन । भेटेका मन्त्रीहरूका जवाफले पनि तिनलाई अझ शिथिल बनाएको छ । वुहानमा फसेका विद्यार्थीका अभिभावकले तपाईंसँग कुनै अतिरिक्त दया मागिरहेका छैनन् । केवल प्रधानमन्त्रीका रूपमा तपाईंको जिम्मेवारी मागिरहेका छन् ।
म बहिनीको फोन उठाउन सक्दिनँ, किनकि मसँग जवाफ छैन । यही लेख्दै गर्दा पनि तीनपटक उसको म्यासेज आइसक्यो– दाइ, आज केही प्रगति भएन ? म आफैँ १५ दिनदेखि तपाईंका मिटिङका समाचार छापिरहेको छु । मन्त्री र सचिवका कुरा पनि सुनेको छु । मिडिया खपतका लागि दिने औपचारिक मन्तव्यबाहेक सरकारले ठोस के गरेको छ ? वुहानबाट जम्मा एक सय ८० नागरिकको उद्धार गर्न नसक्ने सरकारले तिब्बतको बाटो रेल ल्याउँछ भनेर नागरिकले पत्याइदिनुपर्ने ? अनि यसरी नै समाजवादमा पुगिन्छ भनेर जनताले विश्वास गरिदिनुपर्ने ?
प्रधानमन्त्रीका रूपमा राष्ट्रिय ध्वजावाहकमा नगई तपाईं अघिल्लोपटक चीन जाँदा चढेको तपाईंको प्रिय एयरलाइन्स हिमालयन चीनमा नियमित फ्लाइट गर्थ्यो । त्यो नभए नेपाल एयरलाइन्स छँदै छ । विद्यार्थीले भनेकै थिए र छन्– पैसा आफैँ तिर्छौं । कोरोना भाइरसको महामारीले वुहान ‘लक्ड–डाउन’ भएपछि आफ्ना नागरिक फिर्ता लग्नेमा अमेरिका, फ्रान्स र जापानजस्ता सम्पन्न देश मात्र होइन, मंगोलिया, श्रीलंका र इरानजस्ता देश पनि छन् । अझ, इरानले त आफ्ना नागरिक मात्र होइन, इराक, सिरिया र लेबनानका नागरिकसमेत लगेको छ । भारतले पनि आफ्ना मात्र होइन, माल्दिभ्सका नागरिकसमेत ओसारेको छ । २३ जनवरीमा वुहान सिल गरिएपछि २४ जनवरीदेखि नै भियतनामजस्ता देशले आफ्ना नागरिकको उद्धार सुरु गरेका हुन् । तर, आज १७ दिनसम्म नेपाल सरकार अनिर्णयको बन्दी छ । यतिका दिन तपाईंका लगातार बैठकको परिणाम के आयो ? तपाईंको सरकार कति प्रभावकारी छ, यो आफैँ एउटा उदाहरण होइन ?
मलाई थाहा छ, वुहानबाट नेपाली ल्याउँदातपाईंहरू सेयर पाउनुुहुन्न । यो गोकर्ण वा सेक्युरिटी प्रेसजस्तो फाइदाको काम पनि होइन । पछिल्ला दुई वर्षमा तपाईंका थरीथरीका अवतार देखियो । कहिले गायक, कहिले संगीतकार, कहिले कलाकार । तपाईं एकपटक प्रधानमन्त्री पनि हुन मिल्दैन ? झुक्किएरै भए पनि देश र जनताको नाममा आफूले खाएको शपथ सम्झन मिल्दैन ?
प्रधानमन्त्रीजी, बहिनीको बिलौना सुन्दासुन्दा मलाई आफैँप्रति ग्लानि लाग्न थालेको छ । यसका लागि म कति दोषी छु र तपाईं कति दोषी हुनुहुन्छ ? जब बहिनी रुन्छे, मलाई त्योभन्दा ठूलो स्वरमा बालुवाटारअगाडि गएर चिच्याउन मन लाग्छ । मेरो लाचारी म आफैँप्रतिको हीनताबोधमा परिणत भइरहेको छ । प्रधानमन्त्रीजी, तपाईंको लापरबाही, तपाईंको विवेकहीनता र तपाईंको क्रूरताको मूल्य मजस्ता अभिभावकहरू तिरिरहेका छौँ ।
मैले आजै मात्र सुनेँ, वुहानका केही विद्यार्थी उद्धारका लागि भारतीय प्रधानमन्त्री मोदीलाई पत्र लेखिरहेका छन् । हिजो भारतीय विदेशमन्त्रीले संसद्मा छिमेकी देशका नागरिक पनि उद्धार गर्न तयार छौँ भने भन्दै नेपाली विद्यार्थीको ग्रुप च्याटमा भारतीय दूतावाससँग सम्पर्क गर्ने सल्लाह भइरहेको छ । सुजितकुमार शाहले ग्रुपच्याटमा लेखेका छन्– हामी अरू कुनै विकल्प खोजौँ । नत्र नेपाल होइन, नेपाली नेताका नाममा बलि चढ्न तयार होऔँ ।अरे प्रधानमन्त्रीजी, तपाईं अब पनि कसरी बलियो सरकारको धाक लगाउन सक्नुुहुन्छ ? कसरी क्यामेराको सामना गर्न सक्नुुहुन्छ ? कसरी ऐना हेर्न सक्नुुहुन्छ ? तपाईं कसरी प्रधानमन्त्रीको कुर्सीमा बस्न सक्नुुहुन्छ ? नयाँ पत्रिकाबाट साभारः लेखक नयाँ पत्रिका दैनिकका संस्थापक/प्रधानसम्पादक हुन्


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया