
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
सानै देखि जब दशै आउथ्यो मन मा खुशिहरुले बुर्कुसि मार्न थाल्थे । दशै आउदा मन का हरेक चाहानाहरु पुरा हुन्छन जस्तो लाग्थ्यो , कतिपय पुरा हुन्थे कति अपुरा तर पनि मन मा खुशि र उमङ्ग उस्तै हुन्थ्यो । जब दशै नजिकिन्थ्यो घर आगन लाइ राम्रो बनाउन मन लाग्थ्यो । सबै साथि भाइ मिलेर धेरै टाडा बाट कमेरो माटो बोकेर ल्याउथेउ घर चिटिक्कै बनाउथेउ । खै अहिले त सङै कमेरो बोकेका साथि भाइ हरु कहा पुगे होलान सधै समय एकैनास नहुने रहेछ ।
दशै ले छुदै गर्दा खरबारिमा पुगि बाबियो ल्याएर घर नजिकैको चौपारिमा पिङ हालेको आहा त्यो रमाइलो अहिले त सम्झना मा मात्रै छ । बाबियो काट्न खरबारिमा जादा अरिङगाल ले टोकेर बाबियो छोडेर भागेको पनि मन मा ताजै छ । अहिले त्यो चौपारि मा पिङ राखे होलान कि के गरे होलान मन मा प्रस्न उब्जिरहन्छ । साच्चि नै गाउ घर मा हुदाको दशै बहुत अबिस्मरनिय हुदो रहेछ ।
बारिमा कोदो फुल्दै गर्दा खेतमा धानका बालाहरु लहलह झुल्दै गर्दाको त्यो रमणीय वातावरण मा रम्न मन लाग्छ तर के गर्नु म त गाउ घर बाट धेरै टाडा आइसकेछु । यहा त केबल काम र अर्काको गालि मात्र खानु पर्छ न त रमाउनु छ न त रम्नु नै छ । घरदेश छाडेपछि यि सबै चिजहरु समेत गुमाउनु पर्दो रहेछ । मलाइ असाध्यै मन पर्ने घुमाको रोटि दशै आउदा बित्तिकै आमाले बनाउनु हुन्थ्यो अहिले त उता आमाले रोटि बनाउदै गर्दा मलाइ सम्झनु हुन्छ म आमालाइ सम्झन्छु ।
गाउमै छदा दशैमा खसि बाख्रा काटेको ठाउमा खुब हेर्न गैन्थ्यो खसिको कान समेत पोलेर खाइन्थ्यो त्यो समय झन धेरै याद आउछ । आफु भन्दा ठुलोबाट आसिर्बाद लिने र सानोलाइ आशिर्बाद दिने हाम्रो दशैको बिशेशता निधार मा रातो टिका र कानमा पहेलो जमरा लगाएर मामाघर सम्म पुग्दा को त्यो मजा सबै प्रदेश ले लुट्दो रहेछ । यसै क्रममा देश छोड्नु भन्दा पहिला को थोरै बिगत को सम्झना आयो ।
भरखर प्लस टु सकेको थिए एउटा गतिलो जागिर पनि नपाइने मेरो देश मा गाउ घरमै हल्लिरहेको थिए । गाउमा केइ काम छैन हल्लेको छ बसेको छ भन्ने मान्छेको पनि कमि थिएन । घरको स्थिति पनि तेस्तै झन भन्दा झन जिम्मेबारि ले थिचे को महसुस भयो के गर्ने कसो गर्ने केहि सोच्न सकिन अन्तिममा परदेश पस्ने एउटै उपाए देखे । एकाबिहानै उठेर झोला मा डकुमेन्ट बोकेर शहर तिर निस्के शहर मा राम्रो देश राम्रो काम मा लगाइदिन्छु भन्ने दलालहरु प्रशस्तै भेटे ।
अन्जान शहर मा कस्को बिस्वास गर्ने कसको नगर्ने अलमल परे घर तिर सम्झे आखिर म प्रदेस लाग्नु नै पर्छ भन्ने लाग्यो एक ठाउमा सबै डकुमेन्ट बुजाएर घर तर्फ लागे । (केहि दिन पछि )दशै ले छुदै थियो बारि तिर कोदो फुल्दै थियो खेतमा धान का बालाहरु लहलाउदै थिए आकाश खुल्ला थियो रमाइलो वातावरण थियो तेहि वातावरण हेरेर रमाइरहेको थिए अचानक खल्ति मा फोन बज्यो हेरे नया नम्बर थियो हेलो भने उताबाट हेलो …. जि म फलानो बोलेको हजुरको भिसा लाग्यो बधाइ छ भन्नु भयो मैले ए होर सर धन्यवाद भने फोन राखे ।
बेलुका आफ्नो परदेश को भिसा लागेको कुरा घरमा भने सबै जनाको अनुहार मलिन देखे खुशि हुनु पनि कसरि अब छोरो पर्देश हिड्दै छ , कोहि केहि बोल्न सक्नु भएन म पनि अनुहार मलिन बनाउदै कोठातिर पसे । गाउ घर मा दशै को माहोल बड्दै थियो परदेश बाट सबै दाजु भाइ हरु दशै मनाउन आउदै थिए तर मेरो भने बिदेशिने दिन नजिकिदै थियो ।
अब बिदेश लाग्दै छु के होला कसो होला भन्ने चिन्ताले मन सारै पिरोलिन थाल्यो । दशै नजिकिदै गयो जता ततै हर्श र उमङ छाइरहेको थियो तर मेरो मन जलिरहेको थियो । दशै को बेला सबै सङ हासो खुसि साट्ने बेलामा सबै साथि भाइ गाउ घर छाडेर मेरो प्रदेश हिड्ने दिन आयो ।
घर छोड्दा को दिन बनेको मेरो घर को माहोल सम्झदा अहिले अनि शरिरमा काडा उम्रन्छ । सबै सङ बिदा भएर लगेज बोकेर घर बाट निस्के । बिहान पाच बजे काठमाडौं झरे एउटा होटल खोजेर तेइ होटल मा बसे मन मा सारै नरमाइलो लागेको थियो । एउटि चेलि जन्म घर छाडेर पराइ घर जानु र एउटा बेरोजगार युवा घरदेश छाडेर परदेश हिड्नु को पिडा उस्तै उस्तै हुने रहेछ । मन मा छटपट भैरहेको थियो भोलि पल्ट बेलुका को मेरो फ्लाइट थियो ।
(भोलि पल्ट ) पारिको डाडाले सुर्यलाइ ढाक्नै लागेको थियो होटल को सबै बिल तिरेर एयरपोट तिर लागे जब एयरपोट मा पुगे कोहि बिदेश बाट खुसि लिएर फर्कदै थिए त कोहि आखा भरि आशु लिएर बिदेश हिड्दै थिए , त्यो दृस्य ले मेरा आखा झन भरिएर आए । चेकिङ को काम सकेपछि वेटिङ रुम बस्न आग्रह गर्यो । त्यहाबाट जहाज हरु आउने जाने गरेको देखे मन समाल्न सारै गारो भयो । केहि समय पछि म उड्ने जहाज को समय भयो भनेर अनाउन्स गर्यो त्यहाबाट म लगायत अन्य यात्रु हरु जहाज भएको ठाउ तिर लागेउ पशुपतिनाथ लाइ एक फन्को मारेर जहाज उड्यो जहाज सङ सङै म र मेरो मन पनि उड्यो ।
यसरि हात मा हरियो पासपोट बोकेर हिडेको म देश छाडेको बर्शौ बितिसकेछ ।
बिदेश मा न त रमाइलो छ न त चाडपर्ब अझ भनौ मैले त चाडपर्बहरु समेत काठमाडौं को बिमान्स्थल मा छाडेर आइसकेको रहेछु । यसपालि को दशैमा पनि जमरा नछर्नु है आमा म आउन पाउदिन । हरेक बर्श म जस्तै लाखौ परदेशि हरु को निधार खालि हुन्छ । एतिबेला गाउ घरमा आएका चाडपर्बहरु लाइ परदेश बाट टुलुटुलु हेरिरहेको छु ।
बिजयादशमि तथा शुभ दिपावलि 2076 को पावन अबसरमा सन्सार को हरेक कुनामा रहनु हुने समस्त नेपालिहरु लाइ हार्दिक मङ्गलमय शुभकामना ब्यत्त गर्दछु । ❤️🙏
मया ❤️❤️❤️❤️ राजिब शर्मा हाल अमेरिका


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया