
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
‘राइट म्यान इन राइट प्लेस’ भन्ने वित्तिकै धेरैले सम्झन्छन्– कुलमान घिसिङ । जो, तीन वर्षदेखि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक छन् । र, तीन वर्षमा प्राधिकरणले मारेको ‘छलाङ’ नै घिसिङको मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने मूल कारण हो । घिसिङका कमजोरी पनि होलान्, स्रोत–साधनको सीमितता होला, उपल्ला दर्जालाई रिझाउनु पर्ने बाध्यता पनि होला । व्यवहारमा जे–जे भएपनि यो तीन वर्षमा दबाब, प्रभाव वा अन्य कारण पन्छाएर प्राधिकरणले जे–जे उपलब्धी गरेर नागरिकको मन जितेको छ त्यसको जस घिसिङलाई जान्छ नै ।
तर, यसको अर्थ घिसिङ एक्लैको प्रयासले मात्र नागरिकले अध्यारोबाट मुक्ति पाए, विद्युत चुहावट नियन्त्रण भयो, निरन्तर घाटामा रहेको प्राधिकरणले नाफा ग¥यो भन्दा प्राधिकरणका हर सदस्यको सत्कर्मप्रति अन्याय हुन्छ । कार्यकारी नेतृत्वका हिसावले व्यवस्थापन सुधारेर प्राधिकरणलाई उम्दा बनाउन निर्वाह गरेको भूमिकाका कारण कुलमान यतिबेला सरकारी कामको प्रभावकारिताको मापन ‘औजार’ बनेका छन् । अब बाँकी एक वर्षको कार्यकालमा उनले आफ्नो शाखको विस्तार कसरी गर्छन् भन्नेमा आम चासो छ ।
कुलमानको नेतृत्वमा विद्युत प्राधिकरण बौरिने प्रयासमा छ । र, पूर्णरुपमा बौराउन गर्नुपर्ने काम पनि धेरै छन् । अर्कोतर्फ यो तीन वर्षमा घिसिङ केही विवादमा पनि तानिए । एलइडी बल्ब र अझै टुंगो नलागिसकेको डेडिकेटेट फिडरको महसुलसम्बन्धी विवाद झेल्नुप¥यो । केही सांसदले शर्वशक्तिशाली हुन खोजेको, नागरिक समर्थनको बलमा मात्तिएको र नीतिगत भ्रष्टाचार गरेको आरोप पनि लगाए । पछिल्लो समय एकदमै धेरै आक्रामक हुन थालेको, चाँडो–चाँडो रिसाउन थालेको र सीमित व्यक्तिको घेरामा बसेर रमाउन थालेको आरोप पनि खेपिरहेका छन् । तर, प्राधिकरणले तीन वर्षमा गरेको सुधारका कारण यस्ता आरोपमा जनस्तरले भने ध्यान दिएको छैन ।
‘लोडसेडिङ’ अन्त्यको जस पाइरहेका घिसिङको आलोचना गर्नेहरु ‘भारतबाट विद्युत् आयात गरेर त्यत्रो फूर्ति’ भन्ने टिप्पणीसमेत गर्छन् । अहिले प्रणालीमा ठूलो हिस्सा भारतबाट आयातित विद्युत्को छ । गत वर्षबाट अनुपात कम भए पनि आयात नै घटेको छैन । अब माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा नआएसम्म विजुलीमा आत्मनिर्भर बन्ने प्राधिरकणको योजना पूरा हुँदैन । त्यसैले, निर्माणाधिन आयोजना निर्धारित समयमै सकेर विद्युतमा आत्मनिर्भर हुनेतर्फ प्राधिकरण नेतृत्व गम्भीर हुन आवश्यक छ ।
घिसिङका लागि समय छोटो छ । गर्नुपर्ने काम धेरै । बाँकी एक वर्षे कार्यकाल थप स्मरणीय बनाए भने उनको जिम्मेवारी निरन्तर पनि हुन सक्ला । भएन भने पनि दलीय दृष्टिले होइन घिसिङजस्तै योग्य व्यक्तिलाई प्राधिकरणको नेतृत्व सुम्पिने वातावरण बनाउन भने खबरदारी आवश्यक पर्ने छ । बाँकी एक वर्षमा पनि सरकार र नागरिकले गरेको विश्वास टिकाएर प्राधिकरणलाई थप सुधार्न सके भने घिसिङ सच्चा प्रेरणाको पात्र बन्ने छन् ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया