
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पाथीभरा देवी मन्दिर इलाम जिल्लाको एक पवित्र तीर्थस्थल हो । कोल्वुङ गा.वि.स. २ मा रहेको यो तीर्थस्थल जान झापा जिल्लाको चारालीबाट उत्तर मेची राजमार्ग हुँदै २ घण्टामा भाडा वा निजी सवारी साधनबाट पुग्न सकिन्छ । मन्दिर रहेको ठाउँबाट ताप्लजुङको पाथीभरा भगवतीको समेत दर्शन गर्न सकिने भएकोले यसलाई बहिनी पाथिभराको रूपमा लिने गरिएको छ ।
शनिवार र मंगलवार बढी तिर्थालुहरूको भीड लाग्ने मन्दिरको फेदीबाट १ कि.मी.को ठाडो उकालोमा सिडी बनाएर मन्दिर परिसर सम्म पुग्ने व्यवस्था गरिएको छ । मन्दिर नजीकै रहेका दुइवटा पोखरी छेउ हाँसको आकृति भएका ढुगाहरू रहेको यो ठाउँलाई हाँसको आकृति भएका ढुंगाहरू रहेकोले यो ठाउँलाई हाँस पोखरी पनि भन्ने गरेको पाईन्छ । यहाँ वि.स. २०५१ सालमा मन्दिर स्थापना गरिएको हो। मनले चाहेको भाकल पूरा हुने आशा लिएर कैयौं भक्तजनहरू इलामको कुटिडाँडा स्थित पाथीभरा देवीको मन्दिरमा दर्शनार्थ आउने गर्दछन्। जिल्लाको दक्षिणपूर्वी गाविस कोल्बुङ्ग–२, कुटिडाँडादेखि करीब ८०० मिटर माथिको डाँडामा यो मन्दिर रहेको छ।
धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको यो मन्दिर समुद्री सतहबाट १ हजार ८ सय चालिस (१८४०) मिटरको उचाइमा अवस्थित छ। मन्दिर नजीकै रहेको रमिते टावरबाट तराइका समतल फाँटहरू, इलामका नागबेली चियावारी, भारत, भुटान र बङ्गलादेशसम्मका भू–भागहरू खुल्ला आँखाले नियाल्न पाइन्छ। साथै यहाँबाट विश्वको तेश्रो अग्लो हिम शिखर कञ्चनजङ्घा तथा ताप्लेजुङ्गको ठूलो पाथीभरा पनि देख्न सकिन्छ।
यो मन्दिर पुग्न मेची राजमार्गको कुटिडाँडा खण्डबाट १ हजार तेत्तीस वटा सिमेन्टका खुट्किला चढेर पुग्न सकिन्छ। यो खुट्किलाबाट चिप्लिएर लडेपछि शरीरबाट रगत निस्किएमा मन्दिरलाई बली दिएको हुने भएकोले केही दिनपछि सो व्यक्तिको मृत्यु हुने गरेको बताइएको छ। ताप्लेजुङ्गमा अवस्थित पाथीभरा देवीको अन्तरी बहिनी भनेर चिनिने यो मन्दिरलाई सानो पाथीभरा पनि भन्ने गरिन्छ।
विशेषतः दशैं–तिहार, तीज, वालाचतुर्दशी, रामनवमीलगायतका चाडपर्वहरूमा मन्दिरमा मेला लाग्ने गर्दछ। साथै प्रत्येक शनिबार र मङ्गलबार यहाँ विशेषगरी दर्शनार्थीको भीड लाग्ने गर्दछ। सो दिन मन्दिरमा १ सयदेखि १२ सय जनासम्म भक्तजनहरू आउने गरेको मन्दिरका पुजारी–मोतिखर तिम्सिनाले बताउनु भयो। मन्दिरमा विवाह ब्रतबन्ध तथा पुराणजस्ता उत्सव पनि हुने गरेको छ।
नेपाल बाहेक भारत, बङ्गलादेश तथा भुटानसम्मका भक्तजनहरूको भिड हुनृ गर्दछ । पाथीभरा देवीको उत्पत्ति कसरी भयो भन्ने बारेमा विभिन्न धारणाहरू व्यक्त हुँदै आएको छ। पूर्खाहरूको पालादेखि नै पूजा–आजा गरिँदै आएको हुनाले यसको विकास भएको एउटा किम्बदन्ती रहेको छ। तर प्राप्त तथ्यको आधारमा एउटै धारणालाई महत्व दिइँदै आएको छ। वि.सं. २००५ साल भन्दा अगाडि हाँसपोखरीमा एउटा ठूलो जंगल थियो, जहाँ मानिसहरू जान डराउँथे। त्यतिकैमा वि.सं. १९९० सालमा झापा बुधबारे–९ का डिल्लीराम पाठक भन्ने एक जना व्यक्तिले पाथीभरा मन्दिर जाने भाकल गरेका थिए रे। तर सोबेला मन्दिरको पहिचान भइसकेको थिएन।
वि.सं. २०३४ सालतिर उनले सपनामा पाथीभरा देवीको अन्तरी बहिनीको इच्छा पूरा गर्ने उर्दी आएपछि उनले सोही वर्षको ऋषि तर्पणी पूर्णिमाको मध्यरात चिन्ता बसेछन्। चिन्ता बस्न थालेपछि मध्यरात पूरै उज्यालोमा परिणत भएछ। के रहेछ भनेर हेर्दा दुई वटा बाघ आएछ,पछि त्यो बाघ दुई वटी केटी भएर निस्कियो। तिनै केटीहरूले पाठकलाई पहिलेको थामडाँडा, हाल सो स्थानमा पाथीभरा देवीको मन्दिर रहेको छ,मा पुर्याएर मन्दिरको शिला देखाइदिएछन्। जङ्गलको बीचमा भेटिएको उक्त शिलालाई तीन दिनपछि पाठकले विधिपूर्वक मन्दिरको स्थापना गरी पाथीभरा देवी नामाकरण गरिदिए।
पाथीभरा मन्दिरदेखि केही तल मेची राजमार्गसँगै जोडिएको अर्को पनि मन्दिर छ हाँसपोखरी पहिले त्यहाँ एउटा ठूलो पोखरी थियो, जहाँ हाँस पौडी खेल्थ्यो, त्यही बस्थ्यो। हाँस बस्ने भएकोले नै त्यो पोखरीलाई हाँस पोखरी भनिन्थ्यो। तर कालान्तरमा त्यो पोखरी सुक्योपछि हाँस पनि लोप भयो। तर केही वर्षपछि सोही ठाउँमा हाँसको प्रतिमा कुँदिएको एउटा शिला फेला परेछ। त्यही शिलालाई स्थापना गरी २०५० सालमा, मन्दिर निर्माण गरिएको छ। अहिले पनि त्यो शिलामा हाँसको चित्र स्पष्ट देख्न सकिन्छ। पाथीभरा मन्दिर मात्रै गएर चिताएको पूरा हुँदैन त्यसकारण दाहिने पारेर दुवै मन्दिरको परिक्रमा गर्नुपर्छ भन्ने धार्मिक विश्वास रहेको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया